North-East

फ्लिपकार्ट बीबीडी-6 दिनको कार्यक्रम

फ्लिपकार्ट बीबीडी-6 दिनको कार्यक्रम

फ्लिपकार्ट, भारतको घरेलु ई-वाणिज्य बजार, वर्षको सबैभन्दा ठूलो फ्ल्यागशिप कार्यक्रमको टाइमलाइन घोषणा गर्यो, द बिग बिलियन डे - जुन अक्टोबर 16. देखि हुनेछ । 6 दिने घटनाले देशको उत्सवको लागि टोन सेट गर्दछ मौसम । ठूला अर्ब दिनको कार्यक्रमले देशभरका एमएसएमए र विक्रेताहरूलाई विकासको अवसर प्रदान गर्दा विद्यमान र नयाँ उपभोक्ताहरूलाई उत्पादनहरूको विस्तृत दायरा प्रदान गर्न केन्द्रित गर्नेछ । फ्लिपकार्ट प्लस ग्राहकहरूले अक्टुबर 15. मा 'प्रारम्भिक एक्सेस' को आनन्द लिनेछन् । फ्लिपकार्ट उपभोक्ताहरूले ठूलो बिलियन दिनमा आफ्नो एसबीआई डेबिट र क्रेडिट कार्ड मार्फत 10 % तत्काल छुट पाउन सक्नेछन् । बजाज फिन्सर्व ईएमआई कार र अन्य अग्रणी बैंक क्रेडिट र…
Read More
नयाँदिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने

नयाँदिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने

कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् ।‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।
Read More
रिया चक्रवर्तीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ

रिया चक्रवर्तीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो । रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रियालाई ससर्त जमानत प्राप्त भएको हो । उनले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो । रियाका वकिल सतीश मानेशिन्देले बम्बै अदालको आदेशबाट आफूहरु खुसी भएको भन्दै तथ्य र प्रमाणको आधारमा सत्य र न्याय स्थापित…
Read More
कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् । उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् । आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।
Read More
‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ । मंगलबार स्टकहोममा भएको एक कार्यक्रमकाबीच स्विडिस एकेडेमीले यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कारहरु भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन् । नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज(ग्यालेक्सी) को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता…
Read More
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ । २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।  २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट…
Read More
डा. केसीलाई अनशन रोक्न आग्रह गरेर फर्कियो सरकारी टोली

डा. केसीलाई अनशन रोक्न आग्रह गरेर फर्कियो सरकारी टोली

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारको माग राख्दै विगत २३ दिनदेखि अनशनरत डा केसीलाई भेट्न गएको सरकारी टोलीले अनशन रोक्न आग्रह गर्दै फर्किएको छ । शिक्षण अस्पतालममा अनशनरत डा केसीलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोली अनशन रोक्न आग्रह गर्दै फर्किएको छ । उनीहरुले डाक्टर केसीलाई सरकारकोतर्फबाट हालस्म औपचारिक वार्ता टोली नबनेको पनि जानकारी दिएका छन् । सरकारीले टोलीलाई डाक्टर केसीले आफ्ना मागहरुमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राख्दै उनीहरुलाई फिर्ता पठाइदिएका थिए । हालसम्म सरकारकोतर्फबाट डाक्टर केसीको माग सम्बोधन गर्नका लागि कुनै पहल नभएको भन्दै आलोचना भइरहेको छ ।
Read More
बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल — प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् । यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए । रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको…
Read More
प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।  दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । कार्यसूची अनुसार प्रदेशसभामा अहिले विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखिरहेका छन् । उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् । प्रदेश सरकारले दाङको…
Read More
देशमा फिल्म हल खुल्ने !

देशमा फिल्म हल खुल्ने !

देशमा ६ महिनादेखि ठप्प हलहरु खुल्ने भएका छन् । गृह मन्त्रालयले अक्टोबर १५ देखि हल खोल्ने अनुमति दिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।५० प्रतिशत अकुपेन्सीमा सरकारले हल खोल्न अनुमति दिएको 'द हिन्दुस्तान टाइम्स' ले उल्लेख गरेको छ । हल खोल्ने निर्णय ढिला आए पनि केही महिनादेखि बलिउडमा प्रोडक्सनको काम सुरु भइसकेको थियो । सतर्कता अपनाएर छायाङ्कन पनि भइरहेको थियो । हल खोल्ने निर्णयले फिल्मकर्मीदेखि फिल्मप्रेमी दर्शकमा खुसी छाएको छ । दर्शक आउँछन् कि आउँदैनन् भनि जाँच्न ५० प्रतिशत अकुपेन्सी पर्याप्त रहेको बताउँछन् व्यापार विश्लेषक (ट्रेड एक्सपर्ट) अतुल मोहन । उनले भनेका छन्, 'यदि दर्शक जोखिम मोल्न तयार देखिन्छन् भने उनीहरुलाई हलसम्म तान्नु पहिलो प्राथमिकता बन्छ ।'
Read More