07
Oct
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो । रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रियालाई ससर्त जमानत प्राप्त भएको हो । उनले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो । रियाका वकिल सतीश मानेशिन्देले बम्बै अदालको आदेशबाट आफूहरु खुसी भएको भन्दै तथ्य र प्रमाणको आधारमा सत्य र न्याय स्थापित…
