North-East

आर्मीनीया र अजरबैजानबीच युद्ध सुरु भएको

आर्मीनीया र अजरबैजानबीच युद्ध सुरु भएको

आर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन् ।विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन्।यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन् । दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा भएको वार्तामा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए ।शनिवारदेखि नै लागु हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय अपील गरिएका छन्।
Read More
नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस : अस्ट्रेलियाली अनुसन्धान

नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस : अस्ट्रेलियाली अनुसन्धान

अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।  अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन(सीएसआईआरओ) का अनुसन्धादाताले २० डिग्री सेल्सियस (६८ डिग्री फरेहनहाइट) तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका हुन् । प्लास्टिकका नोट, मोबाइलको स्क्रिनमा प्रयोग हुने सिसालगायतका नरम सतह हुने बस्तुमा भाइरस धेरै दिनसम्म सक्रिय हुने उक्त अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययन ‘भाइरोलोजी जर्नल’ मा प्रकाशितभएको…
Read More
सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ । राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश…
Read More
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २३ गते कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं(खनपरुदे प्रकाहा)को निधन भएकाले केन्द्रीय कार्यसमितको बैठक स्थगित गरिएको हो ।  प्रसाईंको शुक्रबार काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रसाईंको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ । त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।
Read More
यस वर्षको फूलपाती बढाइँ सांकेतिक मात्रै

यस वर्षको फूलपाती बढाइँ सांकेतिक मात्रै

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ । उनले भने, 'स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका…
Read More
डा. केसीका पक्षमा प्रदर्शन

डा. केसीका पक्षमा प्रदर्शन

 डा. गाेविन्द केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले सहमतिलाई सुनिश्चत गर्न दबाब स्वरूप शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्रदर्शन जारी राखेकाे छ । माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डा. केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले संवादका लागि अनशन बसेको २४ दिन कुरेको सरकारले वार्तालाई गम्भीरताका साथ नलिएको बताए । बिहीबारको वार्तापछि गृहकार्यका लागि भन्दै सरकारले आफूहरुलाई बेवास्ता गरेको बताए । बिहीबारको वार्तापछि २४ घण्टासम्म त्यसै आफूहरुलाई सरकारी वार्ता टोलीले रोकेर राखेको अधिवक्ता अर्यालले बताए । शुक्रबार मध्यराति…
Read More
पाकिस्तानले टिकटकमाथि प्रतिबन्ध लगाएको छ

पाकिस्तानले टिकटकमाथि प्रतिबन्ध लगाएको छ

 पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण(पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ । टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ । पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका…
Read More
चीन 70 बर्ष दिकीं तिब्बतको कब्जा गरेर छन

चीन 70 बर्ष दिकीं तिब्बतको कब्जा गरेर छन

झन्डै ४० वर्षसम्म तिब्बत स्वतन्त्र थियो र त्यहाँ वास्तविक स्वतन्त्रता थियो। तर सन् १९४९ मा चीनमा कम्युनिस्टको जितपछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट बस्यो। सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए। झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे। त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो। तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन्। त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ। दलाई लामा…
Read More
फ्लिपकार्ट बीबीडी-6 दिनको कार्यक्रम

फ्लिपकार्ट बीबीडी-6 दिनको कार्यक्रम

फ्लिपकार्ट, भारतको घरेलु ई-वाणिज्य बजार, वर्षको सबैभन्दा ठूलो फ्ल्यागशिप कार्यक्रमको टाइमलाइन घोषणा गर्यो, द बिग बिलियन डे - जुन अक्टोबर 16. देखि हुनेछ । 6 दिने घटनाले देशको उत्सवको लागि टोन सेट गर्दछ मौसम । ठूला अर्ब दिनको कार्यक्रमले देशभरका एमएसएमए र विक्रेताहरूलाई विकासको अवसर प्रदान गर्दा विद्यमान र नयाँ उपभोक्ताहरूलाई उत्पादनहरूको विस्तृत दायरा प्रदान गर्न केन्द्रित गर्नेछ । फ्लिपकार्ट प्लस ग्राहकहरूले अक्टुबर 15. मा 'प्रारम्भिक एक्सेस' को आनन्द लिनेछन् । फ्लिपकार्ट उपभोक्ताहरूले ठूलो बिलियन दिनमा आफ्नो एसबीआई डेबिट र क्रेडिट कार्ड मार्फत 10 % तत्काल छुट पाउन सक्नेछन् । बजाज फिन्सर्व ईएमआई कार र अन्य अग्रणी बैंक क्रेडिट र…
Read More
नयाँदिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने

नयाँदिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने

कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् ।‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।
Read More