North-East

नेकपा विवाद : एकअर्कालाई दबाएरै जाने रणनीतिमा ओली र दाहाल–नेपाल समूह

नेकपा विवाद : एकअर्कालाई दबाएरै जाने रणनीतिमा ओली र दाहाल–नेपाल समूह

आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे । यद्यपि एक्लै भेट्दा पहिलाजस्तै गलत सूचना प्रवाह हुने भयका कारण नेता नेपाल आफूनिकट तीन नेतालाई सँगै लिएर बालुवाटार पुगेका थिए । भेटमा ओलीले पार्टी एकता बचाउन भूमिका खेल्न गरेको आग्रहमा नेपालले उल्टै प्रश्न गरे, ‘पार्टी एकता बचाउने तपाईंसँग के प्रस्ताव छ ?’ ओलीले उनलाई महाधिवेशनपछि पार्टी अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिए । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसाग निकै नै तनाबपूर्ण सम्बन्ध देखिएको र सचिवालयका बहुमत सदस्यले लिखित…
Read More
शासकीय अश्लीलता र भोकको ‘इज्जत’

शासकीय अश्लीलता र भोकको ‘इज्जत’

काठमाडौं भोका मान्छेहरूको सहर कहलिने ‘अतिशय चिन्ता’ मा गएको बुधबार काठमाडौं महानगरपालिकाका प्रमुखले बोलेका कुराले मिडिया र सामाजिक सञ्जाल ताते । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा दोहोर्‍याउँदै मेयर विद्यासुन्दर शाक्यले बालेका मीठामीठा शब्द सुन्दा लाग्छ, साँच्चै टुँडिखेल लगायतका ठाउँमा भात खान धाउनेहरू सहर र सिंगै राज्यलाई बेइज्जत गराउन षड्यन्त्रपूर्वक डाकिएका ‘छद्म–भोका’ मान्छे मात्रै हुन् र भात खुवाउनेहरूचाहिँ सरकारविरोधी, राज्यविरोधी अराष्ट्रिय तत्त्व । हो, मेयर शाक्यले भनेजस्तै यी भोका मान्छेका ताँतीले काठमाडौंको सौन्दर्यको तेजोबध गरेको छ; देशको इज्जत धूलिसात् पारेको छ । यसरी शासकहरूमा ‘इज्जत’ को विचार आउनु र इज्जत जोगाउने विकल्प केकति छन्, कस्ता छन् भनेर खोजी गर्न…
Read More
जो बाइडन को हुन्?

जो बाइडन को हुन्?

जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् ।डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनसमक्ष कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन्। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।
Read More
पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज

पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ । मन्त्रालयका अनुुसार २४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको…
Read More
न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस

नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए । तर पछि भने बारले उनको नाम सिफारिस गरेन । बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो ।
Read More
नेकपा विवाद : बालुवाटार छलफलमा के–के भयो ?

नेकपा विवाद : बालुवाटार छलफलमा के–के भयो ?

तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच घोचपेचपूर्ण संवाद भएको छ । तर, बैठक बोलाउने विषयमा ओली र असन्तुष्ट समूहबीच सहमति भने जुटेको छैन । त्यसैले नेकपाको विवादले कस्तो मोड लिन्छ भन्‍ने अनिश्चितता अझै कायम छ । धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सुरुमा ओलीलाई बैठक माग गर्दै लिखित पत्र बुझाए । र, अध्यक्ष दाहालले पृष्ठभूमि राख्दै बैठकको आवश्यकताबारे आफूनो मत राखेका थिए । औपचारिक…
Read More
‘डेड एन्ड’ मा नेकपा, संकटमा जनता

‘डेड एन्ड’ मा नेकपा, संकटमा जनता

सत्तारूढ नेकपा विभाजनको संघारमा छ । अथवा, नेकपा बनेका दिनदेखि नै विभाजित छ । नेकपा घोषणाको अघिल्लो दिन बिहान (२०७५ जेठ २) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखी हस्ताक्षर गरेको ‘गोप्य सहमति’ मा प्रस्ट लेखिएको छ— पार्टीका सबै निर्णयहरू ‘दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् आधिकारिक मानिने’ र ‘समानता र समान अवधिका आधारमा दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ । चुनावको मुखमा दुई पार्टीको गठबन्धनमा सिद्धान्तको जति जलप लगाए पनि यथार्थमा सत्तास्वार्थ नै मुख्य कारक हो भन्ने कुरा लुक्तैन । त्यसमाथि अपेक्षित चुनावी विजयले स्वाभाविक हिस्सेदारी खोज्छ । पार्टी र सरकार…
Read More
को हुन् बाइडेन ?

को हुन् बाइडेन ?

 अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन् ।जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए । उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न…
Read More
नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताएका छन् । ग्रामथान गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताएका हुन् । ‘चिराचिरा परेर विभाजित भएका कम्युनिस्ट पार्टीहरु राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यले एकीकरण भएको छ,’ उनले भने, ‘त्यसैले नेकपा फुट्ने हल्लाको पछाडि लाग्नु हुँदैन ।’ राष्ट्र निर्माण विरोधी शक्तिहरुले देश र विदेशमा नेकपा फुट्ने निराधार हल्ला फैलाएको उनले सुनाए । प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि दीर्घकालिन ठूला योजनाहरु ल्याएर काम भइरहेकाले चाँडै प्रतिफल प्राप्त हुने मुख्यमन्त्री राईको भनाइ थियो ।
Read More
पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय डिस्चार्ज

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३४ हजार ९०५ छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।
Read More