12
Nov
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन अनुमति दिएको हो । यस्तै मैत्रीपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार समेमलनमा जानकारी दिएका हुन् । यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द…
