26
Nov
भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलमा बिहीबार उनले सञ्चारमाध्यमसँग भने, ‘हाम्रो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे कुरा गर्छौं ।’ गत वर्ष कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेकोमा यही वर्षको सुरुमा नेपालले पनि आफ्नो नयाँ नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद बढेको थियो । विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा अत्यन्तै खुसी लागेको भन्दै आफू पहिले पनि काठमाडौं आएको बताए । ‘तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो,’ उनले भने । श्रृंगलाले भारत र नेपाल निकटतम मित्र रहेको उल्लेख गर्दै दुईपक्षीय छलफलहरू गर्ने बताए । उनले…
