02
Dec
बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । पार्किङमा गाडी भरीभराउ छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल । मलको होहल्लाबीच मौन रहेका हलहरुको चित्रण गर्छ यो वान सिनेमाजले । टिकट काउन्टर धुलाम्मे छ । हल प्रवेश द्वार खाली देखिन्छ । दर्शकको हाँसो, रोदन र ताली गुञ्जने हल चकमन्न छ । फुड काउन्टर आफैं भोकोजस्तो देखिन्छ । सँधै उज्यालो बत्तीहरु बलिरहने प्रतीक्षालय अँध्यारो छ । यहाँ दर्शकको आउजाउ नभएको ९ महिना भयो । सोमबार वान सिनेमाज पुग्दा केही मानिस हलको सरसफाइमा व्यस्त…
