North-East

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ।उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ।अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ।चाङ्ग-अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ।
Read More
१० महिनापछि एकदिन खुले हिल्सा र लाप्चा नाका

१० महिनापछि एकदिन खुले हिल्सा र लाप्चा नाका

कोरोना महामारीको कारण करिब १० महिनादेखि बन्द रहेको हुम्लाको हिल्सा र लाप्चा नाका आइतबार एक दिनको लागि खुलेर पुनः बन्द भएको छ । नाम्खा गाउँपालिकाको अनुरोधमा उक्त दिन चीन सरकारले १६ वटा ट्रकमा सामान छोडेको थियो । आइतबार हिल्सा नाका भएर १२ वटा चिनियाँ ट्रकमा १ हजार ३ सय ७५ क्विन्टल पिठो, १ सय ७५ क्विन्टल चामल, ६ हजार जोर जुत्तासहित दाल, चिनी, कम्बल आएको थियो । यो सामान नाम्खाका ५ वटा वडामा वितरण गरिने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । लिमी उपत्यकामा पर्ने वडा नम्बर ६ को हल्जी, जाङ र तिल गाउँका लागि भने सोही दिन ४ वटा ट्रकमा लाप्चा नाका…
Read More
यसकारण अध्यादेशबाट पछि हटे प्रधानमन्त्री

यसकारण अध्यादेशबाट पछि हटे प्रधानमन्त्री

पार्टीभित्र सामान्य परामर्शसमेत नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबाट प्रधानमन्त्री केपी ओली पछाडि हटेपछि विभिन्न अड्कलबाजी भएका छन् । नेकपाकै नेताहरुले पनि प्रधानमन्त्री ओली अध्यादेशबाट पछाडि हट्नुलाई विभिन्न तरिकाले विश्लेषण गरेका छन् । नेकपा सचिवालयका सदस्यहरु प्रधानमन्त्री ओली अध्यादेशबाट पछाडि हट्नुमा विभिन्न कारण देख्छन् । आफ्नै पार्टीभित्र विवाद, विपक्षीको असहयोग र अध्यादेशको भविष्य जोखिम देखेपछि प्रधानमन्त्री ओली पछाडि हटेको उनीहरुको विश्लेषण छ । सचिवालयका एक सदस्य भन्छन्, ‘पार्टीभित्र बहुमत सदस्यले अध्यादेशको विरोध गरे र प्रमुख प्रतिपक्ष कांग्रेसले पनि बोल्ड निर्णय लियो । यसले राजनीतिक रुपमा प्रधानमन्त्री ओलीमाथि दबाब भयो र अध्यादेश फिर्ता गर्न तयार भए ।’ सचिवालयका अर्का सदस्य भन्छन्, ‘हिजोका संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश…
Read More
सहमतिबारे स्थायी कमिटी बैठकमा किन मौन बसे ओली ?

सहमतिबारे स्थायी कमिटी बैठकमा किन मौन बसे ओली ?

मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि जटिल र गम्भीर मोडमा पुगेको नेकपा विवाद बुधबार साँझसम्म आउँदा केही शान्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन र अर्का अध्यक्ष पुष्पकमल दाहाल विशेष अधिवेशन बोलाउन निवेदन दर्ता गर्ने निर्णयबाट पछाडि हटेपछि नाटकीय रुपमा विवाद केही शान्त जस्तो देखिएको छ । तर, यति महत्वपूर्ण निर्णयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने स्थायी कमिटी बैठकमा सुनाएनन् । ओली र दाहालबीचको सहमतिलाई वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले पनि शंकाको दृष्टिले हेरेका छन् । नेकपा विवाद अचानक शान्त हुनुको कारण बुझ्न दिनभर भएका घटनाक्रमतर्फ जानुपर्ने हुन्छ । दिउँसो एक बजे स्थायी कमिटी बैठक बोलाइएको थियो । एक…
Read More
चार सुगर मिल सञ्‍चालकविरुद्ध ठगी मुद्दा चलाउन पक्राउ पुर्जी जारी

चार सुगर मिल सञ्‍चालकविरुद्ध ठगी मुद्दा चलाउन पक्राउ पुर्जी जारी

उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ । जिल्लाबाट पत्र आएपछि बुधबार दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको…
Read More
ट्रम्पका निकट नेताले मौनता तोड्दै बाइडनलाई दिए बधाई

ट्रम्पका निकट नेताले मौनता तोड्दै बाइडनलाई दिए बधाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जो बाइडनलाई बधाई दिएका छन्। इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन्। अहिले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडनको कार्यकालका लागि निकै महत्त्वपूर्ण हुनेछ।आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जोर्जिआ राज्यको भ्रमण गरेका छन्। आउँदो ज्यानुअरी ५ मा सिनेटका दुई सदस्यबारे निर्णय हुनेछ र त्यसैले उनको पार्टीले सदनमा आफ्नो नियन्त्रण कायम गर्छ कि गर्दैन भन्ने तय हुनेछ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटहरूकै नियन्त्रण रहेको छ।सोमवार बाइडनको जितको आधिकारिक…
Read More
संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ अध्यादेशबमोजिम परिषद्को बैठक सुरु भएको बताए । मंगलबार दिउँसो प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो ।  नयाँ अध्यादेशको व्यवस्थाअनुसार सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा सहभागी छैनन् । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो । अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने…
Read More
कोभिडका कारण उत्पन्‍न भएको संकटबाट व्यवस्था विरोधीहरु सक्रिय भए : गृहमन्त्री

कोभिडका कारण उत्पन्‍न भएको संकटबाट व्यवस्था विरोधीहरु सक्रिय भए : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताएका हुन् । उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताए । यस्तै, सरकार विरोधीहरुले सरकारलाई विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेको पनि बताए । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको बताए । तर पनि सरकारलाई कसैले विस्थापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए । राजावादीहरु गणतन्त्रलाई विस्थापित गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने…
Read More
सरकारका गलत अभ्यासका विरुद्ध सडकमा आउनुपर्‍यो : नेता पौडेल

सरकारका गलत अभ्यासका विरुद्ध सडकमा आउनुपर्‍यो : नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका गलत अभ्यासका विरुद्ध कांग्रेस सडकमा आउनुपरेको बताएका छन् । काठमाडौं जिल्ला समितिद्वारा सोमबार आयोजित विरोध प्रदर्शनमा नेता पौडेलले अहिलेको सरकारले सबै सत्ता आफ्नो हातमा लिँदै आफ्ना मान्छे पोस्ने काम गरेको आरोप लगाए । उनले कम्युनिस्ट सरकारकै पालामा भ्रष्टाचार बढेको, असुरक्षा र पक्षपात बढेको बताए । 'कम्युनिस्ट वर्गलाई मुद्दा, कानुन नलाग्ने । कम्युनिस्टले राज्यको ढुकटी मासेर कार्यकर्ता पालिरहेको छन्,' विरोध सभामा बोल्दै नेता पौडेलले भने, 'अहिले लोकतन्त्रको धज्जी उडाउने काम भइरहेको छ । सत्ताको दुरुपयोग भइरहेको छ ।' लामो संघर्षबाट आएको लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू अलोकतान्त्रिक बनेको उनले बताए ।
Read More
के भारतका ब्याङ्कहरूले जनविश्वास गुमाउँदै छन्?

के भारतका ब्याङ्कहरूले जनविश्वास गुमाउँदै छन्?

बितेको १५ महिनामा धेरै खराब कर्जाका कारण भारतका तीन ठूला ब्याङ्कहरू सङ्कटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय ब्याङ्किङ् प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्। “हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्‍यो। दुई महिनासम्म केही आम्दानी भएन। अनि हालसालै हाम्रो ब्याङ्कसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले चलाउन पाएका छैनौँ र हाम्रा दैनिक कारोबार हुन सकेको छैन। कसरी कर्मचारीलाई पैसा दिने थाहा छैन,” लक्ष्मी विलास ब्याङ्कका बचतकर्ता ५० वर्षीय मङ्गीलाल परीहारले दुखेसो पोखे। मुम्बई शहरको बाहिरी भागमा उनको सानो किराना स्टोर छ।प्राय: भारतीयहरूले कुनै ब्याङ्क रोज्नुपर्दा दुईवटा कुरामा ध्यान दिने गरेको पाइन्छ। एक, तिनले बचतमा दिने ब्याजदर र अर्को ती घरभन्दा…
Read More