North-East

संसद् विघटनविरुद्ध जसपाले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने

संसद् विघटनविरुद्ध जसपाले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसकोविरूद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।
Read More
प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष

प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष

प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ ।  सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयहरु सुनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । ' बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्य छलफल गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले संविधानमा हुँदै नभएको प्रावधान प्रयाेग गरियो भन्ने साझा धारणा बनाएको पनि उनले बताए ।…
Read More
नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’

नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’

भारतले अहिलेसम्म नेपालमा विकसित पछिल्ला घटनाक्रमबारे औपचारिक प्रतिक्रिया जनाइसकेको छैन तर काठमाण्डूका हरेक राजनीतिक घटनालाई नजिकबाट हेर्ने केही भारतीय विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्। नेपाल मामिलाविज्ञ तथा भारतीय सेनाका एकजना अवकासप्राप्त अधिकारी जनरल अशोक मेहताले नेपालमा ‘बढ्दो चिनियाँ प्रभावबीच पाँच वर्ष ओलीलाई चलाउन नसकिने सोचेको भारतका लागि विकसित अवस्था राम्रो’ रहेको बताएका छन्।
Read More
रामदेवको ‘कोभिड रोग प्रतिरोधी’ औषधी लण्डनमा बिक्री

रामदेवको ‘कोभिड रोग प्रतिरोधी’ औषधी लण्डनमा बिक्री

राजधानी लण्डनका एशियाली मूलका मानिसहरूको बसोबास भएका क्षेत्रमा कोरोनिल भनिने भारतबाट आयात गरिएको जडीबुटीले बनेको औषधी बिक्री भइरहेको पाइएको छ। उत्पादक पतञ्जली आयुर्वेदले कोरोनिलले 'श्वास प्रश्वास सम्बन्धी' रोग लाग्नबाट बचाउने दाबी गर्छ। प्रयोगशालामा परीक्षण गर्दा ती चक्कीले कोरोनाभाइरसबाट नजोगाउने देखाएको छ।बर्मिङ्घम विश्वविद्यालयले बीबीसीका लागि गरिदिएको परीक्षणमा उक्त चक्की बनस्पतिजन्य बस्तुहरूबाट बनेको पाइएको छ। तर त्यसले कोभिड-१९ बाट जोगाउँछ भन्ने छैन।
Read More
ज्यानमारा इज्जत

ज्यानमारा इज्जत

जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक कैद हो । ऊबेला सम्पत्तिका लागि यौनिकता कैद भयो, समयक्रममा यो प्रतिष्ठासँग जोडियो । कथित प्रतिष्ठाका लागि महिलाको ज्यान नै लिन थालियो । परिवार र समाजको कथित इज्जत महिलाका लागि ज्यानमारा साबित भयो । यही मंसिर १४ गते एउटा डरलाग्दो अपराधको समाचारले अखबारहरू भरिए । रौतहट माधवनारायण नगरपालिका–७ की सत्र वर्षीया किशारी अमृताको आफ्नै बाबुको योजनामा गोली हानी हत्या गरियो । परिवारले तिरस्कार गरेको, उमेर दोब्बर जेठो र कथित तल्लो…
Read More
दाहाल-नेपाल समूहको भेलामा ओलीको आलोचना

दाहाल-नेपाल समूहको भेलामा ओलीको आलोचना

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् ।  शुक्रबार जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा प्रदेश १ अन्तर्गतका आफू निकट जिल्ला पदाधिकारीहरुको भेलामा नेताहरुले ओलीको कार्यशैली र प्रवृत्तिलाई लिएर आलोचना गरेका हुन् । भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने संकेत गरेको एक नेताले बताए । पार्टीले निर्णय गरिसकेकाले प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनेमा आफूहरु ढुक्क रहेको दाहालले बताएका थिए । फिर्ता नभए त्यसको जिम्मेवार प्रधानमन्त्री ओली नै हुने दाहालको भनाइ थियो । भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीका गलत…
Read More
अमेरिकामा अर्को खोप पनि अनुमति पाउने सङ्घारमा

अमेरिकामा अर्को खोप पनि अनुमति पाउने सङ्घारमा

अमेरिकामा कोरोनाभाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ। विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडेर्ना खोप अनुमतिको नजिक पुगेको हो। अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्र रूपमा काम गर्ने बताए, जसले गर्दा खोप उत्पादक कम्पनीले खोपको दशौँ लाख डोज सम्बन्धित स्थानमा पुर्‍याउन सकून्। अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन थालेको केही दिनपछि पछिल्लो जानकारी आएको छ।अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य देशहरूभन्दा धेरै छ। त्यहाँ यो साताको सुरुमा मृतकको सङ्ख्या तीन लाख नाघेको हो।
Read More
मन्त्रिपरिषद् बैठक : अध्यादेश फिर्ता लिनेबारे भएन छलफल

मन्त्रिपरिषद् बैठक : अध्यादेश फिर्ता लिनेबारे भएन छलफल

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा केही छलफल भएन । एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद् बैठकमा केही जानकारी दिएनन् । यसअघि पनि मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी अध्यादेश जारी गरिएकोमा फिर्ताबारे पनि केही छलफल नभएको नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका ती मन्त्रीले बताए । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भने प्रधानमन्त्री स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने भनिसकेकाले मन्त्रिपरिषद्मा छलफल नभएको बताए । 'आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय भएन । अध्यादेशको बारेमा हिजो फिर्ता लिन्छु भनिसक्नुभयो त…
Read More
नेपालमा कोरोना खोप : खरिद, भण्डारण, ढुवानी र वितरण

नेपालमा कोरोना खोप : खरिद, भण्डारण, ढुवानी र वितरण

कोरोना भाइरसको महामारीयता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरु भएको छ । फलस्वरूप खोपमा केही सफलता हात लागेका छन् । अहिलेसम्म ५९ खोप विभिन्न चरणमा अध्ययनका क्रममा छन् ।  पछिल्लोपटक चर्चामा रहेको फाइजर खोपलाई बेलायत, अमेरिका, कुवेत र मेक्सिकोले आपत्कालीन प्रयोग र बहाराइन, क्यानडा र साउदी अरेबियाले सबैमा प्रयोग गर्न मिल्ने गरी अनुमति दिएका छन् । यो खोप तीन हप्ताको फरकमा दुई डोज सुईमार्फत छालाभित्रको मासुमा दिनुपर्छ । यो खोपको भण्डारण माइनस ७० डिग्री सेल्सियसमा गर्नुपर्छ । त्यस्तै, अर्को चर्चामा रहेको मोडर्नाको खोपलाई चार हप्ताको फरकमा दुई डोज नै लगाउनुपर्छ । यसको भण्डारण माइनस २० डिग्री सेल्सियसमा छ महिनासम्म गर्न…
Read More
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्‍ने

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्‍ने

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । शुक्रबार बिहान साढे १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको सांसद मिनेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा संसद् अधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो । संसद् बोलाउने संवैधानिक समयसीमा १५ दिन बाँकी छँदासमेत सरकारले विलम्ब गरिरहेको प्रति कांग्रेसले विरोध जनाएको छ  ।
Read More