North-East

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताउनुभयो । यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ…
Read More
ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र

अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्।अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्। डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए।सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्।
Read More
बेलायती अस्पतालमा शय्या अभाव

बेलायती अस्पतालमा शय्या अभाव

कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएका कारण बिहीबार इंग्ल्यान्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताएका छन् । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतले एएफपीलाई बताएको छ । बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी इंग्ल्यान्डमा कोरोना संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जीवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । पहिलो चरणमा संक्रमित भएपछि उपचार गराउनेको संख्या योभन्दा निकै कम…
Read More
अब रोयल स्ट्यागको उत्पादन नेपालमै, बजार फर्कियो चिनिएको ब्राण्ड

अब रोयल स्ट्यागको उत्पादन नेपालमै, बजार फर्कियो चिनिएको ब्राण्ड

ही स्वाद र थप आकर्षण बोकेर रोयल स्ट्याग चार बर्ष पछि पुनः नेपाली बजारमा छाएको छ । नेपालको मदिरा बजारमा राम्रो उपस्थिति बनाएपनि चार बर्ष अघि नेपालको बजारबाट बाहिरिएको भारतीय मदिरा रोयल स्ट्याग गएको दशैंको पूर्व सन्ध्याामा पुनः नेपाली बजारमा आएको हो । रोयल्टीसम्बन्धी नयाँ कानूनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा विनर लिक्कर्सले उत्पादन थालेपछि यो नेपाली बजारमा पुनः उदाएको हो । नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएपछि भारतबाट ल्याउनु पर्ने बाध्यता पनि हटेको छ । रोयल स्ट्यागको नेपालमा उत्पादन गर्ने गरी व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर…
Read More
ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द प्रतिबन्धित

ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द प्रतिबन्धित

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक रूपमा निन्दा गरेका छन्।युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्। आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।
Read More
आज अमेरिकालाई देखेर चीन र रुस हाँसिरहेका होलान् : मार्को रुबियो

आज अमेरिकालाई देखेर चीन र रुस हाँसिरहेका होलान् : मार्को रुबियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिङ्टनमा हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ । अमेरिकी संसद्‍मा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न प्रक्रिया चलिरहेका बेला ट्रम्पको उक्साहटमा हिंसा भड्किएको भन्दै आलोचना भएको छ । अमेरिकामा मात्रै होइन, हिंसात्मक प्रदर्शनको आलोचना विश्वभरबाट भइरहेको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका नेता तथा पूर्वराष्ट्रपतिले पनि आलोचना गरेका छन् । फ्लोरिडाबाट रिपब्लिकन पार्टीबाट सिनेटरमा निर्वाचित मार्को रुबियोले बुधबार राजधानी वासिङ्टनमा भएको हिंसाको कडा शब्दमा आलोचना गरेका छन् । उनले सदनमा भने, ‘म आफ्नो देश छोडेर अमेरिका आएकाहरुको बीचमा हुर्किएको हुँ । उनीहरु आफ्नो देशको तनावपूर्ण अवस्थाका कारण अमेरिका आएका थिए । त्यस्तै परिस्थिति आज हामीले…
Read More
बर्ड फ्लू: भाइरसको त्रासमाझ भारतमा हजारौँ पन्छी मारिँदै

बर्ड फ्लू: भाइरसको त्रासमाझ भारतमा हजारौँ पन्छी मारिँदै

भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। 'उच्च सतर्कता' सङ्घीय सरकारले 'उच्च सतर्कता' जारी गर्दै फ्लू फैलिन नदिनका लागि 'आपत्कालीन उपायहरू' अपनाउन भनेको छ। मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक…
Read More
पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर

पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर

मानव अधिकारकर्मीहरूले बलात्कारको अनुसन्धानमा 'कुमारीत्व परीक्षण' गर्ने कार्यलाई गैरकानुनी मान्ने पाकिस्तानी अदालतको निर्णयको स्वागत गरेका छन्। पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनिमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ।लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले त्यस्तो जाँच 'अपमानजन' रहेको र त्यसको 'विधिविज्ञानमा कुनै महत्त्व नरहेको' बताएकी छन्।पन्जाब प्रान्तमा दर्ता भएका दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो।
Read More
भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो । भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो…
Read More
अमेरिकी चुनाव: जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै

अमेरिकी चुनाव: जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै

अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने दोस्रो चरणको चुनावमा भएको छ। बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ। यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ। बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ। बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताएका छन्। यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने "अमेरिकालाई बचाउनले अन्तिम मौका" भएको बताएका छन्। हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन…
Read More