North-East

समाजसेवी  पेमा योन्जन माथि झुठो आरोप !

समाजसेवी पेमा योन्जन माथि झुठो आरोप !

गत ९ जनवरी गोरूबथानको पोख्रेबुङ्ग अन्तर्गत स्थित पुबुङ्गमा बिमलपन्थी समर्थक सलिम सुब्बाले स्थानीय समाजसेवी श्री पेमा योन्जन माथि जुन झुठो आरोप लगाउने षडयन्त्र गर्यो यस बिषयसंग असन्तुष्ट बनेर गोजमुमो बिमल गुरूंगपन्थी माङजिङ शाखा सभापति मिलन लामा, समष्टि कार्यकारी प्रकाश प्रकाश लामा, बिध्यार्थी मोर्चा सचिव अमृत लामा आदिले गोजमुमो बिमल खेमाको साधारण सदस्यताबाट नै राजीनामा दिएका छन्।स्मरण रहोस गत ९ जनवरीको दिन सलिम सुब्बाले मतपान पिएर,पेमा योञ्जनको गाडीलाई हिर्काएर गएका थिए।यस बिषयमा समाजसेवी श्री पेमा योन्जनले फोन गर्दा सलिम सुब्बाले कुरा मिलाउनु मेरो घरमा नै आउनु भनेर पेमा योन्जन लगायत उनको साथीहरूलाई बोलाएर त्यहाँ पुग्दा सलिम सुब्बा अनि उनको साथीहरुले समाज…
Read More
‘कोभिसिल्ड’ले पायाे नेपालमा आपतकालिन प्रयोगकालागि अनुमति

‘कोभिसिल्ड’ले पायाे नेपालमा आपतकालिन प्रयोगकालागि अनुमति

औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेकाे कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई काेराेना विरूद्ध नेपालमा  आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ।   विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि  सशर्त अनुमति दिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए।  ४ देखी १२ हपताकाे अन्तरालमा दुइ डाेज लगाउनु पर्ने उक्त खाेपले  भारतमा पनिआपतकालीन प्रयोगका लागी अनुमति पाएकाे छ ।  सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको 'कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो।
Read More
उत्तर कोरियामा पनडुब्बीबाट प्रहार गरिने ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

उत्तर कोरियामा पनडुब्बीबाट प्रहार गरिने ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ।सरकारी सञ्चारमाध्यमले त्यसलाई "संसारकै सबैभन्दा शक्तिशाली अस्त्र" भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए। त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको "प्रधान शत्रु" भएको बताएका थिए।
Read More
नेपाल-भारत संयुक्त आयोग बैठक : सीमाको मुद्दा नेपालले उठाउने, भारतले पन्छाउने

नेपाल-भारत संयुक्त आयोग बैठक : सीमाको मुद्दा नेपालले उठाउने, भारतले पन्छाउने

दुवै देशको सहमतिमा प्राविधिक समितिहरु छन् । तिनले रिपोर्ट नबुझाएसम्म आयोगलाई सीमाको विषय टुंग्याउने आधार नै हुँदैन ।  –निहार नायक, नेपाल–भारत मामिलाका जानकारसीमा विवादलाई ६ महिनाभित्र थप छलफल गर्न विदेश सचिवस्तरीय संयन्त्रलाई निर्देशन दिने सम्भावना भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ…
Read More
तल्लो सदनद्वारा पारित, दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

तल्लो सदनद्वारा पारित, दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ।
Read More
विद्युत् निर्यात गर्ने प्रक्रियामा नेपाल ‘पहिलो पटक’ सहभागी

विद्युत् निर्यात गर्ने प्रक्रियामा नेपाल ‘पहिलो पटक’ सहभागी

जलस्रोतको प्रचुर सम्भावना रहेको नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत् विद्युत् उपलब्ध गराउन आह्वान गरिएको टेन्डर प्रक्रियामा प्राधिकरण पनि सहभागी रहेको प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए। प्राधिकरण २५ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्ताव सहित टेन्डर प्रक्रियामा सहभागी भएको उनले बताए। प्राधिकरणसँग जुन अतिरिक्त विद्युत् बाँकी रहन्छ त्यसलाई निर्यात गर्ने गरी पहिलो पटक विद्युत् नियमन आयोगसँग अनुमति लिएर २५ मेगावाट बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएका हौँ," तिम्सिनाले भने। टेन्डर आह्वान अनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई विद्युत् बेच्ने तयारी प्राधिकरणको छ। प्राधिकरणले ४००…
Read More

के पाकिस्तानले धार्मिक अल्पसङ्ख्यकको संरक्षण गर्न सक्छ?

पाकिस्तानमा शताब्दी पुरानो हिन्दु पवित्रस्थल गत डिसेम्बर महिनामा मुस्लिम भिडले ध्वस्त बनाइदियो। जुन त्यो पवित्र धार्मिकस्थलमा गरिएको दोस्रो तोडफोड र विध्वंस थियो।पाकिस्तानको सर्वोच्च अदालतले उत्तर-पश्चिमको करक जिल्लास्थित श्री परम हंसजी महाराजको समाधि मन्दिरको पुनर्निर्माणको बाटो खुला गर्न निर्देशन दिइसकेको छ। तर त्यो आक्रमणले देशका हिन्दुहरूको भावनालाई आघात पुर्‍याएको छ र सरकारले देशका धार्मिक अल्पसङ्ख्याहरूलाई संरक्षण गर्न असफल भएको आरोप खेपिरहेको छ।मुस्लिमहरूको अत्यधिक बाहुल्य रहेको पाकिस्तानमा कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हिन्दु समुदाय छन्। हिन्दुविरुद्धको पूर्वाग्रह व्याप्त छ।
Read More
राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत

राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।
Read More
मोदी सरकारलाई सर्वोच्च अदालतको चेतावनी

मोदी सरकारलाई सर्वोच्च अदालतको चेतावनी

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई आन्दोलनरत किसानहरुसँगको राम्रो व्यवहार गर्न र परिस्थिति बिग्रँदै गएका कारण विवादास्पद तीनवटा कृषि कानुन तत्काल स्थगन नगरे आफूले रोक्ने चेतावनी दिएको छ । केन्द्र सरकारले नयाँ कृषि कानुनका विरुद्ध परेको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश एसए बोब्डेले त्यस्तो चेतावनी दिएका हुन् । ‘वार्तामा के भइरहेको छ भन्ने हामीलाई थाहा छैन । त्यसैले केही समयका लागि कानुनलाई किन स्थगन नगर्ने?,’ प्रधानन्यायाधीश बोब्डेलाई उद्धृत गर्दै लाइभ ल डट इनले लेखेको छ । साथै अदालतले किसान आन्दोलनप्रति सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि प्रकट गरेको छ । ‘सरकारले आन्दोलनप्रति देखाएको व्यवहार गरिरहेको त्यसले निकै निराश बनाएको छ । कानुन ल्याउनु अघि के कस्तो छलफल गरियो…
Read More
ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेता नेपाल

ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेता नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन् । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाइ छ । अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै…
Read More