12
Apr
एक बिहानै आवासीय क्षेत्रमा जंगली भैंसी पसेको घटनाले त्यस क्षेत्रमा आतंक फैलिएको छ। जलपाईगुडी जिल्लाको नाथुआ रेन्ज अन्तर्गतको माझियाली बस्ती क्षेत्रमा जंगली भैंसी पसेको खबर पाउनसाथ नाथुआ रेन्जका वन कर्मचारी र बिन्नागुडी वाइल्ड लाइफका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए।श्रोतका अनुसार, जंगली भैंसी बुधवार बिहान गोरुमारा जङ्गलबाट निस्केर पहिले गढीरकुटी गाउँ र त्यसपछि माझियाली बस्ती क्षेत्रमा रहेको एक व्यक्तिको घरको गोठमा पुगेको थियो। स्थानीयवासीहरुको भनाई अनुसार घरबाट साइकलमा काम गर्न जाँदै गरेका एक व्यक्तिलाई त्यो जंगली भैंसीले घाइते बनाएको छ। वन विभागका कर्मचारीहरुले तत्कालै घाइतेलाई उद्धार गरी प्राथमिक उपचारका लागि अस्पताल पुर्याएका छन्। घाइतेको नाम नानी राय (३०) रहेको बताइएको छ।जंगली भैंसीलाई…
