23
Jan
नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मजयन्ती जिल्ला प्रशासनले जलपाईगुडीमा विभिन्न कार्यक्रम गरी मनाएको थियो। यस अवसरमा मंगलबार जलपाईगुडी नगरपालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो भने नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मजयन्ती जलपाईगुडी जिल्ला परिषद भवन परिसरमा मनाइएको थियो। सो अवसरमा विधानसभा अध्यक्ष कृष्ण रायवर्मनको उपस्थिति रहेको थियो ।उनले राष्ट्रिय झण्डा फहराएर नेताजीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा विभागका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेताजीको जन्मजयन्ती जलपाईगुडी जिल्ला कांग्रेस कार्यालयले पनि मनाएको थियो। जिल्ला कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताले महान स्वतन्त्रता सेनानीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।यस दिन जलपाईगुडी विधानसभाका विभिन्न वार्डहरूमा नेताजीको जन्मदिन मनाइयो। वडा नम्बर ९…
