08
May
दीपङ्कर दास नामक पुलिस कर्मीको घरमा चारजनाको सीबीआई टोली आइपुग्यो। दीपङ्कर दास जिल्ला पुलिस अधीक्षकको घरमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। तर सीबीआई कुन मुद्दाको सिलसिलामा आएको हो भन्ने अझै स्पष्ट भएको छैन। यो घटना जलपाइगढ़ीको रेस कोर्स पाड़ा क्षेत्रमा भएको हो। दीपङ्कर दासका पिता कनाई दास अवकाशप्राप्त पुलिस कर्मी हुन्। दीपङ्करका दाजु दिवस दास एक निजी संस्थामा कार्यरत छन्।लगभग तीन घण्टा सोधपुछ गरेपछि सीबीआईको चार सदस्यीय टोली केही कागजातहरू लिएर जलपाइगढ़ी रेसकोर्स पाड़ास्थित पुलिस कर्मी दीपङ्कर दासको घरबाट बाहिरियो। यद्यपि दीपङ्करको परिवारले सीबीआई किन आएको हो भनेर आफूहरूलाई जानकारी नभएको बताएको छ। सीबीआई सूत्रअनुसार दीपङ्कर दासको कोचबिहारमा पोस्टिङ हुँदा…
