International

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ। दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो। अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो। आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो। ''राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गरेका छन्,'' उनको फाउन्डेसनले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ। उनकी छोरीले त्यसको केही समयपछि सामाजिक…
Read More
युरो फुटबलका कारण इङ्गल्यान्डका पुरुषमा ‘कोरोनाभाइरस सङ्क्रमण बढ्यो’

युरो फुटबलका कारण इङ्गल्यान्डका पुरुषमा ‘कोरोनाभाइरस सङ्क्रमण बढ्यो’

इङ्गल्यान्डले अतिरिक्त समयमा डेनमार्कलाई २-१ ले हराउँदै ५५ वर्षमा पहिलोपटक कुनै ठूलो स्तरको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। निर्धारित समयमा १-१ ले बराबरी भएको खेलमा ह्यारी केनले पेनाल्टी प्रहार गर्दा फर्किएको बलमा गोल गर्दै इङ्गल्यान्डको जित निश्चित हुन पुगेको थियो। त्यसपछि उक्त टोलीका समर्थकहरू खुशीयाली मनाउँदै सडकमा उत्रिएका थिए। तर गत दुई सातामा इङ्गल्यान्डका पुरुषहरूमा महिलाभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण देखिनुको कारण युरो २०२० फुटबल प्रतियोगिता हेर्नु रहेको हुनसक्ने इम्परियल कलेज लन्डनको तथ्याङ्कले देखाएको छ। ४७,००० भन्दा बढी स्वयंसेवकमा जुन २४ देखि जुलाई ५ सम्म गरिएको परीक्षणले "सङ्क्रमणको तेस्रो लहर" पुष्टि भएको बताइएको छ। अध्ययनले महिलाभन्दा पुरुष ३० प्रतिशत बढी सङ्क्रमणको…
Read More
राष्ट्रपति जोवेनेल मोइसको घरमा हत्या भएको छ

राष्ट्रपति जोवेनेल मोइसको घरमा हत्या भएको छ

हैतीका राष्ट्रपति जोवेनेलमोइसको हत्या भएको छ उनको पत्नीलाई अस्पतालमा भर्ना गरिएको थियो जब उनको परिवारमा राजनीतिक र आर्थिक स्थिरता र सामूहिक हिंसा बढेको बीचमा आक्रमण भएको थियो। अन्तरिम प्रीमियर क्लाउड जोसेफले भने कि मोइसको श्रीमती, फर्स्ट लेडी मार्टिन मोइस अस्पतालमा भर्ना छिन्।जोसेफले यो घटनालाई “घृणास्पद, अमानवीय र बर्बर कार्य” भनेर सम्बोधन गरे अनि भने कि हैतीको नेशनल पुलिस र अन्य अधिकारीहरूले क्यारिबियन देशको अवस्था नियन्त्रणमा ल्याएको छ। मंगलबार रात भएको हत्या गहन राजनीतिक र आर्थिक स्थिरता र सामूहिक हिंसाको उचालको बीचमा आएको छ।
Read More
फिलिपिन्सको हवाई दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु

फिलिपिन्सको हवाई दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु

फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ। सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्। देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्। अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ। उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ। स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ। "धावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन," सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले…
Read More
सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ – तालिबान

सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ – तालिबान

आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बीबीसीलाई बताएको छ। कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिकी फौज सहित १,००० विदेशी सेना त्यहीँ बस्न सक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो। अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ। तर तालिबानले थप क्षेत्रमा पकड स्थापित गरेसँगै त्यहाँ हिंसा भने बढ्दो क्रममा छ। अफगानी सुरक्षा निकायले एक्लै देशको सुरक्षाको जिम्मा लिने तयारी गर्दै गर्दा काबुलको भविष्यबारे चिन्ता बढिरहेको छ। तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य…
Read More
जर्मनीले मिश्रित डोज लिन सिफारिश गर्यो

जर्मनीले मिश्रित डोज लिन सिफारिश गर्यो

जर्मनीले कोभिड १९ बिरुद्धको खोपको दुई डोज छुट्टाछुट्टै कम्पनीको लिन पाउने निर्णय गरेको छ । जर्मनीले पहिलो डोज आष्ट्राजेनेकाको खोप लिएकाहरुले दोस्रो डोजमा फाइजर वा मोर्डनाको खोप लिन पाउने निर्णय शुक्रबार गरेको हो ।एनएचके वल्र्डका अनुसार जर्मनीले आफ्ना नागरिकलाई दोस्रो डोजका लागि मोर्डना वा फाइजरमध्ये रोज्न सुझाएको हो । जर्मनीको खोप अभियान सञ्चालन गर्ने उच्च स्तरीय निकायले एक दिन अघि उक्त निर्णय गरेको थियो । उक्त निकायले दोस्रो डोज चार साता वा त्यसपछि लिन सक्ने जनाएको छ । त्यसअघि खोप सञ्चालन गर्ने निकायले दुई डोजबीचको समय दूरी नौ साता निर्धारण गरेको थियो ।जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले जर्मनीले जुलाई अन्त्यसम्म…
Read More
बिजुली चम्किएर चट्याङ पर्दा ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो

बिजुली चम्किएर चट्याङ पर्दा ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो

पश्चिमी क्यानडामा अहिलेसम्मकै उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा १३० भन्दा बढी जङ्गली डढेलोका घटना देखा परेका छन्। क्यानडाको सङ्घीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि लागि ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ। यसै साताको सुरुमा उक्त प्रदेशको लीटन गाउँका मानिसहरू त्यहाँबाट पलायन हुनुपरेको थियो। लीटनमा गत मङ्गलवार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो। आगलागीका कारण करिब २५० मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र प्रभावित भएको थियो। त्यसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसहरू गत बुधवार साँझ आफ्ना सामानहरू नलिइकनै पलायन हुनु परेको थियो। उक्त क्षेत्र भ्यान्कुभर बाट २६०…
Read More
महिलाः अनलाइन दुर्व्यवहारको अन्त्यकालागि उच्च प्रतिष्ठित महिलाहरूको माग

महिलाः अनलाइन दुर्व्यवहारको अन्त्यकालागि उच्च प्रतिष्ठित महिलाहरूको माग

अस्ट्रेलियाकी भूतपूर्व प्रधानमन्त्री जुलिआ गिलार्ड, भूतपूर्व अमेरिकी टेनिस खेलाडी बिली जीन किङ र ब्रिटिश अभिनेत्रीहरू थ्याण्डी न्यूटन र एमा वाट्सन जस्ता उच्च ओहदा र प्रतिष्ठा भएका महिलाहरूले हस्ताक्षर गरेका पत्र यूएन जेनरेशन इक्वलिटि फोरममा प्रकाशित छ। जुलिआ गिलार्डले बीबीसीसँग कुरा गर्दै भनिन्: "अष्ट्रेलियाको प्रधानमन्त्रीको पदमा रहँदा अन्य सार्वजनिक ओहोदामा रहेका महिलाहरूले जस्तै मैले पनि सामाजिक सञ्जालमा लैङ्गिकताका आधारमा चर्को दुर्व्यवहारको सामान गर्नुपर्‍यो। अश्लील कार्टुनहरू समेत सञ्जालमा फैलाइए।" उनले त्यस्ता गतिविधिले आफूलाई "महिलाले अझै पनि यस्तो प्रकारको दुर्व्यवहारको सामना गर्नु परिरहेको भनेर आक्रोशित र हताश बनाएको " पनि बताइन्। उक्त पत्र फेसबुक, गुगल, टिकटक र ट्विटरका प्रमुख कार्यकारीहरूलाई सम्बोधन गरेर लेखिएको…
Read More
शुभमन गिल गम्भीर चोटपटकबाट ग्रसित छन्, ईगल्यान्ड बिरुद्ध धेरै टेस्ट खेलहरुमा आउट हुन सक्छ

शुभमन गिल गम्भीर चोटपटकबाट ग्रसित छन्, ईगल्यान्ड बिरुद्ध धेरै टेस्ट खेलहरुमा आउट हुन सक्छ

भारतीय टेस्ट टीमका युवा ओपनर ब्याट्सम्यान शुभमान गिललाई गम्भीर चोटपटक लागेको छ र यसै कारण उहाँ कम्तिमा दुई महिना क्रिकेटबाट टाढा हुन सक्नुहुन्छ। बीसीसीआई स्रोतले यो जानकारी पीटीआईलाई दियो। शुमन गिलको यो चोटपटक पछि, यो विश्वास छ कि अब उनी ईगल्यान्ड बिरुद्ध-खेलको टेस्ट सीरिजको पहिलो तीन खेलमा सायद भाग लिने छन, जुन-अगस्टदेखि शुरु हुनेछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का एक वरिष्ठ अधिकारीले नाम न छाप्ने सर्तमा भने, “शुभमन पूर्ण टेस्ट सीरीजबाट बाहिरिन सक्ने सम्भावना छ, यद्यपि अझै एक महिना बाकी छ। जहाँसम्म हामीलाई थाहा छ चोट गम्भीर छ। यो विश्वास छ कि गिलको बाछोमा चोट लागेको छ वा उसको…
Read More
ब्रिट्नी स्पियर्स: चर्चित अमेरिकी गायिकाको अनुरोध अदालतद्वारा अस्वीकार,

ब्रिट्नी स्पियर्स: चर्चित अमेरिकी गायिकाको अनुरोध अदालतद्वारा अस्वीकार,

गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए। गायिका स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो। स्पियर्सको अनुरोधलाई अस्वीकार गरिए पनि त्यो निर्णय गायिकाले गत साता अदालतलाई दिएको २३ मिनेट लामो विस्फोटक बयानको सुनुवाइ नभएको बताइएको छ। स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्। "मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ," ३९ वर्षीया स्पियर्सले भनेकी थिइन्। न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सको यो विषयमा आदेश दिन सक्दिनन् किनभने त्यसका लागि…
Read More