International

पेनेलोप क्रुजको ‘प्यारालल मदर्स’ भेनिसको ओपनिङ फिल्म

पेनेलोप क्रुजको ‘प्यारालल मदर्स’ भेनिसको ओपनिङ फिल्म

सेप्टेम्बरबाट सुरु हुने इटालीको भेनिस फिल्म फेस्टिभल पेड्रो अल्माडोरको ‘प्यारालल मदर्स’ सँगै ओपनिङ हुने भएको छ । फिल्ममा पेनलप क्रुजको मुख्य भूमिका रहेको छ ।  महामारीको समयमा सुटिङ भएको प्रतीक्षित फिल्म उत्कृष्ट पुरस्कारका लागि पनि प्रतिस्पर्धामा रहनेछ ।  पेड्रो र पेनलपको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि सन् २०१९ मा रिलिज भएको फिल्म ‘पेन एन्ड ग्लोरी’मा सहकार्य गरेका थिए । फिल्ममा एन्टिनियो भेन्डरस पनि महत्वपूर्ण भूमिकामा थिए । फिल्म अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ पनि अन्तिम ५ मा मनोनयनमा परेको थियो । पेड्रोको यो फिल्मले तीन आमाको कथा पेस गर्छ जो फरक फरक मातृत्वको अनुभव लिएर बसेका छन् । फेस्टिभल आफ्नो फिल्मसँगै…
Read More
प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ

प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ

इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्। अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुनेछैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथा जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अब स्थगित भएको छ। संसारभरि कैयौँ देशले यो वर्ष कोरोनाभाइरसका आफ्ना प्रतिबन्धहरूलाई खुकुलो पारिरहँदा त्यसले मिश्रित परिणाम दिएको छ। इजरेल प्रभावकारी रूपमा कोभडि खोप अभियान सञ्चालन गरेको इजरेलले फ्रेबुअरीदेखि नै प्रतिबन्धहरू हटाउन थालेको हो। मध्यजुनबाट जनसङ्ख्याको आधा भागले दुवै मात्रा खोप लगाएपछि इजरेलमा मास्क लगाउन बन्द भयो र देश झन्डैझन्डै महामारीपूर्वको…
Read More
चीन-रुस सम्बन्ध अझ सुदृढ़ बनाइने

चीन-रुस सम्बन्ध अझ सुदृढ़ बनाइने

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई अझ सुदृढ बनाइने बताएका छन् । यसदिन उनले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताएका हुन्। उनीहरुबीच गत बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उनीहरुले दुई देशबीचको सम्बन्धका विभिन्न क्षेत्रहरुका बारेमा कुराकानी गरेका थिए । त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका वार्ता भएको थियो त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा क्रममा उनीहरुबीच पनि आगामी भएको महत्वपूर्ण बैठकको स्मरण दिनमा ती दुई देशबीचको सम्बन्धलाई गरेका थिए…
Read More
युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी

युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी

जर्मनी र बेनेलक्स क्षेत्रमा १२० जनाभन्दा बढी व्यक्तिको ज्यान लिएको बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले लागिपरेका छन्। ती बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन् भने हजारौँ घरबारविहीन भएका छन्। युरोपेली सङ्घका नेताहरूले जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको बताएका छन्। अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने उल्लेख गरेका छन्। कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन्। स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ। नेदरल्याण्डका प्रधानमन्त्रीमा देशको एउटा दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन्। युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु…
Read More
अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा दर्जनौँको मृत्यु

अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा दर्जनौँको मृत्यु

अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ। धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ। जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ। नेदरल्याण्डसमा पनि व्यापक प्रभाव परेको छ। शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन्। विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन्। 🌧 La crue…
Read More
टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने

टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने

पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । ‘यो पटक हामीले लामो समय तयारी गरेका छौं, लगानी गरेका छौं,’ उनले भने, आशा छ यस पटक राम्रो प्रदर्शन हुनेछ ।’ जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार…
Read More
तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् । यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन । तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् । इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक…
Read More
३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने: जो बाइडनले

३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने: जो बाइडनले

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन्। युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन्। सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए। अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को…
Read More
राष्ट्रपतिलाई भाडाका विदेशी आक्रमणकारीले मारे- हाइटी प्रहरी

राष्ट्रपतिलाई भाडाका विदेशी आक्रमणकारीले मारे- हाइटी प्रहरी

हाइटीको प्रहरीले राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी आक्रमणकारीको एक समूहले गरेको दाबी गरेको छ। आक्रमणकारीहरुमा कोलम्बियाली पूर्व सैनिकहरुको संख्या धेरै भएको प्रहरीको भनाइ छ।  हाइटी प्रहरी प्रमुख लियोन चार्सले २६ कोलम्बियाली तथा हाइटी मूलका दुई अमेरिकी आक्रमणकारी राष्ट्रपतिको हत्यामा सहभागी भएको बताएको बीबीसीले जनाएको छ।  आठ संदिग्ध फरार छन् भने दुई अमेरिकीसहित १७ जनालाई गिरफ्तार गरिएको छ। बाँकी संदिग्ध प्रहरी कारबाहीमा राजधानी पोर्ट ओ प्रिन्सको भिडन्तमा मारिएका थिए।  बिहीबार हाइटी प्रहरीले केही आरोपीलाई सार्वजनिक गरेको छ। उनीहरुसँग हतियार कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण थिए। प्रहरी प्रमुखले भने, "राष्ट्रपतिको हत्याका लागि विदेशी हाम्रो देशमा आए।" कोलम्बियाली सरकारले आक्रमणकारीको दस्तामा कम्तिमा पनि ६…
Read More
कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान

कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् ।  मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् :  १ अर्जेन्टिनाका लागि सर्वाधिक खेल  मेस्सीले पूर्व कप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोड्दै अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेले । मास्चेरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १ सय ४८ पुग्यो…
Read More