International

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ । “इस्लामिक इमिरेट्स ९तालिवान०को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,” निर्देशनात्मक सूचनामा देखिएको छ । तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिनुभयो ।अफगानिस्तानको बजारमा अमेरिकी…
Read More
कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु "एउटा ठूलो मुद्दा" भएको र चीन त्यसबाट "टाढिएको" बताएका हुन्। उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए। ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ। यो सम्मेलनका लागि विश्वका १२०…
Read More
तालिबानको आदेश–विदेशी मुद्राको प्रयोग नगर्नु, गरे कारवाही

तालिबानको आदेश–विदेशी मुद्राको प्रयोग नगर्नु, गरे कारवाही

तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । ‘कोल्याप्स’ हुने संघारमा रहेको अफगानिस्तानको अर्थतन्त्र तालिबान शासकको पछिल्लो निर्णयले थप संकटमा धकेलिने देखिएको छ । तालिबानले भनेको छ, ‘आर्थिक अवस्था र राष्ट्रिय स्वार्थ अनुसार सबै अफगानीले अफगानी मुद्रा मात्रै आफ्नो बिनिमयमा प्रयोग गर्नु पर्छ ।’ तालिबानले सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय आर्थिक सहयोग झिकेपछि अफगानिस्तानको आर्थिक अवस्था संकटमा पुगेको हो । अफगानिस्तानमा प्रमुख रुपमा अमेरिकी डलर प्रयोग हुने गरेको छ । यस्तै छिमेकी देशसँगको व्यापारका लागि समेत अमेरिकी डलर प्रयोग हुने गर्छ । विदेशी मुद्राको प्रयोग गर्नेलाई कारवाही गरिने चेतावनी तालिबानले दिएको छ।
Read More
रुसी राष्ट्रपति पुटिन रोम नजाने

रुसी राष्ट्रपति पुटिन रोम नजाने

विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएको छ राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले जानकारी दिएको छ कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नँ छ। सम्मेलनमा सहभागिता जनाउनु हुने भएको वक्तव्यमा जनाएको छ। पुटिनले भौतिक रूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । बहुचर्चित जी२० को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हने तय भएको छ । त्यसैले…
Read More
चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआनले कोरोना महामारी फैलिरहेको वर्तमान विश्वमा बालिका तथा महिलाको गुणस्तरीय शिक्षाका लागि दुईवटा सुझाव प्रस्तुत गरेकी छन् । युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत रहेकी चिनियाँ राष्ट्रपति सी चिन फिङकी श्रीमती फङले शुक्रबार बेजिडबाट सन् २०२१ संयुक्त राष्ट्रसंघ युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दै कोभिड १९ महामारीको यो अफ्ठ्यारो अवधिलाई पार लगाउन अझ धेरै शक्ति, अझ धेरै सावधानीका साथ बालिकाको निष्पक्ष तथा गुणस्तरीय शिक्षाका लागि अग्रसर हुनुपर्ने बताएकी हुन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार प्रथम महिला फङले दुईवटा सुझाव महत्वका साथ प्रस्तुत गरेकी हुन्।पहिलो, डिजिटल टेक्नोलोजीको पूर्ण प्रयोगमार्फत् उच्च गुणस्तरीय…
Read More
नासाको तस्वीरमा पञ्जाब हरियाणाको खेतको आगो

नासाको तस्वीरमा पञ्जाब हरियाणाको खेतको आगो

हरेक बर्ष जस्तै, एक पटक फेरी दिल्ली-एनसीआर एक ग्यास च्याम्बरमा रूपान्तरण गर्नको लागि सेट गरिएको छ। पञ्जाब, हरियाणा र पाकिस्तानका केही भागमा खरानी जलाउने तस्वीर देखिन थालेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भीआईआईआरएस उपग्रह चित्रणमा देखिने रातो डट्स संकेत गर्दछ, राजधानीको स्थिति गत बर्षको तुलनामा यस बर्ष बिग्रन सक्छ। वैज्ञानिकहरु र पर्यावरणविद्हरुले चेताउनी दिएका छन्, यस बर्ष उत्तरी भारतमा खेतमा आगलागी धेरै बर्षहरु भन्दा धेरै भयानक हुन सक्छ, किनकि यस क्षेत्रबाट मानसूनको फिर्ता ढिलाइ भएको छ । उनी भन्छन्, यसले राजधानीको हावालाई अझ प्रदूषित बनाउन सक्छ। नासाको आगोको नक्शाले देखाएको छ कि हरियाणा, पञ्जाब र पाकिस्तानका केही भागहरुमा खरानी जलाउन…
Read More
चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ। ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ। लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ। चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ। ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।"चीन…
Read More
प्रशंसा गरेपछि तारोमा बाइडेन

प्रशंसा गरेपछि तारोमा बाइडेन

भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी पत्रकारहरूको आलोचना गरेको थिए । उनले अमेरिकी पत्रकारहरू कयौँ पटक विदेशी नेता सामु आफ्ना मुद्धाहरुबाट विमुख हुने गरेको अभिव्यक्ति दिएका थिए यस्तै उनले भारतीय मिडिया आफ्ना मुद्धाहरुमा केन्द्रित रहेको बयान थिए। बाइडे नको यस्तो | अभिव्यक्तिप्रति अमेरिकी प्रेस जगतले चित्त दुखाएको छ । सोही कारण ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव जोन साकीले यस विषयमा चर्को प्रश्नको सामना गर्नुपयो । प्रेस स्वतन्त्रताको मामिलामा भारत १४२ स्थानमा र अमेरिका ४४ औँ स्थानमा रहेको…
Read More
अफगानिस्तानमा महिला न्यायाधीशको खोजी

अफगानिस्तानमा महिला न्यायाधीशको खोजी

अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा अधिक अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका अनेकौं गोप्य स्थानहरूबाट ६ पूर्व महिला न्यायधिशहरुले यसबारे आफ्नो मन्तव्य पोखेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ । मासूमाले आफ्नो न्यायाधीशको करियरको समय सयौं पुरुषहरूलाई | महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छन् । तर तालिबानले जब शहरमाथि कब्जा गरे तब हज्जारौं दोषी अपराधीहरूलाई जेलबाट रिहा गरियो । यस्तो अवस्थामा उनीहरुलाई हत्या गरिदिने धम्की आइरहेको…
Read More
तालिवानले अफगानिस्तान कब्जा गर्नुको कारण ट्रम्प प्रशासन : अमेरिकी अधिकारी

तालिवानले अफगानिस्तान कब्जा गर्नुको कारण ट्रम्प प्रशासन : अमेरिकी अधिकारी

अफगानिस्तानमा तालिवानले कब्जा गर्नुको कारण ट्रम्प प्रशासन र दोहामा तालिवानबीच भएको सम्झौता रहेको केही वरिष्ठ अमेरिकी अधिकारीहरुले जनाएका छन् । दोहा सम्झौता फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो। यस अन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने मिति तय गरेको थियो।अमेरिकी रक्षा अधिकारीहरूले बुधवार देशको प्रतिनिधि सभाको सशस्त्र सेवा समितिमा यी टिप्पणी गरे। अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले यस सम्झौताले अफगानिस्तान सरकार र सेनामा प्रतिकूल असर परेको बताएका छन्।अमेरिकाबाट फिर्ता हुने मिति तय गर्नुको अलावा, दोहा सम्झौताले तालिवानलाई अल–कायदा जस्ता समूहहरुमा लगाम लगाउन आवश्यक बनायो ताकि ती संगठनहरुले अमेरिका र उसका सहयोगीहरुको सुरक्षा खतरामा नपरोस्। राष्ट्रपति निर्वाचित भएपछि जो…
Read More