International

अफगानिस्तानलाई पाकिस्तानको २८ मिलियन डलर सहयोग

अफगानिस्तानलाई पाकिस्तानको २८ मिलियन डलर सहयोग

पाकिस्तानले अफगानिस्तानलाई २८ मिलियन डलरभन्दा बढीको मानवीय सहायता दिने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा पछिल्लो पटक देखिएको आर्थिक संकट टार्न सो सहयोग गर्ने घोषणा गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानले भारतबाट पाकिस्तान हुँदै अफगानिस्तानमा खाद्यान्य ढुवानी गर्ने अनुमति समेत दिएका छन् । प्रधानमन्त्री खानले अफगानिस्तानमा खाद्यान्य, चिकित्सालगायतका अन्य मानवीय सहयोगका लागि सो रकम दिएको बीबीसीमा समाचार छ। पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार सेना प्रमुख, विदेशमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहाकारको बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए ।
Read More
कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन्

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन्

राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी छन्। बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ। राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन्। ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण…
Read More
दुबईमा सिंगो टापुको मालिक हुन् शाहरुख खान, मूल्य २८ करोड डलर

दुबईमा सिंगो टापुको मालिक हुन् शाहरुख खान, मूल्य २८ करोड डलर

बलिउडका किङ खान शाहरुखको जीवनकाे कथा सबैलाई थाहा छ । लामाे समयदेखि बलिउडमा राज गर्दै आएका शाहरुख खान नाममा मात्रै राजा छैनन् । बलिउडमा आफ्नो पक्कड जमाएका अभिनेताको परिवारलाई चर्चित परिवारमा गनिन्छ । मुम्बईको आलिशान बंगला होस्, मन्नत होस् वा सबैभन्दा महँगो गाडी, किङ खानको जीवनशैली राजाभन्दा कम छैन। के तपाईँलाई थाहा छ ? मन्नत र चन्द्रमाको जमिनबाहेक दुबईमा किङ खानको एउटा पूरै टापु पनि छ । दुबई टुरिज्मका ब्राण्ड एम्बेसडर शाहरुख खानले सन् २००७ मा दुबईको पाम जुमेराहमा रहेको एउटा निजी टापु उपहार स्वरुप पाएका थिए । शाहरुख खानको दुबईमा जन्नत नामको आलिशान घर छ जुन पाम जुमेरामा अवस्थित…
Read More
चीन: पश्चिमा विश्व र आलोचकमाथि सामाजिक सञ्जालमा मिलेर खनिन्छन् राष्ट्रवादी चिनियाँ युवाहरू

चीन: पश्चिमा विश्व र आलोचकमाथि सामाजिक सञ्जालमा मिलेर खनिन्छन् राष्ट्रवादी चिनियाँ युवाहरू

हँसिलो मुद्रामा देखा पर्ने चिनियाँ ब्लगर गुयान्मुचान चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोमा आकर्षक र मैत्रीपूर्ण व्यक्तित्वसहित प्रस्तुत हुन्छिन्। ट्विटरजस्तो उक्त मञ्चमा ती युवतीका ६४ लाखभन्दा बढी प्रशंसक छन्। वेबोमा उनी समसामयिक विषयमा आफ्नो विचार र भिडिओ राख्छिन्। तर उनले गर्ने चर्को कुरा र उनको नाममा तादाम्य देखिँदैन। एउटा पोस्टमा उनले युरोपेली सङ्घ ईयू अमेरिकाको "कुकुरलाई बाँध्ने डोरीमा" भएको लेखेकी छन्। अर्को एउटा पोस्टमा अमेरिकाको टेक्ससमा बढेको कोभिड दर "गृहयुद्धको प्रमाण" भएको लेख्दै उनले "अमेरिकीहरूले जैविक युद्ध गरेर एकअर्कालाई मारिरहेको" दाबी गरेकी छन्। गुयान्मुचान चिनियाँ राष्ट्रवादसँग जोडिएर त्यहाँको सामाजिक सञ्जालमा लोकप्रिय ब्लगरहरूको एउटा नयाँ समूह 'जिगानु' की सदस्य हुन्। उक्त नामले…
Read More
अफगानिस्तान आतंकवादको सुरक्षित आश्रय हुन नदिन भारतको पहल

अफगानिस्तान आतंकवादको सुरक्षित आश्रय हुन नदिन भारतको पहल

तालिबानले कब्जा गरेको अफगानितस्तानलाई आतंकवादको सुरक्षित आश्रयस्थल बन्‍न नदिनका लागि भारतले पहल सुरु गरेको छ। भारतले बुधबार आयोजना गरेको क्षेत्रीय सुरक्षा सम्मेलनमा पनि अफगानिस्तानलाई आतंकवादको सुरक्षित आश्रयस्थल नबन्‍ने सुनिश्चितताका लागि पहल गरेका हुन्। भारतले अफगानिस्तानमा समावेशी सरकार बन्‍नुपर्नेमा पनि जोड दिएको छ । इरान, कजाकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्बेकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु भारतमा जम्मा भएका थिए। उनीहरुले अफगानिस्तानको बढ्दो सामाजिक तथा आर्थिक र मानवीय अवस्थाको विषयमा पनि छलफल गरेका छन्। यससँगै अफगानिस्तानमा तत्काल मानवीय सहायताको आवश्यकता भएको विषयमा पनि जोड दिएका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तत्काल मानवीय सहायता गर्नका लागि पनि आठ राष्ट्रहरु प्रतिबद्ध भएका छन्…
Read More
इराकी प्रधानमन्त्रीको हत्या प्रयास

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् । इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उहाँमाथी अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ । घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उहाँलाई कुनै असर नपरेको र उहाँको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उहाँलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गर्नु भएको छ ।…
Read More
कोइला खानी विस्फोटमा परी छजनाको मृत्यु

कोइला खानी विस्फोटमा परी छजनाको मृत्यु

काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ । मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए । आपतकालीन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कमजोर सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।
Read More
स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूलमा निश्चित पोशाक निर्धारण गरिएको हुन्छ तर एउटा स्कूलले स्कूले केटा विद्यार्थीहरूले स्कर्ट लगाउनुपर्ने निर्देशन दिएको छ । स्पेनमा ‘क्लोथ ह्याभ नो जेन्डर’ अभियान चलिरहेका बेला एडिनबर्गको क्यासलव्यू निजी स्कूलले छात्रछात्रा दुवैलाई स्कर्ट लगाउन निर्देशन दिएको हो । पोशाकमा लैंगिक समानता कायम गर्न स्कूलले स्कर्ट लगाउन निर्देशन दिएको एडिनबर्ग लाइभले जनाएको छ ।  स्कूलका पुरुष र महिला शिक्षकले समेत स्कर्ट लगाउने समाचारमा उल्लेख छ ।
Read More
ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानलाई स्वतन्त्र बनाउनका लागि पैरवी गर्नेहरूलाई सजाय दिने घोषणा चीनको स्टेट काउन्सिलको ताइवान अफेयर्स अफिसले शुक्रवार दिएको छ । त्यस्ता पृथक्तावादीहरूलाई प्रतिबन्ध लगाउने, तिनको परिवारलाई चिनियाँ मुख्यभूमि, हङकङ र मकाउमा प्रवेश गर्न रोक लगाउने अनि चिनियाँ मुख्यभूमिमा तिनीहरूलाई व्यापार गर्न नदिने निर्णय पनि लिइएको छ ।  ताइवान पृथक्तावादीहरूलाई फौजदारी कारवाही गर्ने र त्यस्तो कारवाही जीवनपर्यन्त लागू रहने बताइएको छ ।  ताइवान कार्यकारी प्राधिकरणका प्रमुख सू त्सिङ–त्स्योङ, वैदेशिक मामिला प्रमुख जोसेफ वु र संसदीय निकाय प्रमुख यू सि–कुन कालोसूचीमा राखिएका छन् । 
Read More
इरान परमाणु सम्झौता: वार्ता केही सातामा हुँदै

इरान परमाणु सम्झौता: वार्ता केही सातामा हुँदै

इरान र अन्य छ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ। इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका हुन्। इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताहरू रोकिएका थिए। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो तर वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ। बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ। उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित…
Read More