International

ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित

ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्।   उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ।  भिटोरिया-दा- कनक्विस्टाको भेररूगा नदीमा बनेको इगुवा बाँध शनिबार राति भत्किएको थियो। बाँध फुटेपछि स्थानीयहरूको स्थानान्तरण गर्नु परेको थियो।  भिटोरिया-दा-कनक्विस्टाका मेयर शिइला लिमोसले इगुवा बाँध नजिकैका बासिन्दाहरूलाई त्यो ठाउँबाट हटाइसकेको बताए। बाढी पसेपछि बिआर-११६ राजमार्ग पनि अवरूद्ध भएको थियो।  त्यो ठाउँबाट १०० किलोमिटर उत्तरमा जुस्सियापेमा रहेको अर्को बाँध पनि भत्किएको छ। त्यो बाँध भने आइतबार बिहान भत्किएको हो।  बाँध, सडक,…
Read More
अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन : शेर माेहम्मद अब्बास

अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन : शेर माेहम्मद अब्बास

तालिबान सरकारका विदेशी राजनीतिक मामिलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आइतबार एक सभामा अफगानिस्तान एक स्वतन्त्र देश भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् । उनले भने, ‘दुश्मनले यो सोच्न हुँदैन कि अफगानिस्तान ४० वर्षको युद्धबाट कमजोर भएको छ । आवश्यक पर्यो भने हामीसँग अझै ४० वर्ष लड्ने क्षमता छ। बितेको चार दशकपछि अफगानिस्तानले स्वतन्त्र रूपमा आफ्नो निर्णय आफै लिन पाएको पनि बताए । उनले अफगानी नागरिकले आर्थिक समस्याका कारण सयौँले दिनहुँ देश छाडेको स्वीकार्दै छिमेकी देशसँग शरणार्थीहरूका लागि सीमा खोल्न तथा भिसाको नियम लागू गर्न पनि अनुरोध गरेका छन् । अफगानिस्तानमा…
Read More
बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत- बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत - बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन् । तिनले भने, हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास र रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ। यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, राष्ट्रपति रामनाथ कोविन्दले ढाकामा विजय दिवसको उत्सवमा…
Read More
चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

सर्वोच्च अदालतले चार धाम परियोजनालाई स्वीकृति दिएको छ। केन्द्र सरकारले यस परियोजनामार्फत सडकहरूलाई १० मिटरसम्म चौडा बनाउन खोजेको छ सबै मौसममा चल्ने राजमार्ग परियोजना र डबल लेन राजमार्ग बनाउनका लागि केन्द्र सरकारले अनुमति पाएको छ। चारधाम परियोजना अन्तर्गत चीन सीमामा सजिलै पुग्न भारतीय सेनालाई सहज हुनेछ र जुनसुकै मौसममा पनि सेना त्यहाँ पुग्न सक्नेछ । अदालतले मुद्दाको सुनुवाइ गर्दै राजमार्ग बनाउनका लागि सडकको चौडाइ बढाउनुमा रक्षा मन्त्रालयको कुनै दुर्भावना नरहेको बतायो । लगभग १२ हजार करोड रुपियाँको राजमार्ग विस्तार परियोजनाको परिकल्पना सन् २०१६ परियोजनाको परिकल्पना सन् २०१६ मा गरिएको थियो । त्यसअन्तर्गत उत्तराखण्डका चार प्रमुख मन्दिरहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री र…
Read More
४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

प्रधानमन्त्री नरेन्द्र मोदी चाँडै कुवेत जाने भएका छन् विशेष कुरा के छ भने विगत ४० वर्षमा कुनै पनि देशका प्रधानमन्त्रीको कुवेत भ्रमण यो पहिलो हुनेछ प्रधानमन्त्री मोदीको कुवेत भ्रमणको यो योजना पश्चिम एशियाका देशहरूसँगको सम्बन्धलाई दह्रो बनाउने र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुयाउने रणनीतिक हिस्सा भएको बताएको छ। स्मरण रहोस्, कुवेत तेलको क्षेत्रमा धनी देश हो र भारतमा तेल आपूर्तिको एक महत्त्वपूर्ण स्रोत पनि हो । यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले कुवेतका निवेशकर्तालाई भारत आउन निमन्त्रणा दिन सक्ने र यसका साथै कुवेतसँग रक्षा सहकार्य बढाउने प्रयास गर्ने बताएको छ। केही मिडिया रिपोर्टमा भनिएको छ कि पीएम मोदी जनवरीको पहिलो सातामा…
Read More
तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले उनीहरुलाई बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद

तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले उनीहरुलाई बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् ।​ हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’ ‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएका थिए र तत्कालीन सरकारलाई सत्ताबाट हटाइदिएको थियो । तालिबान लडाकूले एकएक गरी काबुल आसपासका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो र उनीहरु राजधानी बाहिर आएर बसेका थिए । त्यतिबेला तालिबान लडाकू…
Read More
भारतमा १०७५६ विदेशी कम्पनी दर्ता

भारतमा १०७५६ विदेशी कम्पनी दर्ता

सन् २०१४ देखि नोभेम्बर २०१२ सम्ममा भारतमा १०७५६ विदेशी कम्पनीहरूले दर्ता गरेका छन् । यस अवधिमा २ हजार ७ सय ८३ कम्पनीले कारोबार बन्द गरेका छन् । विहीबार केन्द्र सरकारले लोकसभामा जानकारी दिएको छ । वाणिज्य तथा उद्योग मन्त्री अनुराग ठाकुरले लोकसभामा लिखित जवाफमा नयाँ विदेशी कम्पनीले सम्पर्क, शाखा कार्यालय, आयोजना कार्यालय र तिनका सहायक कम्पनीमा दर्ता भएको जानकारी दिएका हुन। कम्पनीहरूले आफ्नो व्यवसाय बन्द गरेका छन् यसको मुख्य कारण आयोजनाको निर्माण, पुनर्संरचना वा मर्जर नै रहेको उल्लेख गरिएको छ । व्यवस्थापनको निर्णयका कारण धेरै कम्पनीले भारतमा आफ्नो कारोबार बन्द गरेका छन् । दिसम्बर ३० सम्म देशमा १२ हजार ४५८…
Read More
भारत र पाकिस्तानको भविष्य आपसमा जोड़िएको छ : इमरान खान

भारत र पाकिस्तानको भविष्य आपसमा जोड़िएको छ : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो देश कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित 'शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र चीनबीच जारी मतभेद कम गर्न चाहेको पनि उनको भनाइ थियो ‘अवस्था नयाँ शीतयुद्धतर्फ अग्रसर देखिन्छ र ध्रुवहरू बनिरहेका छन्', खानले भने, 'पाकिस्तानले यस्ता ध्रुव गठन रोक्ने प्रयास गर्नुपर्छ किनभने हामीहरू कुनै पनि ध्रुवको अंग बन्नु हुन्न । यसअघि अमेरिका र रुसी महासंघबीचको शीतयुद्धबाट विश्वले धेरै क्षति व्यहोरेका कारण संभावित नयाँ…
Read More
बाइडेनको कदमले ‘तेल युद्ध’ निम्त्याउँदैछ ?

बाइडेनको कदमले ‘तेल युद्ध’ निम्त्याउँदैछ ?

बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न अमेरिकाले भूमिगत गुफा (पेट्रोलियम भण्डारण कक्ष) बाट पाँच करोड ब्यारल तेल निकाल्ने निर्णय गरिसकेको छ । तर, जो बाइडेनले यससम्बन्धी निर्णय गरेसँगै पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) सँग अमेरिकाको तनाव बढ्ने देखिएको छ । बाइडेनको कदमले आपेक प्लस देशलाई एकसाथ तनाव दिँदैछ । अमेरिकाले सञ्चित तेल भण्डार प्रयोग गर्ने खबर पाउनासाथ ओपेक प्लस देशले यसलाई ‘अनावश्यक कदम’ संज्ञा दिएका थिए । कच्चा तेल धेरै खपत गर्ने देशले रणनीतिक तेल भण्डार उपयोग गरेमा आफ्ना सदस्य देशले पनि आवश्यक कदम चाल्ने ओपेक प्लसले चेतावनी दिइसकेको छ । नागरिकलाई राहत दिन भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले मंगलबार…
Read More
क्रिप्टोकरेन्सीः भारतमा प्रतिबन्ध लगाउन कानुन ल्याउने सरकारको तयारी

क्रिप्टोकरेन्सीः भारतमा प्रतिबन्ध लगाउन कानुन ल्याउने सरकारको तयारी

भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत् अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने योजना अघि बढ्ने भएको छ। भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो। नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन्। विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ। क्रिप्टोकरेन्सीबारे विधेयक सरकारी जानकारीअनुसार संसद्को हिउँदे अधिवेशनमा 'क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी' विधेयक प्रस्तुत हुनेछ। सो कानुनले केन्द्रीय ब्याङ्कले सरकारी डिजिटल मुद्रा विकास गर्नका लागि आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। ज्यानुअरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा थियो। हालैका…
Read More