18
Sep
भारतको संयुक्त किसान मोर्चाले यही सेप्टेम्बर २७ का दिन भारत बन्दको आव्हान गरेको छ । केन्द्र सरकारले ल्याएको तीन कृषि कानूनको विरोध जनाउँदै मोर्चाले भारत बन्दको आव्हान गरेको हो । भारत बन्द र प्रदर्शन शान्तिपूर्ण हुने मोर्चाले जनाएको छ । सर्वसाधरणलाई असुविधा नहुने गरे बन्द गरिने मोर्चाले बताएको छ । ‘संयुक्त किसान मोर्चाले समाजका सबै किसान वर्गको साथमा उभिन र बन्दको प्रचार गर्न अपिल गरेको छ, ताकि जनतामा पर्नसक्ने असुविधा कम हुन्,’ समाचार एजेन्सी पिटीआईले समाचार लेखेको छ । भारत बन्दको दिन केन्द्र तथा राज्य सरकारका कार्यालय, बजार, पसल, कारखाना, विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरुमा काम गर्न अनुमति नदिइने…
