India

४८ वर्ष पुगिन् ऐश्‍वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

४८ वर्ष पुगिन् ऐश्‍वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् । कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन्…
Read More
शाहरूखका छोरा बसेको जेललाई किन मानिन्छ भारतकै खतरनाक?

शाहरूखका छोरा बसेको जेललाई किन मानिन्छ भारतकै खतरनाक?

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान भर्खरै जेलबाट जमानतमा छुटेका छन्। लागुपदार्थमा मुद्दामा पक्राउ परेका उनी मुम्बईको आर्थर रोड जेलमा बीस दिन बसे। सुपरस्टारका सन्तानसँग जोडिएको हरेक कुरा चर्चामा आउँछ भनेजस्तै अहिले यो जेलको पनि खुबै भइरहेको छ। तर आर्थर जेलको चर्चा अहिले आर्यनका कारण मात्र भएको होइन। यो जेल आफैंमा भारतको एकदमै चर्चित जेल हो। यो जेलको हावा कयौं कलाकार, अन्डरवर्ल्डका डन, राजनीतिज्ञ, उद्योगपति, आइपीएस अधिकारी जस्ता 'हाइ-प्रोफाइल' व्यक्तिहरूले खाइसकेका छन्। यसैकारण पनि यसको चर्चा धेरै नै हुने गर्छ। यो जेलको नाम सन् १८४२ देखि १८४६ सम्म मुम्बई (त्यो बेला बम्बई) का गभर्नर रहेका सर जर्ज आर्थर नाममा राखिएको हो। यो…
Read More
भारतीय जलसेनामा राखियो मिसाइल डिस्ट्रोयर, चीनसँगको तनावमा भारतको आत्मबल उच्च

भारतीय जलसेनामा राखियो मिसाइल डिस्ट्रोयर, चीनसँगको तनावमा भारतको आत्मबल उच्च

भारतीय जलसेनाले पहिलोपटक पीबी१५ स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर राखेको छ ।यस युद्धपोतमा भारतको शक्तिशाली ब्राह्मोस र बराक मिसाइलहरू राखिएको छ । यसले शत्रुको जहाज देख्नेबित्तिकै आफ्नो डेकबाट एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न सक्छ ।  यस डिस्ट्रोयरलाई आईएनएस विशाखपट्नम नाम दिइएको छ । यसलाई मझगाँव डक शिपबिल्डर्सले बनाएको हो । यसले भारतीय जलसेनाको शक्ति बढाउने मात्र नभई भारतलाई आत्मनिर्भर पनि बनाउने विश्लेषण गरिएको छ । यस युद्धपोतको तौल ७४ सय टन छ । यसको लम्बाइ ५३५ फीट छ । यसलाई ट्विन जोर्या एम३६ई ग्यास टर्बाइन प्लान्ट र बर्जेन केभीएम डीजेल इन्जिन जस्ता शक्तिशाली इन्जिनले चलाउँछ । समुद्रमा यो द्रुत गतिमा जान…
Read More
बलिउडमा डेब्यु गर्दै डेनी डेन्जोङ्पाका छोरा

बलिउडमा डेब्यु गर्दै डेनी डेन्जोङ्पाका छोरा

नेपाली मूलका भारतीय अभिनेता डेनी डेन्जोङ्पाका छोरा रिनजिङ डेन्जोङ्पा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ ।  फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् । उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ,’ डेनीले भने ।  राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको…
Read More
आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला,

आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला,

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन् । आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान हुँदैछन् । शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि लगातार तयारी गर्र्दैछन् । उनले छोराको स्वागतका लागि घर सजाएका छन् । शाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ । उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन् । शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन् । शाहरुख खानको बंगलाको सजावट जारी नै छ । झिलीमिली बत्ती छतदेखि नै लगाइरहेको देख्न सकिन्छ । छोरा पक्राउ परेदेखि अत्यधिक तनावमा रहेकी गौरी खान छोरालाई घरमा नै प्रतीक्षा गरिरहेकी…
Read More
भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड

भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड

पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ । तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो । टी २० विश्वकपमा दुई टिमबीच दुईपटक प्रतिस्पर्धा भएको छ र दुबै पटक न्युजिल्यान्ड विजयी भएको छ ।  २००७ को टी २० विश्वकपमा न्युजिल्यान्डले भारतलाई…
Read More
चर्चित अभिनेता पुनीत राजकुमारको निधन

चर्चित अभिनेता पुनीत राजकुमारको निधन

साउथ स्टार पुनीत राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनीतको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार बिहान जिम क्लबमा जिम गर्दागर्दै उनलाई एक्कासि हृदयघात भएको बताइएको छ । हृदयघातपछि उनलाई बैंग्लोरको विक्रम अस्पताल भर्ना गरिएको थियो बालकलाकारका रूपमा करिअर सुरु गरेका पुनीतले झण्डै १२ फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरेका छन् । पछि उनी कन्नड फिल्ममा सबैभन्दा महँगा अभिनेता बनेका थिए ।  पुनीत कन्नड फिल्मका सुपरस्टार डा. राजकुमारका छोरा हुन् । उनको निधनका कारण साउथ इण्डियन फिल्म इण्डस्ट्री शोकाकुल बनेको छ । 
Read More
आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी

आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन बिहीबार जमानतमा रिहा भएका छन्। बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको हो। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए। आर्यन छुटेकै साँझ उनको पक्षमा लडेका वकिलहरूको टोलीसँग शाहरूख खानको सामूहिक तस्बिर सार्वजनिक भएको छ। एउटा फोटोमा शाहरूख वकिलहरूसँग उभिएर मुस्कुराएर पोज दिएका छन्। फोटोमा उनकी म्यानेजर पूजा डडलानी पनि देखिएकी छन्। अर्को फोटोमा शाहरूख वकिलहरूको टोलीका साथै अरू केहीसँग देखिएका छन्।  वकिल सतिश मनेशिन्डे…
Read More
आर्यन खान ड्रग्स प्रकरणका चर्चित व्यक्ति पक्राउ

आर्यन खान ड्रग्स प्रकरणका चर्चित व्यक्ति पक्राउ

आर्यन खान प्रकरणका चर्चित व्यक्ति किरण गोसावी पक्राउ परेका छन्। किरणलाई पुणेबाट पक्राउ प्रहरीले पक्राउ गरेको हो। किरण गोसावी मुम्बई क्रुज प्रकरणमा साक्षी बनाएपछि फरार थिए।  आर्यन खानसँगको पहिलो सेल्फी भाइरल भएपछि गोसावी चर्चामा आएका थिए। यसपछि आर्यनसँग किरणको केही भिडिओ पनि निकै भाइरल बनेको छ जसमा किरणले आर्यनलाई मोबाइलमा केही भन्न आग्रह गरिरहेका छन्। किरणका अंगरक्षक प्रभाकर सालले किरणसँग करोडौंको कारोबार गरेको आरोप लगाएका थिए। किरण विरुद्ध ठगीका धेरै मुद्दा दर्ता छन् र ती मध्ये एक मुद्दामा किरणलाई पुणे प्रहरीले पक्राउ गरेको छ। किरण सन् २०१८ को ठगी मुद्दामा पक्राउ परेका थिए। यस गिरफ्तारीलाई पुणे प्रहरीले पनि पुष्टि गरेको…
Read More
आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

टी२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरूविरुद्ध "शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद" को अभियोग लगाइएको छ। आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ। टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ। आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्। फाइनल खेल…
Read More