11
Apr
हिन्दूहरूको पर्व रामनवमीको अवसरमा आइतबार गुजरात, मध्य प्रदेश, झारखण्ड र पश्चिम बंगालका केही भागमा साम्प्रदायिक झडप भएको थियो। गुजरातको खम्भात सहरमा रामनवमीको जुलुसमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । यसैबीच, मध्य प्रदेशको खरगोन सहरमा राम नवमीको जुलुसमा आगजनी र ढुङ्गा हानेको घटनापछि धारा 144 लगाइएको थियो। यस्तै झडप झारखण्ड र पश्चिम बंगालका केही भागहरूमा पनि भएको थियो। गुजरातखम्भातमा रामनवमीको जात्रामा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । केही पसलमा पनि आगजनी भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । "आज दिउँसो रामनवमीको जात्रामा दुई समुहबीच…
