07
Jul
भारतको केन्द्र सरकारले कोरोना भाइरसको तेस्रो लहर आउने चिन्ताका बीच जुलाईमा नयाँ आर्थिक प्याकेज घोषणा गर्न लागेको हो। सीएनबीसी टिभी-१८ का अनुसार सरकारले नागरिकहरूको आर्थिक समृद्धिका लागि नयाँ आर्थिक प्याकेज घोषणा गर्न लागेको हो। दुई ठुला सहरहरूमा स्वास्थ्य पूर्वाधारको विकास योजनासहित आपत्कालीन क्रेडिट लाइन ग्यारेन्टी स्किमका लागि साढे चार लाख करोड रकम छुट्टाइने भएको छ। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले पनि ३१ हजार करोड रकम विनियोजन गरिसकेको छ। कोरोना महामारीका कारण थला परेको वित्तीय क्षेत्रलाई पुनरुत्थान लागि सरकारले उक्त रकम विनियोजन गरेको हो । अर्थ मन्त्रालयका मुख्य आर्थिक सल्लाहकार सञ्जीव सल्यानले कोरोना महामारीको ६ हप्ताको तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक समृद्धिका लागि अघि…