25
May
उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए। साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए। स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्। तर सोमवार उनले केही रोगहरूको उपचार गर्न नसक्ने भन्दै पुनः आधुनिक चिकित्साको आलोचना गरेका छन्। एलोप्याथी समेत भनिने आधुनिक चिकित्सा भारतीय चिकित्सा प्रणालीको मेरुदण्ड हो। तर त्यहाँ आयुर्वेद र होमियोप्याथीजस्ता चिकित्सा पद्धतिहरू पनि निकै लोकप्रिय छन्। रामदेवजस्तै धेरै गुरुहरूले जडीबुटी औषधिहरू र उत्पादनहरूको आडमा सफल व्यापार गरेका छन्। परम्परागत प्रणालीको प्रवर्द्धनका लागि भारतमा आयुर्वेद, योग र प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी मन्त्रालय पनि छ। एलोप्याथी…
