01
Aug
राज्यमा केही दिनदेखि कोरोनाको पोजिटिविटी दरमा वृद्धि भइरहेको कुरालाई ध्यानमा राख्दै २८ जुलाईको दिन स्वास्थ् एवं परिवार कल्याण मन्त्रालयद्वारा कोविड- १९ बारे जारी आदेशलाई अनुशरण गर्दै राज्य सरकारले ९ अगस्तसम्मको निम्ति नयाँ आदेश जारी गरेको छ । राज्यको गृह विभागीय प्रधान सचिव आर तेलाडद्वारा शुक्रवार कोरोनाबारे नयाँ आदेश जारी गरिएको छ जारी आदेश राज्यमा तत्काल प्रभावमा आएको छ भने यो ९ अगस्त बिहान ६ बजीसम्म लागू हुनेछ । गृह विभागद्वारा जारी आदेशअनुसार, कोरोनाको दुवै खुराक खोप लगाएको सम्बन्धित कागज पत्र पेश गर्ने सबै वर्गका व्यक्तिलाई रम्फू अनि मल्ली प्रवेशद्वारबाट राज्य प्रवेशमा अनुमति दिइनेछ । सेना अनि सुरक्षाकर्मीहरू, आधिकारिक भ्रमणमा अथवा…
