Health

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन । यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ संक्रमित भएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल संक्रमितमध्ये…
Read More
कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई डब्लूएचओद्वारा अनुमति

कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई डब्लूएचओद्वारा अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा थप दुई ओटा औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब- इमडेभिमाबलाई संक्रमितहरुको उपचारमा प्रयोग गर्न हालै अनुमति दिएको हो । डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुका अनुसार बाथ रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने छ । चिकित्सकहरुले उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरासमेत नियन्त्रण गर्ने दावी गरेका छन् । उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो । दुवै औषधिलाई एकैपटक सेवन गर्न भने नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।
Read More
भारतमा एकै दिन २ लाख ६४ हजार नयाँ संक्रमित

भारतमा एकै दिन २ लाख ६४ हजार नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार मानिस कोरोना भाइरस संक्रमित भएका छन्। यसमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या ५ हजार ७ सय ५३ संक्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयको अनुसार ३ सय १५ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख ९ हजार ३ सय ४५ रहेको छ। संक्रमणको दर भने १४ दशमलव ७८ प्रतिशत रहेको छ। भारतमा कोरोनाको संक्रमण तिव्र रुपमा भईरहेको छ। सरकारले यसको प्रभाव रोक्न खोप कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ। दिनमा ७३ लाख भन्दा धेरै मानिसलाई खोप लगाइरहेको र हालसम्म भारतका १ अरब ५५ करोड जनसंख्यालाई…
Read More
भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका संक्रमितरहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ।   भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन्। गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ।  सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण…
Read More
लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण उनलाई मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भर्ना गरिएको थियो। यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो।
Read More
राम्रो स्वास्थ्य को लागी बादाम

राम्रो स्वास्थ्य को लागी बादाम

मकर संक्रान्ति जाडोको अन्त्य र नयाँ फसलको सिजनको सुरुवात हो। सबै चाडपर्वहरू र उत्सवहरू जस्तै, देश भरका मानिसहरू यस समयमा विभिन्न प्रकारका खानाहरू, परम्परागत मिठाइहरू र स्वादिष्ठहरूमा लिप्त हुन्छन्। तसर्थ, यो सिजनको सुरुवात दाहिने खुट्टामा अस्वास्थ्यकर भुटेको खानेकुरा र मिठाइहरू कम गरेर, र यसको सट्टा एक मुट्ठीभर काँचो, स्वादयुक्त वा नुन पारेको बदाम खानुहोस्।
Read More
भारतमा एकैदिन थपिए कोरोनाका १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित

भारतमा एकैदिन थपिए कोरोनाका १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा भारतमा १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो २४ घण्टामा भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए। कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै दैनिक नयाँ संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको संक्रमणदर पनि ११.०५ प्रतिशत रहेको देखिएको छ। सो अवधिमा ४४२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ हजार ८६८ जनामा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ। 
Read More
भारतले सुरु गर्‍यो ‘बुस्टर डोज’ अभियान

भारतले सुरु गर्‍यो ‘बुस्टर डोज’ अभियान

तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी उमेर समूहका जटिल रोगीलाई खोपको बुस्टर डोज दिन सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । पछिल्ला दिनहरूमा भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट बढिरहेको अधिकारीहरूले जनाएका छन् । विभिन्न देशमा गरिएका अध्ययनमा खोपको बुस्टर डोज लगाएकाहरूमा ओमिक्रोन संक्रमणले न्यून असर पुर्‍याउने देखिएको छ । कोभिडका भेरिएन्टमध्ये सबैभन्दा बढी संक्रामक ओमिक्रोन गत नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको थियो । त्यसयता यो विश्वका सयभन्दा बढी देशमा पुष्टि भइसकेको छ । जसका कारण अधिकांश देशले बुस्टर डोज…
Read More
कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

देशमा तीव्र गतिले बढिरहेको कोरोना भाइरसको संक्रमणमाझ नै प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार मन्त्री र अधिकारीहरूसँग आपतकालीन बैठक गरे। भीडियो कन्फ्रेन्समार्फत गरिएको बैठकमा ओम क्रिोनको बढ्दो संक्रमणमाझ देशमा कोभिड- १९ महामारीको स्थितिको सम दीक्षा गरियो । बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डविया, क्याबिनेट सचिव राजीव गाबा, गृह सचिव अजय भल्ला, स्वास्थ्य सचिव राजेश भूषण, आईसीएम आरका शीर्ष अधिकारीहरू सामेल भए। प्राप्त जानकारीअनुसार बैठकमा कोरोना स्थितिको समीक्षा गरिनसाथै सोमवार देशका सबै राज्यका स्वास्थ्यम न्त्रीसँग केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डवीयको बैठक आयोजना गर्ने निर्णय लिइयो। सोमवारको बैठकमा प्रत्येक राज्यको कोरोना परिस्थितिबारे चर्चा हुनेछ । प्रधानमन्त्रीले देशमा ओमीक्रोन भेरिएण्टले गर्दा…
Read More
भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा तीव्र गतिमा संक्रमण फैलिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। भारतमा आइतबार एकै दिन एक लाख ७९ हजार ७२३ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै १४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर सात लाख २३ हजार ६१९ पुगेको छ। दैनिक संक्रमणदर पनि बढेर १३.२९ प्रतिशत पुगेको छ। हाल भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या चार हजार ३३ पुगेको छ।
Read More