Covid19

भारतले सुरु गर्‍यो ‘बुस्टर डोज’ अभियान

भारतले सुरु गर्‍यो ‘बुस्टर डोज’ अभियान

तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी उमेर समूहका जटिल रोगीलाई खोपको बुस्टर डोज दिन सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । पछिल्ला दिनहरूमा भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट बढिरहेको अधिकारीहरूले जनाएका छन् । विभिन्न देशमा गरिएका अध्ययनमा खोपको बुस्टर डोज लगाएकाहरूमा ओमिक्रोन संक्रमणले न्यून असर पुर्‍याउने देखिएको छ । कोभिडका भेरिएन्टमध्ये सबैभन्दा बढी संक्रामक ओमिक्रोन गत नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको थियो । त्यसयता यो विश्वका सयभन्दा बढी देशमा पुष्टि भइसकेको छ । जसका कारण अधिकांश देशले बुस्टर डोज…
Read More
कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

देशमा तीव्र गतिले बढिरहेको कोरोना भाइरसको संक्रमणमाझ नै प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार मन्त्री र अधिकारीहरूसँग आपतकालीन बैठक गरे। भीडियो कन्फ्रेन्समार्फत गरिएको बैठकमा ओम क्रिोनको बढ्दो संक्रमणमाझ देशमा कोभिड- १९ महामारीको स्थितिको सम दीक्षा गरियो । बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डविया, क्याबिनेट सचिव राजीव गाबा, गृह सचिव अजय भल्ला, स्वास्थ्य सचिव राजेश भूषण, आईसीएम आरका शीर्ष अधिकारीहरू सामेल भए। प्राप्त जानकारीअनुसार बैठकमा कोरोना स्थितिको समीक्षा गरिनसाथै सोमवार देशका सबै राज्यका स्वास्थ्यम न्त्रीसँग केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डवीयको बैठक आयोजना गर्ने निर्णय लिइयो। सोमवारको बैठकमा प्रत्येक राज्यको कोरोना परिस्थितिबारे चर्चा हुनेछ । प्रधानमन्त्रीले देशमा ओमीक्रोन भेरिएण्टले गर्दा…
Read More
भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा तीव्र गतिमा संक्रमण फैलिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। भारतमा आइतबार एकै दिन एक लाख ७९ हजार ७२३ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै १४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर सात लाख २३ हजार ६१९ पुगेको छ। दैनिक संक्रमणदर पनि बढेर १३.२९ प्रतिशत पुगेको छ। हाल भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या चार हजार ३३ पुगेको छ।
Read More
३० लाखसम्म नयाँ केस आउनेछ: नोमुरा

३० लाखसम्म नयाँ केस आउनेछ: नोमुरा

देशमा कोरोना भाइरसको तेस्रो लहरले दस्तक दिएको छ र हिजोको तुलनामा दैनिक ४० प्रतिशतभन्दा अधिक केस दर्ता भइरहेका छन्। तर वित्तीय सेवा फर्म नोमुराको अनुमान डरलाग्दो छ। अमेरिकी प्रवृत्तिलाई तुलना गर्दै फर्मले भारतमा पनि यस्तै प्रवृत्ति देखिएमा हरेक दिन ३० लाखसम्म नयाँ केस आउन सक्ने बताएको छ । यस्तो भयो भने देशको स्वास्थ्य पूर्वाधारमा ठूलो दबाउ पर्ने अवस्था आउनेछ । यदि डी. अफ्रिकाजस्तै चलन रह्यो भने दैनिक नयाँ संक्रमितको संख्या ७ लाख ४० हजारसम्म पुग्न सक्छ आईआईटी कानपुरका प्रोफेसर महेन्द्र अग्रवालले पनि आफ्नो अनुमानमा चरम समयमा देशमा ४ देखि ८ लाख नयाँ केस आउने बताएका छन् । नोमुराले अहिलेको अवस्थामा…
Read More
ओमीक्रोनको बढ्दो मामिलामा केन्द्र गम्भीर

ओमीक्रोनको बढ्दो मामिलामा केन्द्र गम्भीर

जनवरी देशमा कोरोनाको प्रकोप बढेको छ स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर १ लाख १७ हजार १ सय नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाको सकारात्मकता दर पनि ७.७४ प्रतिशत पुगेको छ । देशमा कोरोना संक्रमितको संख्या ३ लाख ७१ हजार ३ सय ६३ पुगेको छ।यी सबै आशंकाहरूलाई ध्यानमा राख्दै, केन्द्र सरकारले राज्यहरूलाई यस पटक अस्पतालहरूमा अक्सिजनको अभाव नहोस् भनेर सुनिश्चित गर्न भनेको छ । शुक्रबार केन्द्रले भनेको छ, स्वास्थ्य केन्द्रहरूमा सबै अक्सिजन उपकरणहरू ठीकसँग काम गरिरहेका छन् र कुनै पनि आपतकालिन अवस्थामा प्रयोगको लागि तयार छन् भन्ने सुनिश्चित गर्नु राज्यहरूको प्राथमिक जिम्मेवारी हो । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले शुक्रबार…
Read More
कोरोना परीक्षण किट वितरणका लागि ५० मिलियन बढि अमेरिकी डलरको ठेक्का प्रदान

कोरोना परीक्षण किट वितरणका लागि ५० मिलियन बढि अमेरिकी डलरको ठेक्का प्रदान

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ ।  उनले भने, 'होइन, मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ रहने छैन । हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौं जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस् ।' बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण कोरोनाभाइरसको गम्भीर बृद्धिको बीचमा आएको हो…
Read More
दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोना भाइरससँग लड्नुपर्दाको अनुभव सुनाएकी छन्। अभिनेत्री पादुकोण कोरोना संक्रमण भएर हालै निको भएकी हुन्। यसै विषयमा एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै नराम्रो रह्यो। कोरोनाका कारण मेरो सौन्दर्य पनि बिग्रिएको थियो। त्यो मेरो र परिवारका लागि धेरै कठिन समय थियो।  कोरोनाको दोस्रो लहरमा अभिनेत्री दीपिकासँगै उनकी बहिनी र आमा–बुवासमेत संक्रमणमा परेका थिए।  ‘पहिलो लकडाउनले बाँच्न सिकायो’ अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘पहिलो लकडाउन एकदमै फरक थियो, किनभने हामी सबैले यो कस्तो प्रकारको भाइरस हो, हामी लकडाउनमा कसरी बाँच्ने र कसरी जीवन जिउने भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका थियौं। हामी त्यहीअनुसार आफ्नो जीवनशैली परिवर्तन गरिरहेका थियौं।…
Read More
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेको छ। भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म २७ प्रदेश राज्यमा ओमिक्रोन फेला परेको छ।  सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन पाइएको छ भने त्यसपछि दिल्लीमा ५१३ जनामा संक्रमण फेला परेको छ। छ। 
Read More
कोविसेल्फ टेस्ट किटको माग बढेको छ

कोविसेल्फ टेस्ट किटको माग बढेको छ

मायलैब द्वारा भारतको पहिलो स्व-परीक्षण एन्टिजेन परीक्षण किट कोविसेल्फ को माग पछिल्ला केही हप्ताहरूमा मागमा अचानक उछाल देखियो। यो एक सहज, प्रयोग गर्न सजिलो र सटीक परीक्षण विधि हो र यसले ओमिक्रोन लगायत कोरोनाभाइरसका प्रमुख भेरियन्टहरू पत्ता लगाउन सक्छ।
Read More
भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ। भारतमा सोमबारदेखि १५ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको खोप दिइने भएको छ । यसका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।
Read More