17
Jan
भारतीय पूर्व पेशेवर टेनिस खेलाडी सानिया मिर्जा र उनका श्रीमान् पाकिस्तानी क्रिकेटर शोएब मलिकको सम्बन्धविच्छेदको हल्ला लामो समयदेखि चर्चामा छ । सामाजिक सञ्जालमा सक्रिय सदस्य र आफ्ना फ्यान र फलोअर्ससँग साना–साना कुरा सेयर गर्न मन पराउने सानियाले आफ्नो इन्स्टा अकाउन्टबाट शोएब मलिकका सबै तस्विर हटाएकी छिन् । यो कदमले फेरि उनीहरूबीचको सम्बन्धविच्छेदको बलियो अनुमान दिन्छ। क्रिकेटर शोएब मलिकले पनि आफ्नो इन्स्टाग्राम बायोबाट सानिया मिर्जासँग विवाह गरेको उल्लेख हटाएका छन् । जबकि यी अफवाहहरू अघि आफ्नो बायोमा उनले आफ्नी श्रीमतीलाई सुपरवुमनको पतिको रूपमा उल्लेख गरेका थिए। सम्बन्ध विच्छेदको चलिरहेको हल्लाको बीचमा शोएबलाई यसबारे सोधिएको थियो, जसमा उनले भने, ‘खबरे चल रही…
