Entertainment

‘आरआरआर’को हिन्दी भर्सनमा रामचरण र जुनियर एनटीआरकै आवाज

‘आरआरआर’को हिन्दी भर्सनमा रामचरण र जुनियर एनटीआरकै आवाज

बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’को हिन्दी भर्सनमा पनि मुख्य कलाकार रामचरण र जुनियर एनटीआरकै आवाज सुन्न पाइने भएको छ । निर्देशक एसएस राजमौली भन्छन्, “हिन्दी भाषाका दर्शकका लागि यो एउटा ट्रिट हो । किनभने, पहिलोपटक उनीहरूले आफ्नै आवाजमा डब गराएका छन् । उनीहरूले सही शब्दावली उच्चारणका लागि धेरै हदसम्म प्रयास गरेका छन् ।” उनका अनुसार रामचरण र जुनियर एनटीआर दुवैलाई सेट र घरमा पनि हिन्दी सिकाउने गुरुको व्यवस्था गरिएको थियो । चलचित्र तेलुगु, हिन्दी, कन्नाडालगायत थुप्रै भाषामा रिलिज हुँदै छ । चलचित्रमा तेलुगुसहित बलिउड स्टारहरू अजय देवगन र आलिया भट्टको पनि मुख्य भूमिका छ । भारतमा बढ्दो कोरोना संक्रमणका कारण…
Read More
फिल्म रिलिज रोकिनेमा पालोमा प्रभासको ‘राधे श्याम’ पनि…

फिल्म रिलिज रोकिनेमा पालोमा प्रभासको ‘राधे श्याम’ पनि…

कोभिड १९ को संक्रमण र त्यसकै ओमोक्रन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि बाउन्स ब्याक हुँदै गरेको भारतीय फिल्म उद्योग पुन: थला पर्ने संकेत देखा परेको छ। ट्रेड एनलिस्ट तरन आदर्शले आज ट्विट गर्दै फिल्म 'राधे श्याम'को प्रदर्शन स्थगित भएको सार्वजनिक गरे। 'अब औपचारिक रुपमा आयो - राधे श्याम प्रदर्शन स्थगित।' बाहुबली स्टारर प्रभासको लिड रोल रहेको राधे श्याम पछिल्लो समय संक्रमणका कारण रिलिज डेट स्थगित हुने चौथो ठूलो बहुप्रतिक्षित फिल्म हो। यसअघि बहुप्रतिक्षित फिल्महरु जर्सी, आरआरआर र पृथ्वीराज ले रिलिज रोकिसकेका छन्। जनवरी १४ मा रिलिज मिति तय थियो फिल्मको। ३ सय ५० करोड लागत रहेको फिल्मका निर्देशक राधा कृष्ण कुमार…
Read More
एकता कपुरलाई कोरोना संक्रमण

एकता कपुरलाई कोरोना संक्रमण

बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले जनाएको छ । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढीरहेको छ ।
Read More
आरआरआरको १८ करोड प्रमोशनको खर्च खेर गयो

आरआरआरको १८ करोड प्रमोशनको खर्च खेर गयो

यही जनवरी ७ तारिखबाट रिलिज हुने भनिएको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ हेर्न दर्शकले पुनः प्रतिक्षा गर्नुपर्ने भएको छ । भारतमा ओमिक्रोनको संक्रमण फैलिन थालेसँगै हलहरु पुनः बन्द भएपछि निर्माण टिमले चलचित्र अनिश्चित कालका लागि स्थगीत गर्ने निर्णय लिएको हो । रिलिज अगावै निकै चर्चामा आएको यो चलचित्रका लागि निर्माण टिमले प्रमोशनमा पनि ठूलो रकम खर्च गरेका थिए । तर, एक्कासी चलचित्र पोस्टपोन्ड भएपछि निर्माण टिमको प्रमोशनको खर्च खेर गएको छ । बलिउड हंगामाका अनुसार आरआरको करिब २०१८ देखि २० करोड प्रमोशनमा गरेको खर्च भइसकेको छ । रिलिज अगावै ब्लकबस्टर हुने आकंलन गरिएको चलचित्रको कुल लगानी भारु ४०० करोड छ ।  “जनवरी ७…
Read More
रणवीर-आलिया भोलिबाट ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

रणवीर-आलिया भोलिबाट ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट भोलिबाट नयाँ चलचित्रको सुटिङमा व्यस्त हुनेछन्। चलचित्रको नाम हो- 'रकी और रानीकी प्रेम कहानी'। चलचित्र पछिल्लो समय खुबै चर्चामा छ। भारतको गोरेगाउँ फिल्म सिटीमा छायांकन हुन गइरहेको चलचित्रका लागि दुवै कलाकारको १२ दिनको सेड्युल मागिएको छ। यसबीच गीत र केही सिनको छायांकन हुनेछ। करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्र यसअघि १० जनवरीमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण सुटिङ रोकिएको थियो।चलचित्रमा रणवीर-आलियासँगै पुराना नायक धर्मेन्द्र, नायिका जया बच्चन, शबाना आजमीलगायत मुख्य भूमिकामा छन्। चलचित्र फेब्रुअरी २०२३ मा रिलिज हुने बताइएको छ।
Read More
साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

यही शुक्रबार रिलिज हुन लागेको ‘जर्सी’ ओम्रिकोनको कारण देखाउँदै रोकिएको छ । फिल्म ३१ डिसेम्बरमा रिलिज हुन लागेको थियो । दक्षिण भारतीय फिल्मको रिमेकमा साहिद कपुर र मुर्नाल ठाकुरको मुख्य भूमिका रहेको थियो । यो फिल्म नेपालमा समेत रिलिज हुन तयार थियो । मल्टिप्लेक्सले यो फिल्मलाई ‘कमिङ सुन’को सूचिमा राखेका थिए । यो फिल्मलाई एबी इन्टरनेसनलले नेपालको वितरण अधिकार लिएको थियो ।  भारतमा ओम्रिकोन बढेको बन्दै महाराष्ट्रमा रात्रिकालीन निषेधाज्ञा सुरु भएको थियो । यसैका कारण अघिल्लो हप्ता रिलिज भएको ‘८३’को व्यापारमा पनि असर गरेको व्यापार विश्लेषकको अनुमान थियो । निर्माताले परिस्थिति हेरेर चाँडै नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् ।  ‘सूर्यवंशी’को व्यापारसँगै…
Read More
हिन्दी गीतको बोलमा ओठ चलाएर टिकटक र इन्स्टाग्राममा प्रख्यात तान्जानियाली दाजुबहिनी

हिन्दी गीतको बोलमा ओठ चलाएर टिकटक र इन्स्टाग्राममा प्रख्यात तान्जानियाली दाजुबहिनी

हिन्दी गीतको बोलमा ओठ चलाएर बनाएको भिडिओका कारण तान्जानियालीका यी दाजु र बहिनी सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन्। किलि पोल र उनकी बहिनी नीमा 'लिप-सिन्क' गरेर रमाइला भिडिओ बनाउँछन्। हिन्दी गीतका भिडिओ अहिले इनस्टाग्राम र टिकटकमा धेरैले मन पराएका छन्। पोल दाजुबहिनी हिन्दी बोल्न जान्दैनन्। तैपनि उनीहरू दुरुस्त गाए जसरी ओठ चलाएर भिडिओ बनाउँछन्।
Read More
तेलुगू फिल्ममा आँचल

तेलुगू फिल्ममा आँचल

अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय (साउथ) फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् । केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् । विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ…
Read More
‘एभेन्जर एन्डगेम’ निर्देशकको सिरिजमा सामान्था

‘एभेन्जर एन्डगेम’ निर्देशकको सिरिजमा सामान्था

हलिउडको सर्वाधिक कमाउने फिल्मको सूचीमा समावेश ‘एभेन्जर एन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्माण गर्न लागेको सिरिजका लागि निर्माताले दक्षिण भारतीय स्टार सामान्थालाई अनुबन्ध गरेका छन् । अमेजन प्राइमबाट प्रसारण हुने यो फिल्मलाई ‘फेमिलीमेन’ निर्देशक राज एन्ड डीकेले निर्देशन गर्नेछन् । राज एन्ड डीके र सामान्थाको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि ‘फेमिलीमेन’मा काम गरेका थिए । मनोज बाजपेयीको मुख्य भूमिका रहेको सिरिजमा सामान्थाले तमिल विद्रोहीको भूमिका निर्वाह गरेकी थिइन् । यही भूमिकाबाट उनले भर्खरै बाँडिएको फिल्मफेयर ओटीटी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।यो सिरिजलाई अभिनेता बरुण धवनको ओटीटी डेब्युको रुपमा पनि हेरिएको छ । यही सिरिजबाट उनले ओटीटीमा डेब्यु…
Read More
प्रियंकाले आफ्नो थरबाट जोनस किन हटाइन् ? बताइन् यस्तो कारण

प्रियंकाले आफ्नो थरबाट जोनस किन हटाइन् ? बताइन् यस्तो कारण

मिस वर्ल्डको उपाधी पनि जितिसकेकी भारतीय नागरिक प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट जोनस थर हटाएको कारण बारे बताएकी छिन् । प्रियंका​ले आफ्नो नामबाट जोनस शब्द हटाएपछि सोशल मीडियामा प्रियंका र निक जोनसको सम्बन्ध विच्छेदको समाचारले असाध्यै व्यापकता पायो । सामाजिक मिडिया प्रयोगकर्ताले प्रियंकालाई ट्रोल गर्नसमेत छाडेनन् ।  यद्यपि, पछि प्रियंकाकी आमा मधुु चोपडाले यसमा प्रतिक्रिया दिँदै यसलाई नचाहिँदो हल्ला मात्रै भएको बताइन् । पहिले बलिउड स्टार मात्रै रहेकी प्रियंका चोपडा २०१८ को  डिसेम्बर १ मा अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहपछि प्रियंका श्रीमानसँग लस एन्जलस अमेरिकामा बस्दै आएकी छिन् । तर हाल उनी सोशल मीडियामा व्यापक…
Read More