CRIME

ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवकहरू पक्राउ परेका छन्। मोठ 23 ग्राम ब्राउन सुगरसहित दार्जीलिङका युवकहरूलाई निरपानीमा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा 24 वर्षी सोहन नामगेल अनि 20 वर्षीय जिग्मी तामाङ हुन्। यी दुवै युवाहरू दार्जीलिङ सदर थानाअन्तर्गत क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार बुधवार साँझ लगभग 6 बजी नक्सलबारीदेखि निरपानीको रोड भएर दार्जीलिङतर्फ बाइकमा सवार भएर गइरहेका यी दुई युवकहरूलाई पक्राउ गरिएको हो। यी युवाहरू निरपानीमा आइपुग्दा शङ्काको आधारमा पुलिस प्रशासनद्वारा रोक्यो। छानबिन गर्दा पुलिसले एकजना युवकबाट 9 ग्राम अनि अर्को युवकबाट 14 ग्राम ग्राम ब्राउन सुगरको प्याकेट फेला पाऱ्यो। त्यसपछि यी दुवै युवकहरूलाई पक्राउ गरिएको हो। थप प्राप्त जानकारीअनुसार आज यी…
Read More
ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

90 ग्राम ब्राउन सुगरसहित एकजना लागू औषधी कारोबारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिको नाम सुदीप राय (29) हो। तिनी नक्सलबाड़ीको शान्तिनगरका वासिन्दा हुन्। पुलिस सूत्रअनुसार आज गुप्त सूचनाको आधारमा शान्तिनगर क्षेत्रमा अभियान चलाउँदै गर्दा सुदीप लागू औषधी लिएर घर गइरहेका थिए। तिनलाई रोकेर खोजतलासी गर्दा तिनको बाइकबाट 90 ग्राम ब्राउन सुगर फेला पऱ्यो। त्यसपछि लागू औषधी कारोबारको आरोपमा तिनलाई नक्सलबाड़ी थाना पुलिसले पक्राउ गरेको हो। घटनास्थलबाट पुलिसले सुदीपको बाइक पनि अधीनमा लिएको छ।पुलिस सूत्रले जनाएअनुसार, केही समयअघि टुकरिया मोड़मा पक्राउ परेका तीनजना लागू औषधी कारोबारीसित सुदीपको प्रत्यक्ष सम्बन्ध रहेको छ। तिनलाई आज सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ। सम्पूर्ण…
Read More
कुमोरटुली घटनाकी आरोपी फाल्गुनीको लामो आपराधिक सूची

कुमोरटुली घटनाकी आरोपी फाल्गुनीको लामो आपराधिक सूची

कोलकाताको कुमोरटुली घाटमा हालै एउटा ट्रली ब्यागबाट सुमिता घोष नामकी महिलाको टुक्रा–टुक्रा पारिएको शव फेला परेको थियो। प्राप्त जानकारीअनुसार दुईजना महिलाहरू उक्त ट्रली ब्याग गङ्गामा फाल्न गइरहेका थिए। ती महिलाहरूको नाम फाल्गुनी घोष र आरती घोष हो। आरती घोष फाल्गुनी घोषकी आमा हुन्। तिनीहरूको हातमा रहेको ट्रली ब्यागबाट रगत चुहिरहेको देखेपछि स्थानीय मानिसहरूले शङ्का गरे। पछि ट्रली ब्यागको ताला फुटाएर हेर्दा त्यसभित्र सुमिताको शव भेटियो। यस घटनाले ठूलो होहल्ला मच्चायो। पछि जाँचबाट यस हत्या काण्डको जरो मध्यमग्राममा रहेको पत्तो लाग्यो। प्राप्त जानकारीअनुसार सुमिता आफ्नी भतिजीको घरमा बस्न आएकी थिइन्। सम्पत्ति सम्बन्धी विवादको कारण तिनको हत्या गरिएको पुलिसले बताएको छ।यस घटनामा…
Read More
मोबाइल चोर महिला समूह पक्राउ

मोबाइल चोर महिला समूह पक्राउ

सिलगढ़ी अनि वरिपरि क्षेत्रहरूमा दिन प्रतिदिन मोबाइल चोरीको घटना बढ्दै गइरहेको छ। चाहे भक्तिनगर पुलिस थाना होस्, प्रधाननगर पुलिस थाना, सिलगढ़ी पुलिस थाना वा एनजेपी पुलिस थाना सबै क्षेत्रका पुलिस अधिकारीहरू मोबाइल चोरीका घटनाहरूले चिन्तित छन्। प्रत्येक दिन पुलिस अधिकारीहरूलाई मानिसहरूको गुनासो प्राप्त भइरहेको छ। पुलिसले मोबाइल तथा मोबाइल चोरहरूलाई पक्रेर वास्तविक मालिकलाई फर्काउने प्रयास पनि गरिरहेको छ। विगत केही दिनदेखि एनजेपी थाना क्षेत्रमा मोबाइल चोरीका घटना ह्वात्तै बढ़ेको छ। पुलिस थानामा प्राप्त गुनासोहरू अनुसार, कोही व्यक्तिको घरैबाट मोबाइल हराएको छ त कसैको बजारमा किनमेल गर्दा वा कसैको पार्किङ गर्दा, कसैको मोबाइल त्यस बेलामा हराएको छ जब तिनी कुनै महिलालाई…
Read More
सज्जाकको सहयोगी आबाल पक्राउ

सज्जाकको सहयोगी आबाल पक्राउ

गयलपुकुरको पाञ्जीपाड़ामा पुलिसले गोली चलाएको घटनामा मुख्य आरोपी सज्जाक आलमको मृत्यु भयो। अब तिनको मुख्य सहयोगी तथा बङ्गलादेशी नागरिक अब्दुल हुसैन उर्फ आबाललाई पुलिसले पक्राउ गरेको छ। आइतवार राति उत्तर दिनाजपुरको करणदिघी विधानसभाअन्तर्गत सिमानासित जोड़िएको रसाखोवा क्षेत्रबाट तिनलाई पक्राउ गरिएको हो। हत्या मामिलाको आरोपमा सज्जाक न्यायालयमा विचाराधीन कैदी थिए। गत बुधवार इस्लामपुर न्यायालयदेखि रायगञ्ज लैजाँदै गर्दा सज्जाकले दुई पुलिसलाई गोली हानेर भागेका थिए। त्यसपछि शनिवार बिहान चोपड़ा सिमाना हुँदै बङ्गलादेश भाग्ने क्रममा पुलिससित भएको भिड़न्तमा सज्जाकको मृत्यु भएको थियो। तर जेलभित्र रहेका हत्या मामिलाका आरोपीले आग्नेयास्त्र कसरी पाए? भन्ने प्रश्न उठेको छ। गत बुधवार इस्लामपुर न्यायालय परिसरमै सज्जाकले आग्नेयास्त्र पाएका…
Read More
बाङ्गलार बाड़ी परियोजनाको राशि नपाएको आरोप

बाङ्गलार बाड़ी परियोजनाको राशि नपाएको आरोप

बाङ्गलार बाड़ी परियोजनाको राशि नपाएको आरोपमा 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरिएको छ। ग्राम पञ्चायत कार्यालय घेरेर पटक-पटक प्रदर्शन पनि गरिओ। यस घटनाले बुधवार जलपाइगढ़ीको मौलानी ग्राम पञ्चायत क्षेत्रमा ठूलो तनाउ सिर्जना भयो। स्थिति नियन्त्रण गर्न क्रान्ति चौकीबाट धेरै सङ्ख्यामा पुलिस घटनास्थलमा पुगेका थिए। स्थानीय बब्लु किस्कु, निर्मल राय, मालती टुडुहरूले भने, ब्लकका छवटा ग्राम पञ्चायतमध्ये पाँचवटा ग्राम पञ्चायतका लाभार्थीहरूले बाङ्गलार बाड़ी परियोजनाको पहिलो किस्ताको पैसा पाए। तर अहिलेसम्म मौलानी ग्राम पञ्चायतका नागरिकहरूले पैसा पाएका छैनन्। प्रशासनलाई जानकारी दिए पनि समस्या समाधान नभएको हुँदा आन्दोलनमा उत्रिएको तिनीहरूले बताए। यस विषयमा स्थानीय ग्राम पञ्चायत प्रधान रञ्जित रायले भने, यस विषयमा धेरैपटक…
Read More
लाखौँ नगद र ब्राउन सुगरसहित दुई युवक पक्राउ

लाखौँ नगद र ब्राउन सुगरसहित दुई युवक पक्राउ

मादक पदार्थ किन्न आएका दुई युवक पुलिसको हातमा परेका छन्। भारत-नेपाल सिमानाको पानी ट्याङ्की क्षेत्रबाट खोरीबारी थाना पुलिसले तिनीहरूलाई मादक पदार्थसहित पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा आइतवार राति पुलिसले नेपाल सिमानानजिकै पानी ट्याङ्कीसँग जोड़िएको गौरसिङजोतको एउटा घरमा छापा मारेको थियो। त्यस घरमा लामो समयदेखि मादक पदार्थको कारोबार चलिरहेको खबर थियो। पुलिस त्यहाँ पुग्दा घरका मालिक तथा मादक पदार्थ कारोबारीले सुइँकुच्चा ठोके। तथापि ब्राउन सुगर किन्न आएका दुई युवक पुलिसको हातमा परे। तिनीहरूबाट 58 ग्राम ब्राउन सुगर फेला पऱ्यो। त्यसपछि पुलिसले उक्त घरमा खोजी गर्दा मादक पदार्थ बेचेर जम्मा गरिएको नगद 1 लाख 74 हजार रुपियाँ पनि प्राप्त भयो।मादक पदार्थ…
Read More
लाखौँको गर-गहनासहित नगद चोरी

लाखौँको गर-गहनासहित नगद चोरी

खाली घरबाट चोरहरूले लाखौँको चोरी गरेका घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिलगढ़ीको इष्टर्न बाइपासको ठाकुरनगर इलाकामा यो घटना भएको हो। चोरीको समय घरमा कोही पनि थिएन। त्यसैको फाइदा उठाउँदै चोरहरूले लाखौँ रुपियाँको सुनको गर-गहनासितै नगर राशि चोरेर चम्पट कसे। बिहीवार केही काम परेर घर मालिक अनि तिनकी पत्नी घरदेखि बाहिर गएका थिए। घर फर्केपछि तिनीहरूले दैलो भत्काइएको पाए। घरभित्र पसेर हेर्दा घरमा चोरी भएको थाहा लाग्यो। आलमारीमा राखिएको लाखौँ रुपियाँको सुनको गर-गहनासहित नदर राशि चोरी भइसकेको थियो। घटनाबारे एनजेपी थाना पुलिसलाई जानकारी दिइयो। खबर पाएर पुलिस घटनास्थल आएर जाँचमा जुटेको छ।
Read More
ट्याब काण्डमा उत्तर बङ्गालबाट चार पक्राउ

ट्याब काण्डमा उत्तर बङ्गालबाट चार पक्राउ

सिलगढ़ीको लेनिन कोलोनी, नौका घाट र अलिपुरद्वार जिल्ला मुख्यालयनजिकैको बीरपाड़ा। ट्याब काण्डमा यसपल्ट उत्तरका यी तीन स्थानहरूको नाम मुछिएको छ। शनिवार राति गरिएको अपरेशनमा यी तीन स्थानबाट जम्मा चारजनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा बालुवा–ढुङ्गा खननका मजदुरदेखि व्यवसायीसम्म विभिन्न पेसाका मानिसहरू सामेल छन्। तर प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूको मामिलामा विद्यालयसँगै ब्याङ्कको कुनै क्लिनिकल मिस्टेक छ कि छैन भनेर पनि प्रश्न उठ्न थालेको छ। लेनिन कोलोनीका वासिन्दा नजरुल इस्लाम र रूकसाना खातूनलाई पश्चिम मेदिनीपुरको केसियारी थाना पुलिसले पक्राउ गरेको छ। नौका घाट क्षेत्रका वासिन्दा मेहबुब हुसैन र बीरपाड़ाका वासिन्दा प्रदीप दासलाई विधाननगर साइबर अपराध थाना पुलिसले पक्राउ गरेको छ। आइतवार पक्राउ…
Read More
कुचबिहार टोलीमाथि हमला

कुचबिहार टोलीमाथि हमला

आरजी कर घटनालाई लिएर राज्यभर हंगामा मच्चिएको छ । कुचबिहारमा पनि मानिसहरू विभिन्न तरिकाले विरोध गरिरहेका छन् र विरोध गरिरहेका छन्। यसैबीच, कुचबिहारमा तृणमूलमाथि सनसनीपूर्ण आरोप लगाइएको छ। जब सिंगो बंगाल आरजी कर घटनाको विरोध गर्दैछ, कूचबिहारमा सडकहरूमा लेखिएका नारा र तस्विरहरू मेटाइएको छ। सत्तारुढ दलका कार्यकर्ताविरुद्ध उजुरी परेको छ ।सर्वसाधारणले तस्विर खिचेर र गीत गाएर विरोध गरेका थिए । भन्ने आरोप छ सर्वसाधारणले तस्विर खिचेर र गीत गाएर विरोध गरेका थिए । यो आरोप छ कि मानिसहरूको एक समूह अचानक कुचबिहारमा आए र पानी खन्याएर सबै चित्रहरू मेटाए। अचानक भएको यो आक्रमणबाट प्रदर्शनकारीहरु त्रसित भएका छन् । यस विषयमा…
Read More