30
Oct
राज्य र उत्तर–पूर्वका विभिन्न राज्यहरूका लागि त्रास बनेको कुख्यात अवैध शिकारी रिकच नार्जिनारीलाई बुधवार जलपाइढ़ीका मुख्य न्यायिक दण्डाधिकारी न्यायालयले गैँड़ाको सिङ तस्करी सम्बन्धी मुद्दामा 7 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। साथै तिनलाई एक लाख रुपियाँ जरिमाना तिर्न पनि आदेश दिइएको छ। जरिमाना नतिरे थप 6 महीनाको कारावास भोग्नु पर्नेछ। वन विभागअनुसार, हालका वर्षहरूमा वन्यजन्तु शिकार तथा तिनका अङ्ग तस्करी सम्बन्धी मुद्दामा यति लामो सजायको उदाहरण देशमा दुर्लभ छ। गत वर्ष गैँड़ा र हात्ती हत्या प्रकरणमा अलिपुरद्वार जिल्ला पुलिस अनि जलदापाड़ा वन विभागले नार्जिनारीलाई असमको कामरूप क्षेत्रबाट पक्राउ गरेका थिए। वन विभागको आरोप अनुसार सन् 2014 देखि 2018 बीच जलदापाड़ा…
