26
Jul
भारतको प्रमुख पारम्परिक खाजा पसल ब्राण्ड बिकाजी फूड्स इण्टरनेशनल लिमिटेडले नेपालका प्रतिष्ठित व्यावसायिक समूह चौधरी ग्रुप (सीजी) सित रणनीतिक संयुक्त साझेदारीको घोषणा गरेको छ। यस साझेदारीको उद्देश्य नेपाली उपभोक्तासम्म भुजिया, नमकिन, पापड़, मिठाई तथा अन्य भारतीय खाजाहरू पुर्यादउनु हो। बिकाजीको बोर्डले हालै स्वीकृत गरेको यस संयुक्त लगानी सम्झौताले कम्पनीलाई विश्वव्यापी स्तरमा लैजाने यात्रामा नयाँ अध्याय आरम्भ गरेको छ। यस सम्झौताअन्तर्गत बिकाजी र सीजी फूड्स दुवैको नयाँ कम्पनीमा समान 50 : 50 स्वामीत्व रहनेछ अनि नेपालमै आधुनिक खाजा उत्पादन उद्योग स्थापना गर्न चरणबद्ध रूपमा लगानी गरिनेछ। यस सहकार्यबाट नेपालमा उत्पादन क्षमता बढ्ने, उत्पादन वितरणको समय घट्ने अनि उपभोक्तालाई ताजा, सफा र…
