Business

महिन्द्राद्वारा भारतीय खेतीमा क्रान्ति ल्याउनको निम्ति उन्नत रोटावेटर प्रविधिको घोषणा

महिन्द्राद्वारा भारतीय खेतीमा क्रान्ति ल्याउनको निम्ति उन्नत रोटावेटर प्रविधिको घोषणा

विश्वको सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्राले फार्म इक्विपमेण्ट सेक्टर भारतीय खेतीको निम्ति रोटावेटरको एक श्रृंखला प्रस्तुत गरिरहेको छ। “इण्टेलिजेण्ट रोटावेटर’’ एक ब्लूटूथसँग जोड़िएको रोटावेटर हो। यसलाई सठीकता अनि दक्षताको निम्ति डिजाइन गरिएको छ। महिन्द्राको रोटावेटर 15 देखि 70 एचपीसम्मको ट्र्याकरहरूसँग मिल्दोजुल्दो छ। यसले विभिन्न माटोको स्थितिहरूमा ईष्टतम प्रदर्शन प्रदान गर्दछ। रोटावेटर महिन्द्राको डिलरशीप नेटवर्कको माध्यमद्वारा उपलब्ध छ। यो सहजै वित्तपोषण, दुई वर्षको वारण्टी अनि बिक्रीपछि दह्रिलो सेवा प्रदान गर्ने रहेको छ।
Read More
टाटा एआईएद्वारा पश्चिम बंगालमा बीमा जागरूकता अभियानको विस्तार

टाटा एआईएद्वारा पश्चिम बंगालमा बीमा जागरूकता अभियानको विस्तार

टाटा एआईए पश्चिम बंगालमा बीमा नियामक र विकास प्राधिकरणको सबैका लागि २०४७ सम्म बीमा को दृष्टिकोणसँग पङ्क्तिबद्ध भएर बीमा जागरूकता बढाउनमा केन्द्रित छ। कम्पनीले सिलगड़ी अनि कृष्णनगर, नदियामा जीवन बीमा सल्लाहकारहरूको भर्नाको निम्ति करिअर अवसर प्रस्तुतिको आयोजन गर्यो। मुख्य विपणन अधिकारी गिरीश कालराले जीवन बीमाको माध्यमबाट उपभोक्ताहरूलाई सशक्त बनाउनको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन् । इण्डस्इण्ड ब्याङ्क अनि मालदाको चार्टर्ड एकाउण्टेण्ट्स एसोसिएशनको सहयोगमा शुरु गरिएको बीमारथ पहलले जुलाई २०२४-सम्म पश्चिम बंगालमा ११ हजारभन्दा अधिक उपभोक्ताहरूको जीवन सुरक्षित गर्नमा सहयोग गरिसकेको छ।
Read More
वीद्वारा अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ

वीद्वारा अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ

भारतको अग्रणी दूरसञ्चार सञ्चालक वीले स्थानीय कारीगरहरूको शिल्पकलाको उत्सव मनाउने एक अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ गरेको छ। युनिवर्सल स्माइल, ईएसएससीईएनटी, परिवर्तन स्कूल फर स्पेशली एबल्ड चिल्ड्रन, श्वास समिति-स्वास्तिक हस्तशिल्प महिला कल्याण एसोसिएशन अनि दिशा शक्ति स्वयं सहायता समूह जस्ता गैर सरकारी संगठनहरूको साथमा साझेदारी गर्दै धेरै राज्यहरूमा वी स्टोर्समा 60 भन्दा अधिक प्रतिभाशाली कारीगरहरूलाई प्रदर्शन गरियो। स्थानीय समुदायहरूलाई सहयोग गर्ने र भारतको कलात्मक सम्पदाको संरक्षण गर्न वीको प्रतिबद्धता स्पष्ट रहेको छ।
Read More
टोयोटा किर्लोस्कर मोटर लैङ्गिक समानता र सशक्तिकरणप्रति नयाँ प्रतिबद्धताका साथ महिला समानता दिवस पालन गर्दै

टोयोटा किर्लोस्कर मोटर लैङ्गिक समानता र सशक्तिकरणप्रति नयाँ प्रतिबद्धताका साथ महिला समानता दिवस पालन गर्दै

अगस्ट २६ मा महिला समानता दिवसलाई मान्यता प्रदान गर्दै, टोयोटा किर्लोस्कर मोटर (टीकेएम) आफ्नो कार्यबलभित्र र बाहिर लैङ्गिक समानतालाई अगाडि बढाउन र महिलाहरूलाई सशक्तिकरण गर्न आफ्नो दृढ प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ।  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एसडीजी), विशेष गरी एसडीजी ५ (लैङ्गिक समानता) र एसडीजी ८ (सभ्य कार्य र आर्थिक वृद्धि) सँग तालमेल गर्दै, टीकेएमले समावेशी र विविध कार्यस्थललाई प्रवर्द्धन गर्ने उद्देश्यले परिवर्तनकारी उपायहरूको श्रृंखला आरम्भ गरेको छ। आफ्नो दीर्घकालीन दृष्टिकोणको एक अंशको रूपमा, टीकेएमले २०३० सम्ममा आफ्नो कार्यबलमा महिलाहरूको प्रतिनिधित्वलाई ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। यस लक्ष्यलाई प्राप्त गर्नका लागि टीकेएमले शसक्त विविधता, समानता र समावेशिकरण (डीईआई)…
Read More
टाटा एआईए सम्पूर्ण रक्षा प्रतिज्ञा: आवश्यकताको समयमा परिवारहरूको लागि जीवन रेखा

टाटा एआईए सम्पूर्ण रक्षा प्रतिज्ञा: आवश्यकताको समयमा परिवारहरूको लागि जीवन रेखा

टाटा एआईए जीवन बीमाले सम्पूर्ण रक्षा प्रतिज्ञा नामक एक अवधि बीमा योजना शुरु गरेको छ। यसलाई अप्रत्याशित चुनौतीहरूको सामना गरिरहेका परिवारहरूको निम्ति हार्दिक विचारको साथमा तयार गरिएको छ। यस योजनामा कोही पनि प्रियजनको मृत्युको स्थितिमा 3 लाख रुपियाँको तत्काल भुक्तान, घातक बिमारीको टुङ्गो लागेको खण्डमा आधारभूत बीमा राशिको 50 प्रतिशत भुक्तान, भविष्यको प्रीमियममा छूट तथा पोलिसी फाइदाहरूलाई यथावत राख्ने सुविधा दिइएको छ। यस योजनामा प्रत्येक पाँच वर्षमा एकपल्ट प्रीमियमलाई 12 महिनासम्म स्थगित गर्ने सुविधा पनि दिइएको छ। अध्यक्ष एवं प्रमुख वित्तीय अधिकारी समित उपाध्याय अनुसार, यो योजना सिलगड़ीमा धेरै लोकप्रिय हुनेछ, यहाँ समुदाय सुरक्षा अनि लचिलोचनलाई महत्त्व दिने गर्छ।
Read More
गोसाईंपुरमा प्रिमियर अटोमोबाइल शोरुम-” कान्हा किआ” को भव्य उद्घाटन

गोसाईंपुरमा प्रिमियर अटोमोबाइल शोरुम-” कान्हा किआ” को भव्य उद्घाटन

यस क्षेत्रमा किआ मोटर्सको नवीनतम र सबैभन्दा ठूलो अटोमोबाइल शोरुम "कान्हा किया" को भव्य उद्घाटनको घोषणा गर्न पाउँदा हामी रोमाञ्चित छौं। कार्यक्रम अगस्त २३, २०२४ मा गोसाईंपुर, बागडोग्रामा अवस्थित हाम्रो अत्याधुनिक सुविधायुक्त प्रतिष्ठानमा आयोजना गरिएको थियो। कान्हा किया अटोमोटिभ उद्योगमा उत्कृष्टता र नवीनताप्रति किआको प्रतिबद्धताको प्रमाण हो। हाम्रो शोरुमले किआ वाहनहरूका सम्पूर्ण श्रृंखलाहरू प्रदर्शित गर्नेछ, जसमा नवीनतम मोडल र भेरिएन्ट समावेश हुनेछन् र सबै अटोमोटिभ आवश्यकताहरू र प्राथमिकताहरू पुरा गर्नेछन्। चाहे तपाईं स्टाइलिश सेडान, बलियो एसयूभी वा कुनै अत्याधुनिक विद्युतीय वाहनको खोजी गर्दै हुनुहुन्छ भने कान्हा किआसँग सबैका लागि केही न केही छ। वाहनहरूको विस्तृत श्रृंखला प्रदान गर्नबाहेक कान्हा किआ…
Read More
डा. बत्राज हेल्थकेयरले तपाईंको शहर सिलगडीमा वैज्ञानिक रूपमा प्रमाणित र सुरक्षित होमियोप्याथिक उपचारहरू ल्याएको छ

डा. बत्राज हेल्थकेयरले तपाईंको शहर सिलगडीमा वैज्ञानिक रूपमा प्रमाणित र सुरक्षित होमियोप्याथिक उपचारहरू ल्याएको छ

विश्वको होमियोप्याथिक क्लिनिकहरूको सबैभन्दा ठूलो श्रृंखला डा. बत्राज हेल्थकेयरले सिलगढीमा आफ्नो पहिलो क्लिनिक र पश्चिम बंगालमा ११औं क्लिनिक शुरू गरेको छ। उद्घाटन समारोहमा इन्फ्लुएन्सर तथा भिडियो निर्मात्री सुश्री आना तामाङ र बत्रा’ज ग्रुप अफ कम्पनीका ग्रुप सीईओ श्री सञ्जय मुखर्जी उपस्थित थिए।  विश्व स्वास्थ्य संगठन मुताबिक होमियोप्याथी विश्वव्यापिरूपमा दोस्रो सबैभन्दा ठूलो चिकित्सा प्रणाली हो र भारतमा १० करोड़भन्दा अधिक मानिसहरूले यसको उपयोग गर्दछन्। डा. बत्रा’जको नाम होमियोप्याथीको पर्याय हो। भारतका अग्रणी होमोप्याथ पद्मश्री डा. मुकेश बत्राले १९८२ मा मुम्बईमा रोगी-सञ्चालित संस्थानको रूपमा      डा. बत्राज हेल्थकेयरको स्थापना गर्नुभयो। त्यसबेलादेखि ब्रान्डले अमेरिकी गुणस्तर मूल्याङ्कनकर्ताहरूले प्रमाणित गरेको ९१ प्रतिशतको सफलता दरका…
Read More
नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्कले पूर्वोत्तरमा 30 भन्दा अधिक शाखा प्रमुखहरूको नियुक्ति गर्ने

नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्कले पूर्वोत्तरमा 30 भन्दा अधिक शाखा प्रमुखहरूको नियुक्ति गर्ने

एनईएसएफबीले असम, उत्तर बंगाल, अरुणाचल प्रदेश अनि मेघालयमा शाखा प्रमुखहरूको भर्नाको निम्ति भर्ती अभियान शुरु गरिरहेको छ। यी क्षेत्रहरूमा आफ्नो उपस्थितिलाई दह्रिलो गर्न साथै रोजगार र कौशल विकासलाई बढ़ावा दिनु ब्याङ्कको लक्ष्य रहेको छ। यो पहल वित्तीय समावेशीकरणलाई बढ़ाउन, रोजगार सिर्जना गर्नु अनि पूर्वोत्तरको आर्थिक विकासमा योगदान दिने एनईएसएफबीको अभियानको अंश हो। इच्छुक आवेदकलरे एचटीटीपीएसः//एनईएसएफबी.कम-मा आवेदन गर्न सक्नेछन्। यसमा महिला लगायत सबै आवेदकहरूको निम्ति समान अवसर हुनेछ। छनौट भएका उम्मेदवारहरू साक्षात्कारको अन्तिम चरणमा जानेछन्। इच्छुक उम्मेद्वारहरूलाई https://nesfb.com/apply मा आवेदन दिन प्रोत्साहित गरिन्छ।
Read More
थिम्पुकी अञ्जली छेत्रीले टेट्र कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन, जीवन व्ययका लागि ३२,००० डलरको आवश्यकता

थिम्पुकी अञ्जली छेत्रीले टेट्र कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन, जीवन व्ययका लागि ३२,००० डलरको आवश्यकता

थिम्पुकी १९ वर्षीया अञ्जली छेत्रीले टेट्र कलेज अफ बिजनेसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने प्रथम भुटानी विद्यार्थीको रूपमा इतिहास रचेकी छिन्। यस प्रतिष्ठित पुरस्कारले उनलाई अमेरिका, इटली, सिङ्गापुर र ब्राजिललगायत सातवटा देशहरूमा अध्ययन गर्न र आईआईटी र एनयूएसजस्ता विशिष्ट संस्थाहरूमा अध्ययन गर्ने अवसर दिनेछ। यद्यपि, अञ्जलीलाई आउने चार वर्षहरूको लागि जीवन व्यय पुरा गर्न थप ३२,०००‌ डलर जुटाउन आवश्यक छ।उनको यात्रालाई समर्थन गर्न अञ्जलीले एक क्राउडफन्डिङ अभियान सुरु गरेकी छिन्, जसलाई पहिले नै मात्र २४ घण्टामा ३४,००० भन्दा धेरैपल्ट हेरिसकिएको छ। मिस भुटान २०२३, टाशी छोडेन छोम्बल र प्रशंसित भुटानी अभिनेत्री टन्डिन बिधाजस्ता प्रख्यात व्यक्तित्वहरूले उनको अभियानलाई समर्थन गरेका छन्। अञ्जलीका…
Read More
फ्लिपकार्टद्वारा आफ्नो ध्वजवाहक बिक्री कार्यक्रम “क्राफ्टेड बाय भारत’ को आठौं संस्करणको घोषणा

फ्लिपकार्टद्वारा आफ्नो ध्वजवाहक बिक्री कार्यक्रम “क्राफ्टेड बाय भारत’ को आठौं संस्करणको घोषणा

भारतको ई-व्यापारको दिग्गज फ्लिपकार्टले भारतको 78औं स्वाधीनता दिवसको अवसरमा आफ्नो प्रमुख बिक्री कार्यक्रम "क्राफ्टेड बाय भारत'' को आठौं संस्करणको घोषणा गरेको छ। यस कार्यक्रममा प्रसिद्ध ब्राण्डहरूको 25,000 भन्दा अधिक हस्तशिल्प उत्पाद तथा 100 भन्दा अधिक पारम्पारिक कला रूपहरूको प्रदर्शन गरिने छ। फ्लिपकार्ट समूहका प्रमुख कर्पोरेट मामिलाका अधिकारी रजनीश कुमारले स्थानीय हस्तशिल्पलाई बढ़ावा दिने अनि फ्लिपकार्ट समर्थ कार्यक्रमको माध्यमद्वारा एमएसएमईलाई समर्थन दिनको निम्ति कार्यक्रमको प्रतिबद्धतामाथि जोर दिएका छन्। यो आयोजन बिक्रेताहरूको दृश्यता बढ़ाउँछ अनि उनीहरूलाई डिजिटल बजारमा अघि बढ़ाउनको निम्ति सशक्त बनाउने छ।
Read More