05
Sep
भारतका सबैभन्दा ठूला एकीकृत ऊर्जा कम्पनीमध्ये एक टाटा पावरले सिलगढ़ीमा आफ्नो ईजेड होम अटोमेशन सलुसन आरम्भ गरिएको घोषणा गरेको छ जसले पश्चिम बङ्गाललाई आधुनिक र दिगो जीवनशैलीतर्फ लैजाने कदमलाई थप सबल बनाएको छ। यस विस्तारसितै टाटा पावरले आफ्नो प्रमुख स्मार्ट होम प्रविधि उत्तर बङ्गालमा ल्याएको छ। यसले सिलगढ़ी, दार्जीलिङ अनि अन्य शहरका घरपरिवारलाई ऊर्जा दक्षता, सहजता र सुरक्षासितै आधुनिक जीवनशैली अपनाउन सक्षम बनाउनेछ। ईजेड होम श्रेणीमार्फत उपभोक्ताहरूले बत्ती, पङ्खा, पर्दा, तथा एसी अनि गिजरजस्ता भारी उपकरणहरूलाई मोबाइल एप वा गूगल होम अनि एलेक्सा जस्ता भोइस एसिस्टेण्ट प्रयोग गरी नियन्त्रण गर्ने, तालिका मिलाउने अनि अनुगमन गर्ने सुविधा पाउनेछन्। यो समाधान शहरी…
