09
Feb
इस्लामपुर सहरका विभिन्न मन्दिरमा गएराति अज्ञात समूहले मूर्ति तोडफोड गरेको घटनाले पूरै सहरमा तनाब मच्चाएको छ । दिनहुँ हुने यस्ता घटनाका कारण क्षेत्रका बासिन्दामा चर्को आक्रोश छ । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी प्रशासनले २४ घण्टाको समय मागेको मन्दिर प्रवर्द्धकले बताएका छन् । बुधबार राति इस्लामपुरको शिवडांगी इलाकामा रहेको मन्दिरको ताला तोडेर कालीको मुर्ति तोडफोड गरेको बताइएको छ । यसैबीच इस्लामपुर शहरको मिलनपल्ली क्षेत्रमा रहेको अष्टप्रहर कीर्तनस्थलमा रहेको राधाकृष्णको मुर्ति तोडफोड गरिएको आरोप छ । सहरका यी दुई मन्दिरको मुर्ति तोडेको घटनाको खबर फैलिनेबित्तिकै ती क्षेत्रमा मानिसको भीड लाग्न थाल्यो । भत्किएको मूर्ति देखेपछि स्थानीयमा आक्रोश फैलियो । वास्तविक दोषीलाई…
