01
Apr
नेपाल–इंडिया चैम्बर ऑफ़ कॉमर्स इंडस्ट्री (एनआईसीसीआई) र नेपालस्थित भारतीय दूतावासले संयुक्त रुपमा नेपाल–भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ। नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भई नेपाल र भारतबीचको सम्बन्ध अनौठो रहेको भन्दै दुई देशबीचको भ्रमणका लागि भिसा वा पासपोर्ट को आवश्यक नपर्नेमा जोड दिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच भएका विभिन्न संयुक्त सहकार्यले पर्यटन प्रवद्र्धनमा सपोर्ट पुगेको बताए । उनले पर्यटन प्रवर्द्धनमा जयनगर-कुर्था रेल लिंक र रुपे कार्ड स्वीकृति जस्ता कनेक्टिभिटी पहलहरूको भूमिकालाई हाइलाइट गरे। नयाँ दिल्ली र काठमाडौंबीचको साझा धार्मिक र…
