breaking news

राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

आज साँझ 6 बजीदेखि बङ्गाल-सिक्किमको लाइफलाइन एनएच 10 खोलिने सम्भावनाबारे नेशनल हाइवे इन्फ्रास्ट्रक्चर कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) को बताएको थियो। त्यसैले आज साझसम्म सड़क खोलिने अपेक्षा गरिएको थियो। पैह्रोले क्षति पुर्याेएको राष्ट्रिय राजमार्ग 10 को मरम्मती कार्य जारी छ। पहाड़ काटेर सड़क विस्तार गर्ने कार्य चलिरहेको छ। फेरि अत्यधिक वर्षा नभए सड़क खोलिने सम्भावना बताइए पनि अब आगामी 8 जुलाईको बिहान 9 बजीसम्म राजमार्ग बन्द राखिने समाचार आएको छ। गत 3 दिनदेखि राष्ट्रिय राजमार्ग 10 बन्द छ।लगातार वर्षाका कारण सेवकदेखि रम्फूसम्म सड़कका विभिन्न ठाउँमा पैह्रो गएको छ। विशेष गरी 10 माइलको तारखोला क्षेत्रमा पहाड़बाट ढुङ्गा र ठूल्ठूला चट्टान सड़कमा झरेको छ।…
Read More
भाजपाको विरोध प्रदर्शन

भाजपाको विरोध प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा) ले सोमवार सिलगढ़ी महकुमा परिषदअघि प्रदर्शन गरेको छ। सत्ताधारी दलले परिषदलाई भ्रष्टाचारको केन्द्र बनाएको आरोप लगाउँदै भाजपा सड़कमा उत्रिएको हो। भाजपा नेताहरूले परिषद कार्यालयलाई पार्टी कार्यालयसरह चलाइएको र विपक्षी दलहरूको धारणा र सुझाउको कुनै ख्याल नगरिएको आरोप लगाएको छ। कञ्चनजङ्घा रङ्गशालाबाट आरम्भ गरिएको प्रदर्शन ऱ्याली सिलगढ़ी महुकमा परिषद कार्यालयसम्म पुगेपछि त्यहाँ भाजपा कार्यकर्ताहरूले प्रदर्शन गरे। प्रदर्शनपछि भाजपा प्रतिनिधि मण्डलले परिषदको कामकाज पारदर्शी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सिलगढ़ी महकुमा परिषदमा विपक्षी नेता अजय उराँवले बैठकहरू दिउँसो 4 बजी तय गरिए पनि विपक्षी सदस्यहरू आइपुग्नअघि नै लगभग 2 बजीतिर नै ती बैठकहरू भइसक्ने गरेको बताए। आफू…
Read More
कृष्णनगरवासीको अनित थापासित भेट

कृष्णनगरवासीको अनित थापासित भेट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)का मुख्य कार्यपाल अनित थापा आज मिरिक भ्रमणमा आएका थिए। त्यसै भ्रमण अवधि मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगर वासिन्दाहरूले कृष्णनगर क्लबमा अनित थापासित भेट गरेका छन्। भेटमा स्थानीय मानिसहरूले क्षेत्रको समस्या सुनाँउदै समस्याको समधान गरिदिने थापासमक्ष अनुरोध गरे। जीटीए प्रमुखसित कृष्णनगरवासीले कृष्णनगरमा एउटा कार पार्किङ निर्माण गरिदिने अनि सिक्किमको एमजी मार्ग जस्तै सड़क कृष्णनगरमा निर्माण गरिदिने अनुरोध गरेका छन्। त्यससितै कृष्णनगर क्लब भवनको बढ़ोत्तरीको तिनीहरूले माग गरे। थापाले क्लब भवनको बढ़ोत्तरी तुरुन्त गरिदिने आश्वासन दिए। यता कार पार्किङ अनि सड़क मार्गबारे विभागीय अधिकारीहरूसित कुराकानी गरेपछि पहल गरिदिने आश्वासन दिए। यस अवसरमा बोल्दै कृष्णनगर क्लबका अध्यक्ष अरबिन…
Read More
एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको तिनले आरोप लगाए।भाषा, धर्म अनि पेसाको आधारमा देशलाई विभाजन गर्ने राजनीति भइरहेको भन्दै तिनले भने, यस्तो विभाजनकारी राजनीतिले देशभरि एकता र सद्भावनालाई ठेस पुर्याीउँदैछ। पश्चिम बङ्गालका सीमान्तकृत र कमजोर वर्गका मानिसहरू बारम्बार अन्य राज्यहरूमा तारो बनिरहेका छन्। तिनीहरू विभिन्न प्रकारका यातनाको शिकार बनिरहेका छन्।मुख्यमन्त्री ममता…
Read More
पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

सोमवार भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रबाट एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट दुईवटा फरक-फरक नामको स्विट्जरल्याण्डको पासपोर्ट अनि नक्कली नेपाली परिचयपत्र फेला पारिएको छ। आज खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। थाहा लागेअनुसार उक्त चिनियाँ नागरिकलाई सोमवार नेपालदेखि पानी ट्याङ्कीको मेची पुल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा तैनाथ एसएसबीको 41 नम्बर बटालियनका जवानहरूले पक्राउ गरेका हुन्। सोधपुछपछि सोमवार अबेर राति एसएसबीले तिनलाई खोरीबारी पुलिसलाई जिम्मा लगाएको हो।एसएसबी सूत्रअनुसार सोमवार बेलुका नियमित चेकिङका क्रममा एसएसबी जवानहरूले उक्त चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका थिए। जाँच गर्दा तिनीबाट दुईवटा अलग नामको स्विट्जरल्याण्डको पासपोर्ट फेला…
Read More
34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

ठ्याक्कै 7 दिनपछि फेरि एउटै घटना सिलगढ़ीमा पुनः दोहोरिएको छ। फेरि रोजगार दिने प्रलोभनमा किशोरीहरूलाई तस्करी गर्न खोजिएको आरोप छ। बितेको 21 जुलाई तारिख बेलुका एनजेपी स्टेशनबाट 56 जना किशोरीहरूलाई उद्धार गरिएको थियो। यसपल्ट सिलगढ़ी जङ्क्सन क्षेत्रबाट तस्करीको प्रयास विफल पार्दै प्रधाननगर थानाको पुलिसले 34 जना किशोरीहरूलाई उद्धार गरेको छ। ती किशोरीहरूलाई रोजगार दिने प्रलोभन देखाई जङ्क्सनबाट राँची लैजान बस रिजर्भ गरिएको थियो। उद्धार गरिएका किशोरीहरू प्रायः नागरकट्टा, मटेली र अलिपुरद्वारका चियाबारी क्षेत्रका वासिन्दा हुन्। यसै क्रममा तीनजनालाई पुलिसले पक्राउ गरेको छ। तस्करीको सञ्चालनको शैली हालसालै जीआरपीले उद्धार गरेका किशोरीहरूको घटनासित निकै मेल खान्छ। त्यसैले ती एजेण्टहरूको सम्बन्ध सोही गिरोहसित…
Read More
एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

आठौँ वाहिनी सशस्त्र सीमा बलका सीमा चौकी बड़ामणिरामजोतका जवानहरूले विशेष गस्तीको क्रममा एक पुरुष तस्करलाई पक्राउ गरेका छन्। सीमा स्तम्भ नम्बर 87/3 देखि लगभग 6.5 किलोमिटर टाढ़ा नक्सलबारी टोल प्लाजनजिक उक्त व्यक्तिबाट 60 किलो ओखर (चिनियाँ उत्पाद), डाबर हाजमोला रेगुलर 38 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर हाजमोला पुदिना 58 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 360 टुक्रा प्रति टुक्रा 80 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 144 टुक्रा प्रति टुक्रा 40 ग्राम (नेपालमा निर्मित), सनस्लिक श्याम्पू (कालो चिन्ह) 2400 प्रत्येक पाउच 5 एमएल (नेपालमा निर्मित), सनसिल्क श्याम्पू (कपाल झर्ने समाधान) 5 एमएलका 1200…
Read More
जैविक मह उत्पादनमा जीटीएको जोड

जैविक मह उत्पादनमा जीटीएको जोड

पहाड़का वासिन्दालाई मौरी पालनतर्फ प्रोत्साहित गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) ले जैविक मह उत्पादनमा विशेष ध्यान दिइरहेको छ। पहाड़मा केही किसानहरूले मौरी पाल्ने गरेका छन् तर यसको मुख्य उद्देश्य भनेको जमीनमा फल्ने बालीलाई बाँदर, हात्ती लगायतका वन्यजन्तुबाट जोगाउनु हो। धेरै किसानले उत्पादन गरेको मह बोतलमा हालेर स्थानीय बजारमा बिक्री गर्छन्। तर उत्पाद यति थोरै हुन्छ कि निर्यात गर्न सकिँदैन। जबकि जैविक महको बजार मूल्य निकै राम्रो छ। यसतर्फ ध्यान दिँदै जीटीएले मौरी पालनमा थप प्रोत्साहन दिइरहेको छ। किसानहरूलाई प्रशिक्षणसितै मौरी राख्न ‘बी बक्स’ पनि उपलब्ध गराइँदैछ।जीटीएका मुख्य जनसम्पर्क अधिकारी शक्तिप्रसाद शर्माले भने, जैविक महको राम्रो माग छ। शरीर स्वस्थ राख्न…
Read More
गाईको मृत्युमा अनेकौ प्रश्न

गाईको मृत्युमा अनेकौ प्रश्न

भारत नेपाल सीमा ओकेटी चियाबारीको खड्का गाउँनजिक बाटोमै बिमारी अवस्थामा गाई छोड़िएको थियो। आज 21 दिनपछि उक्त गाईको मृत्यु भएको छ। अहिले यस घटनाबारे निकै चर्चा चुलिएको छ। धेरै प्रयास र उपचार गरे पनि अन्ततः गाईको मृत्यु भएपछि उक्त गाई कसको हो अथवा कसले ल्याएर गाईलाई बाटोमै छोड़िदियो भन्ने प्रश्न रहस्य नै बनेको छ। धेरै मानिसहरूले गाई नेपालबाट भारत ल्याइएको अनि यो गाई तस्करीको मामिला हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। कसैले पाल्न ल्याइएको भए वा गाँउबाट चरणमा गएको गाई भए मालिक देखा पर्थे। तर 21 दिनसम्म गाईले जीवन र मृत्युमाझ सङ्घर्ष गरिरहँदा पनि गाई मालिक ननिस्केपछि आशङ्का अझ गहिरो…
Read More
पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

अवैध रूपले भारत प्रवेश गरेको आरोपमा फेरि एसएसबीको जालमा एकजना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारत–नेपाल सीमा क्षेत्रमा पर्ने पानी ट्याङ्कीमा बिहीवार अबेर राति विशेष अभियान चलाउँदा तिनलाई एसएसबीका जवानहरूले नियन्त्रणमा लिएका हुन्। पक्राउ परेका व्यक्तिको नाम मोहन्त बर्मन बताइएको छ। प्राप्त जानकारीअनुसार भारतमा अनाधिकृत रूपले प्रवेश गरेको 10 महीनाभित्रै तिनले दलाल गिरोहमार्फत भारतीय आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेका थिए। तिनी बङ्गलादेशको ठुकगाउँ जिल्लाका वासिन्दा हुन्।एसएसबी सूत्रअनुसार उक्त बङ्गलादेशी नागरिक 10 महीनाअघि भारत–बङ्गलादेश सीमाको हल्दीबारी इलाकाबाट एक दलालको सहयोगमा भारत प्रवेश गरेका थिए। भारतका विभिन्न स्थान घुमेपछि तिनी नेपाल सीमावर्ती पानी ट्याङ्कीको कालीमन्दिर छेउमा रहेको एउटा भाड़ाको घरमा बस्न…
Read More