breaking news

केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

प्रतीक्षाको अन्त्य भएको छ। अब धेरै कम्ती समयमा नै बाघडुग्राबाट गान्तोक पुग्न सकिने भएको छ। बाघडुग्रादेखि गान्तोकसम्म हेलिकप्टर सेवा आरम्भ गरिएको छ। 17 अगस्तदेखि यो सेवा आरम्भ गरिएको हो। फेरि बुर्तुक हेलिप्याडदेखि एमआई-172 हेलिकप्टर सेवा आरम्भ गरिएको छ। सिक्किम टुरिजम डेभलपमेण्ट कर्पोरेशन र स्काई वन एयरवेज लिमिटेडको संयुक्त पहलमा यो सेवा आरम्भ गरिएको हो। अबदेखि सड़क मार्गमार्फत लामो समय यात्रा गर्नु पर्दैन। यसको साटो अब 30-35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुग्न सकिनेछ।एमआई-172 हेलिकप्टरमा 20 जना यात्रीहरूले एकसाथ यात्रा गर्न सक्नेछन्। तर यात्रीहरूले अधिकतम 10 किलोसम्म मात्र लगेज लैजान पाउनेछन्। टिकट बुकिङका लागि बाघडुग्रा विमानस्थलको हेलिकप्टर बुकिङ कार्यालयमा फोन गर्न सकिन्छ। नम्बरहरू…
Read More
मिरिक पञ्चायत समितिको निर्माणाधीन भवन पैह्रोको चपेटमा

मिरिक पञ्चायत समितिको निर्माणाधीन भवन पैह्रोको चपेटमा

मिरिक पञ्चायत समितिको निर्माणाधीन भवन पैह्रोको चपेटमा परेको छ। उक्त भवन निर्माणको कार्य लगभग 90 प्रतिशत पूरा भइसकेको थियो। यसै महीनाको अन्तमा भवन पञ्चायत समितिलाई हस्तान्तरण गरिने तयारी चलिरहेको थाहा पाइएको छ। तर यसैबीच भवन पैह्रोको चपेटमा परेको छ। पैह्रोको कारण भवनलाई क्षति पुगेको छ। त्यसोसले गर्दा भवन हस्तान्तरणमा विलम्ब हुन सक्नेछ।
Read More
पदातिकको इञ्जिन खराबीले यात्रीहरू समस्यामा

पदातिकको इञ्जिन खराबीले यात्रीहरू समस्यामा

पदातिक एक्सप्रेसको इन्जिन बिग्रियो। त्यसकारण लगभघ तीन घण्टा यात्रीहरूले चरम सास्ती भोग्नु पर्यो्। प्राप्त जानकारीअनुसार, बिहीवार लगभग तीन घण्टाभन्दा अधिक समयसम्म रानीनगर स्टेशनमा प्रवेश गर्नअघि नै ट्रेन रोकिन पुगेको थियो। ट्रेनमा 300 भन्दा अधिक यात्रीहरू थिए। त्यसै ट्रेनमा कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोष पनि थिए। पछिल्लो समयमा रेलयात्रा असह्य हुँदै गइरहेको तिनको आरोप छ। यद्यपि समस्या समाधान भएपछि ट्रेन फेरि चल्न थालेको छ। ट्रेनका अधिकांश यात्रीहरू जलपाइगढ़ी, कोचबिहार अनि अलिपुरद्वारका थिए। पूर्व उत्तर बङ्गाल विकास मन्त्री रवीन्द्रनाथ घोष कोलकाताबाट फर्किँदै थिए। घोषले भने, रेलयात्रा अहिले पीड़ाको यात्रामा परिणत भएको छ। कुनै मरम्मती देखरेख छैन, कुनै समय तालिका छैन। बिहान साढ़े…
Read More
गैरीवासको पुल क्षतिग्रस्त

गैरीवासको पुल क्षतिग्रस्त

10 नम्बर राष्ट्रिय राजमार्गपछि अब झोलुङनजिक गैरीवास क्षेत्रमा निर्माणाधीन पुल भत्किएर समस्या सिर्जना भएको छ। गैरीवासको यो निर्माणाधीन पुल बुधवार भत्किएर खसेको हो। उक्त पुल निर्माणको जिम्मा बोर्डर रोड्स अर्गनाइजेशन (बीआरओ) ले लिएको थियो। निर्माणाधीन पुल यसरी भत्किएपछि बीआरओको कार्यबारे पनि प्रश्न उठ्न थालेको छ। तर लगातार भइरहेको अत्यधिक वर्षाको कारण यो घटना हो कि होइन भनेर पनि जाँच भइरहेको छ।उता बीआरओको निगरानीमा जोङ्गुमा मोड्युलर पुल निर्माणको कार्य सम्पन्न भएको छ। बुधवार मङ्गन र चुङथाङ करिडोरबीच रहेको मोड्युलर पुल सर्वसाधारणका लागि खोलिएको छ। यसले गर्दा लाचेन, लाचुङ जान अब कुनै समस्या हुने छैन। केही महीनाअघि टिस्टामा जल स्तर बढ्दा जोङ्गुको…
Read More
पर्खालले थिचिएर शिशुहरूको मृत्यु

पर्खालले थिचिएर शिशुहरूको मृत्यु

लगातार मुसलधारे वर्षा भइरहेको छ। त्यसकारण छिमेकीको घरको पर्खाल भत्कियो। पर्खालले थिचिँदा दुई बालक-बालिकाको मृत्यु भएको छ। यो दुर्घटना जलपाइगढ़ीको राजगञ्ज क्षेत्रमा भएको हो। मारिएका दुई बालिका अनि बालकको नाम मधुमिता मोदक (3) अनि देबायन मोदक (1.5) हो। हिजो राति मुसलधारे वर्षा भइरहँदा सिलगढ़ी कमिश्नरेट पुलिसअन्तर्गत पर्ने जलपाइगढ़ी जिल्लाको राजगञ्ज ब्लकस्थित भोरेर आलो थाना क्षेत्रको पाघालुपाड़ा इलाकामा एउटा घरको माटोको पर्खाल भत्कियो। त्यति बेला छिमेकीको घरमा दिदी–भाइ सुतिरहेका थिए। भत्किएको माटोको पर्खाल तिनीहरू सुतिरहेका कोठामा लड्दा दुवै थिचिए।स्थानीय मानिसहरूले तुरुन्त माटोको पर्खाल हटाएर दिदी–भाइलाई उद्धार गरेर सिलगढ़ी जिल्ला अस्पताल पुऱ्याउँदा चिकित्सकहरूले तिनीहरूलाई मृत घोषणा गरे। घटनापछि क्षेत्रमा शोकको लहर फैलियो।…
Read More
एसएसबीद्वारा तिरङ्गा ऱ्याली

एसएसबीद्वारा तिरङ्गा ऱ्याली

आठौँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरङ्गा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयदेखि मोटर साइकल तिरङ्गा र्या्ली निकालिएको थियो। ऱ्यालीमा अधिकारीहरू, जवानहरू अनि स्थानीय गाउँलेहरूले उत्साहपूर्वक भाग लिएका थिए।यो र्यायली मुख्यालयदेखि आरम्भ भएर ट्याङ्क मोड़ हुँदै खप्रेल बजार र हिमुल मोड़सम्म पुगेर पुनः मुख्यालयमै फर्किएको थियो। सहभागीहरूले हातमा राष्ट्रिय झण्डा बोकेर देशभक्तिका नाराहरू लगाउँदै जनचेतना फैलाए। साथै सबै नागरिकहरूलाई आ-आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन आग्रह गरे।त्यससितै वाहिनीको कार्यक्षेत्रभित्र पर्ने वाह्य सीमा चौकी बारामानीरामजोतमा पनि मोटर साइकल ऱ्यालीको आयोजना गरिएको थियो। त्यसै गरी मिरिकको बाघखोर र पशुपति फाटकमा स्कूले विद्यार्थीहरूले स्थानीय…
Read More
डेलिभरी कम्पनीको कर्मचारी पक्राउ

डेलिभरी कम्पनीको कर्मचारी पक्राउ

एक डेलिभरी कम्पनीको कर्मचारीको व्यवहारले गर्दा सोमवार दिनभरि धेरै मानिसहरू असहज हुनु पर्योक। तिनको व्यवहारले महिलाहरूलाई समेत लज्जित हुनु पर्योन। यो घटना सिलगढ़ीको हो। अन्ततः सोमवार राति पुलिसले उक्त युवकलाई नियन्त्रणमा लिएर प्रधाननगर पुलिस चौकीमा पुर्यामयो।प्राप्त जानकारीअनुसार प्रधाननगर थाना क्षेत्रको एसएनटी बस टर्मिनलनजिक एक अनलाइन डेलिभरी कम्पनीको कार्यालय र हब छ। त्यहाँ धेरैजना डेलिभरी केटाहरू कार्यरत छन्। सोमवार बिहान आरोपी युवक त्यहाँ काममा आएका थिए। तर दिउँसोदेखि तिनले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार गरिरहेको आरोप छ। स्थिति बिग्रँदै गएको देखेपछि कम्पनीका कर्मचारीहरूले तिनलाई बुझाएर घर पठाए। तर बेलुकी फेरि त्यहाँ आएर तिनले अशोभनीय व्यवहार गर्न थाले। आरोपअनुसार बाटो हिँड़िरहेका…
Read More
प्रधाननगरको भीषण आगलागीमा रेस्टुरेण्ट जलेर खरानी

प्रधाननगरको भीषण आगलागीमा रेस्टुरेण्ट जलेर खरानी

सिलगढ़ीको प्रधाननगरमा भीषण आगलागीको घटना भएको छ। आगलागीमा एक रेस्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एउटा कपड़ाको पसल पनि क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमानअनुसार आगो गुरुङ बस्तीस्थित एक बहुतले भवनको भुइँतल्लामा रहेको रेस्टुरेण्टबाट आरम्भ भएको हो।प्रत्यक्षदर्शीहरूले बताएअनुसार रेस्टुरेण्टभित्र एक्कासि ठूलो आवाज भएर विस्फोट भएको थियो। त्यसपछि केही सेकेण्डमै आगो फैलिन थाल्यो। रेस्टुरेण्टमा दुईवटा कमर्शियल अनि एउटा घरेलु गरेर तीनवटा ग्यास सिलिण्डर राखिएका थिए। जलनशील पदार्थहरू रहेकाले आगो तुरुन्तै भयावह रूपले फैलियो अनि छेउको कपड़ाको पसलमा पनि सल्कियो।सिलगढ़ी दमकल विभागका दुईवटा दमकल गाड़ीहरू तुरुन्तै घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लामो समयसम्म प्रयास गरेर आगो नियन्त्रणमा ल्याए। तर त्यतिञ्जेलसम्म रेस्टुरेण्ट पूर्ण रूपले…
Read More
छुरी प्रहार गर्ने युवक पक्राउ

छुरी प्रहार गर्ने युवक पक्राउ

नक्कली नोट प्रयोग गर्ने प्रयास असफल भएपछि एक युवाले एक व्यापारीको छोरामाथि आक्रमण गरेको आरोप लागेको छ। यो घटना सिलगढ़ाको हाइदरपाराको घुगुना मोड़ क्षेत्रमा भएको हो। यस घटनाले गर्दा क्षेत्रमा तनाउ सिर्जना भएको छ। प्राप्त विवरणअनुसार बुधवार राति निरज छेत्री ठकुरीले स्थानीय पसलमा नक्कली नोट प्रयोग गरेर सामान किन्न प्रयास गरेका थिए। जब पसलेले उक्त नोट लिन अस्वीकार गरे तब विवाद उत्पन्न भयो। बिहीवार बिहान निरजले पसलेका छोरा प्रियांशु पालमाथि धारिलो हतियारले आक्रमण गरेको आरोप छ। घाइते अवस्थामा पियांशुलाई तत्काल उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पुर्यााइएको छ।यस घटनापछि क्षेत्रमा सन्त्रास फैलियो। आक्रोशित स्थानीय मानिसहरूले आरोपीको फ्ल्याट घेराउ गर्दै विरोध प्रदर्शन…
Read More
आजदेखि बेलगाछी विश्व आदिवासी दिवस

आजदेखि बेलगाछी विश्व आदिवासी दिवस

मिरिक खण्डअन्तर्गत बेलगाछी खेल मैदानमा बिहीवारदेखि चार दिनव्यापी विश्व आदिवासी दिवस सम्पन्न हुनेछ। आज सुकना पानीघट्टा सभासद परेश तिर्कीले एउटा प्रेस भेला गरेर विश्व आदिवासी दिवस विषयबारे जानकारी गराए। तिनले भने, आदिवासी जातिको आफ्नै संस्कार-संस्कृति छ। तर वर्तमान पिँढ़ीले आफ्नो संस्कार-संस्कृति भुलिसकेको छ। हामीले यस्तो कार्यक्रमद्वारा नै आफ्नो संस्कृति औ संस्कारहरूबारे नानीहरूलाई बताउनु पर्छ।आदिवासी जातिभित्र पनि विभिन्न जातहरू छन्। सन्थाल, उरावँ, तिर्की, बराइक आदि धेरै जातहरू छन्। हामीले आफ्नो संस्कृतिअनुसार कार्यहरू पनि गर्छौँ। बिहीवारको पहिलो कार्यक्रममा मुख्य अतिथि जीटीए कार्यपाल अनित थापा रहनेछन् भने कार्यक्रममा दार्जीलिङ डीएम अनि जीटीए सचिवको पनि उपस्थिति रहने तिनले बताए।यस कार्यक्रममा आदिवासी जातिबाहेक गोर्खा समुदायका…
Read More