24
Oct
चिकेन नेकको सुरक्षा कमजोर हुन नदिन हिमालयको उच्च क्षेत्रहरूमा भारतीय सेनाले रणकौशल तयार गरिरहेको छ। वायुसेना र नौसेनाले पनि तयारी आरम्भ गरिसकेका छन्। हालै सिक्किम, अरुणाचल प्रदेशसहित पार्वतीय हिमालयका विभिन्न स्थानहरूमा एकपछि अर्को गरी युद्ध अस्त्र भण्डारण गरिँदैछ। नोभेम्बरमै यी तीनै सेनाले संयुक्त रूपमा उत्तर पूर्व भारतमा सबैभन्दा ठूलो युद्ध अभ्यास गर्नेछन्। भारतीय सेनाले उक्त अभ्यासको नाम पूर्व प्रचण्ड प्रहार राखेको छ। अभ्यास नोभेम्बरको शुरुमै हुने सेनाले बताइसकेको छ तर कति दिनसम्म अभ्यास चल्नेछ भन्ने विषय अझै सार्वजनिक गरिएको छैन।विदेशीको अचानक आक्रमण रोक्न सेनाले कस्तो तयारी छ भनी जाँच्न र आक्रमण रोकिसकेपछि कसरी द्रुत रूपमा प्रत्याघात गर्न सकिन्छ भनी अभ्यासमार्फत…
