breaking news

नक्सलबारीमा ब्राउन सुगरसहित दुई पक्राउ

नक्सलबारीमा ब्राउन सुगरसहित दुई पक्राउ

नक्सलबारी एशियन हाईवे–2 मा मादक पदार्थ वितरणको योजना पुलिसले असफल बनाएको छ। 124 ग्राम ब्राउन सुगरसहित 2 मादक पदार्थ कारोबारीहरू पुलिसको जालमा परे। प्राप्त जानकारीअनुसार अबेर राति नक्सलबारीको रथखोलानजिक एउटा होटलको छेउको सुनसान क्षेत्रमा मादक पदार्थ वितरण गर्ने योजना बनाइएको थियो। गुप्त सूचनाका आधारमा नक्सलबारी थानाको सादा पोसाकधारी पुलिसले अभियान चलाएर दुई युवकहरूलाई नियन्त्रणमा लियो। युवकहरूको तलासी गर्दा 124 ग्राम ब्राउन सुगर फेला पऱ्यो अनि त्यसपछि तिनीहरूलाई पक्राउ गरिएको बताइएको छ।पक्राउ परेका व्यक्तिहरू क्रमशः पानी ट्याङ्कीको दूध गेटका वासिन्दा माधव छेत्री अनि नक्सलबारीको दयराम जोतका वासिन्दा अजय मण्डल हुन्।पुलिस सूत्रअनुसार माधव छेत्री मोटर साइकलमा अजय मण्डललाई ब्राउन सुगर बिक्री गर्ने…
Read More
एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनको वेटिङ–रूमबाट एक अज्ञात महिलाको मृतदेह फेला परेको छ। मङ्गलवार एक महिला बिरामी परेकी छन् भन्ने जानकारी पाएपछि जीआरपी र आरपीएफ अधिकारीहरू त्यहाँ पुगेका थिए। सूचना पाएलगत्तै पुलिस कर्मीहरू चिकित्सकलाई साथमा लिएर वेटिङ–रूममा पुगे। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उक्त महिलालाई मृत घोषित गरेका जानकारी प्राप्त भएको छ। जीआरपी सूत्रअनुसार हालसम्म पनि उक्त महिलाको पहिचानबारे थाहा पाइएको छैन। महिलाले हरियो रङ्गको चुरिदार र रातो रङ्गको प्याण्ट लगाएकी थिइन्। घटनाको जाँच न्यू जलपाइगढ़ी जीआरपीले आरम्भ गरेको छ। साथै महिलाको पहिचानबारे पत्तो लगाउने प्रयास जारी छ। एनजेपी स्टेशनबाट मृतदेह उठाएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। पोष्टमर्टमपछि…
Read More
खोरीबारी जाली प्रमाणपत्र काण्डमा पुनः पक्राउ

खोरीबारी जाली प्रमाणपत्र काण्डमा पुनः पक्राउ

खोरीबारी ग्रामीण अस्पतालको जाली जन्म र मृत्यु प्रमाणपत्र प्रकरणमा पुलिसले थप एक व्यक्तिलाई पक्राउ गरेको छ। यससितै पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या 6 पुगेको छ। मुख्य आरोपी पार्थ साहापछि यसपल्ट खोरीबारी र फाँसीदेवा थानाअन्तर्गत बिधाननगर जाँच केन्द्रको संयुक्त पुलिस टोलीले फाँसीदेवा ब्लकको बिधाननगर पाइकपाड़ामा छापा मारेको हो। अभियानका क्रममा अनलाइन सेवाको आवरणमा सञ्चालन भइरहेको एक अवैध कारोबारको पत्तो लागेको छ। त्यहाँबाट पक्राउ परेका सुव्रत घोष उर्फ लिटन घोषको पसलबाट तीनवटा कम्प्युटर जफत गरिएको छ जसमा थुप्रै जन्म र मृत्यु प्रमाणपत्रका अभिलेखहरू भेटिएका छन्। त्यससितै आधार कार्ड बनाउन प्रयोग हुने बायोमेट्रिक मेसिन र रेटिना स्क्यानरसमेत पुलिसले जफत गरेको छ।अहिले पक्राउ पर्ने व्यक्तिलाई…
Read More
32 किलो गाँजा जफत, एक पक्राउ

32 किलो गाँजा जफत, एक पक्राउ

मादक पदार्थविरुद्ध अभियानमा ठूलो सफलता प्राप्त भएको छ। गोप्य सूचनाको आधारमा प्रधाननगर थानाको सादा पोसाक पुलिसले 32 किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम शशि कौर हो। तिनको घर सिलगढ़ीको 45 नम्बर वार्डको बाघजतीन कोलोनीमा रहेको बताइएको छ।पुलिस सूत्रअनुसार बुधवार राति सिलगढ़ी जङ्क्शन क्षेत्रमा उक्त युवक दुईवटा बोरा लिएर बस समात्ने प्रतीक्षामा थिए। उक्त जानकारी पाएपछि प्रधाननगर थानाको सादा पोसाकको पुलिस टोली तत्कालै घटनास्थलमा आइपुग्यो। त्यसपछि शङ्कास्पद युवकलाई सोधपुछ गरियो। पहिले तिनले बोराभित्र सब्जी रहेको र ती सब्जी छेउको जिल्लामा लगिरहेको बताए। तर पुलिसलाई शङ्का लागेपछि तलासी लिइयो। तलासीका क्रममा बोराको माथिल्लो भागमा केही सब्जी भए…
Read More
नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक पुलिसले नशालु पदार्थविरुद्ध अभियान जारी राखेको छ। मिरिक पुलिसले नशालु पदार्थविरुद्ध चलाएको विशेष अभियानमा मिरिकका विभिन्न ठाँउबाट नशालु पदार्थसहित चारजनालाई पक्राउ गरियो। पक्रा परेकाहरूलाई अघिल्ला कारवाहीका लागि मिरिक न्यायालयमा पठाएको छ।मिरिकबाट नशालु पदार्थको सेवन र बिक्रीलाई जराबाटै उखेलेर फाल्न मिरिक पुलिस सक्रिय बनेको छ। त्यस दिशामा मिरिक पुलिसले छानबिन अभियानलाई गति दिइरहेको छ। साथै सन्देहजनक व्यक्तिहरूलाई सोधखोज अनि तलासी पनि गरिरहेको छ। मिरिक पुलिसले यस अभियानलाई आगामी दिन पनि जारी राख्ने बताएको छ। मिरिक पुलिसको नशालु पदार्थविरुद्ध अभियानलाई सबैले प्रशंसा गरिरहेको छ।
Read More
शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

पाड़ाको क्लबको सिमाना पर्खाल निर्माण विषयबारे भाजपा बनाम तृणमूल विवाद चर्किएको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा यो विवाद विधायक बनाम उप–मेयरबीच भएको हो। घटनाप्रति स्थानीय वासिन्दाहरू असन्तुष्ट भएका छन्। सिलगढ़ीको 15 नम्बर वार्डस्थित उद्यान समिति क्लबमा विधायक कोषबाट पाँच लाख रुपियाँ प्रयोग गरी सिलगढ़ी जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीले पूजाअघि सिमाना पर्खाल निर्माणको कार्य थालेको थियो। तर सोमवार सोही कामका लागि फेरि उत्तर बङ्गाल उन्नयन डिपार्टमेण्टबाट रकम छुट्याई शिलान्यास कार्यक्रम गरियो। सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले भने, स्थानीय वासिन्दाको मागअनुसार मैले क्लबको सिमाना पर्खाल बनाउनका लागि पाँच लाख रुपियाँ छुट्याएको थिएँ। एसजेडीएले काम आरम्भ पनि गरिसकेको थियो। त्यसपछि उत्तर बङ्गाल विकास विभागले…
Read More
अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

जुलाई महीनादेखि बिग्रिएको विद्युत चुल्हो मरम्मती हुन सकेको छैन। बिद्युत चुल्हो मरम्मतीका लागि विधायकले रकम उपलब्ध गराउन चाहे पनि नगरपालिकाले त्यो पैसा लिन अस्वीकार गरेको छ। अलिपुरद्वार शहरको 17 नम्बर वार्डको शिभगञ्ज श्मशानघाटमा मात्र विद्युत चुल्हो छ। यो चुल्हो केही महीनादेखि बिग्रिएको अवस्थामा छ। हावाहुरीका कारण यसको चिम्नी उड़ेको थियो जसका कारण सर्वसाधारणलाई असुविधा भइरेहेको छ। अलिपुरद्वारका विधायक तथा तृणमूल नेता सुमन काञ्जिलाले विद्युत चुल्हो मरम्मतीका लागि विधायक कोषबाट 10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेर त्यसबारे जिला शासकलाई पत्र लेखे। विधायक सुमनले भने, गत जुलाईमा प्राकृतिक प्रकोपका कारण विद्युत चुल्हो बिग्रिएको थियो अनि त्यसपछि बन्दै छ। त्यो अहिलेसम्म पनि…
Read More
पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भुटिया सानो सहयोग भए पनि ठूलो मन बोकेर पुगे टुहुरो यावाङ राईको बड़ा बड़ीको घर। चौध वर्षीय यावाङ राईको बाबाको निधन भइसकेको छ भने आमाले पनि तिनलाई छाड़ेर गई। तिनी नौ माइल राणा गाउँमा एकलै बस्दै थिए। यसै क्रममा 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले तिनको घर क्षतिग्रस्त पारिदियो। तिनी भाग्यले बाँचे अनि अहिले आफ्ना बड़ा-बड़ीको घरमा बस्दै आइरहेका छन्।आमा-बाबाविहीन तिनै किशोरलाई सहयोग गर्न बुधवार मिरिक निवासी पेम्बा भुटिया यावाङका बड़ा-बड़ीको घरमा पुगेका हुन्। भुटियाले खाद्य सामग्री तथा लताकपड़ा प्रदान गरे। यस अवसरमा बोल्दै पेम्बा भुटियाले भने यावाङ राईको वस्तुस्थिति बुझेपछि ठूलो मन लिएर सानो…
Read More
पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

कोलकाता–चन्दननगरका लाइट थीमबाट यसपल्ट सिलगढ़ी कलेजपाड़ा जगद्धात्री पूजा प्रत्यक्ष उड़िस्साको पुरी जगन्नाथ मन्दिरको पवित्र ध्वनि धारामा ओतप्रोत भएको छ। यो सामान्य पण्डाल होइन तर यसपालिको अद्भुत आकर्षण यही हो कि पूजाको मुख्य केन्द्रमा पुरी शैलीका लाइभ घण्टा, काँसा र शङ्खवादकको टोली समावेश गरिएको छ जसले पहिले नै सिलगढ़ीका दर्शकहरूलाई भावुक बनाइदिएको छ।कलेजपाड़ा पूजा समितिका सचिव सौरभ भास्करले भने, पाँचौँ वर्षमा हामी केवल पण्डाल मात्र देखाउन चाहँदैनौँ। तर मानिसहरूले आँखाले मात्र होइन कान र मुटुको माध्यमबाट पनि पूजाको अनुभव गर्न सकून् भन्ने हाम्रो विचार हो। यही भावनाबाट पुरी मन्दिरको परम्परागत साउण्ड सिस्टमलाई लाइभ रूपमा ल्याइएको हो।यस्तो आध्यात्मिक वातावरणबीच 12 ज्योतिर्लिङ्ग–आधारित भारत…
Read More
दार्जीलिङ मोड़मा भयावह आगलागी

दार्जीलिङ मोड़मा भयावह आगलागी

बितेको राति सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा भयावह आगलागीको घटनाले क्षेत्रभरि होहल्ला मच्चाइदियो। आगो यति तीव्र फैलियो कि हेर्दाहेर्दै चारवटा फर्निचर पसलहरू पूरै जलेर स्वाहा भए भने अर्को पसल आंशिक रूपले क्षतिग्रस्त भएको छ।स्थानीय सूत्रहरूबाट प्राप्त जानकारीअनुसार, राति अचानक आगोको लपेटाहरू देखिएपछि मानिसहरू आफ्ना घरबाट बाहिर निस्किए। घटनाको जानकारी पाएर दमकल विभागका पाँचवटा गाड़ी घटनास्थलमा आइपुगे अनि धेरै घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो। तर आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर प्रारम्भिक जाँचमा यो शर्ट सर्किटको कारण भएको हुन सक्ने अनुमान गरिएको छ। चाड़पर्वको यस मौसममा लागेको यस भीषण आगलागीले व्यापारीहरूलाई ठूलो क्षति पुऱ्याएको छ। स्थानीय वासिन्दाहरू पनि यस…
Read More