07
Jan
राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका पति अर्धेन्दु चौधुरीअनुसार एसआईआरको कार्यको अत्यधिक चापका कारण केही दिनदेखि नै सम्पृता बिरामी थिइन्। चिकित्सकले तिनलाई विश्राम लिन सल्लाह दिएका थिए। तर कामको चापका कारण तिनलाई विश्राम लिन खासै मौका मिलेन। जाड़ोका कारण तिनी निकै कष्ट पाइरहेकी थिइन्। यी सबै कारणले गर्दा मङ्गलवार मध्य राति…
