breaking news

72 घण्टाभित्र आत्मसमर्पण गर्ने प्रशान्त बर्मनलाई उच्च न्यायालयको निर्देश

72 घण्टाभित्र आत्मसमर्पण गर्ने प्रशान्त बर्मनलाई उच्च न्यायालयको निर्देश

सल्टलेकका स्वर्ण व्यवसायी स्वपन कामिल्याको हत्या प्रकरणमा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई 72 घण्टाभित्र आत्मसमर्पण गर्न कलकत्ता उच्च न्यायालयले निर्देशन दिएको छ। न्यायमूर्ति तीर्थङ्कर घोषले बताएअनुसार हत्या जस्तो गम्भीर घटनाको आरोपीलाई जमानत वा अग्रिम जमानत दिने क्रममा विचार गर्नुपर्ने विषयहरू तल्लो न्यायालयले विचार गरेको छैन। गम्भीर आरोप तथा महत्त्वपूर्ण तथ्य–प्रमाणलाई अदेखा गर्दै जमानत दिइएको न्यायमूर्तिले बताएका छन्। त्यसैले उक्त आदेश रद्द गरिएको हो।स्वपन कामिल्याको अपहरण तथा हत्या सम्बन्धी मुद्दामा उत्तर बङ्गालको राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई बारासात न्यायालयले अग्रिम जमानत दिएको थियो। प्रशान्त बर्मनको अग्रिम जमानतको विरोध गर्दै पुलिस उच्च न्यायालय पुगेको थियो। पुलिसले नक्कली कागजात प्रस्तुत गरी तिनले तल्लो न्यायालयबाट…
Read More
युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट वेल्फेयर एसोसिएशन आज औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ सङ्गठनको रूपमा आबद्ध भएको छ। दार्जीलिङस्थित भागोप्रमोको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एसोसिएशनले पार्टीको झण्डा ग्रहण गरेको हो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर ब्लोन अनि आलोक कान्तमणि थुलुङलगायत अन्य नेताहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा सेण्डिकेट एसोसिएशनको भागोप्रमो पार्टीमा प्रवेश कार्यक्रम सम्पन्न भयो। 17 वटा ट्याक्सी सेण्डिकेट मिलेर बनिएको यस वेलफेयर एसोसिएशनले पार्टीप्रति विश्वास र सहकार्यको प्रतिबद्धता जनाएको छ।कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै एसोसिएशनका महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको प्रवेश संस्थागत सङ्गठन विस्तारको दृष्टिले ऐतिहासिक रहेको बताए। तिनले आगामी…
Read More
टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

लाटागुड़ी बजारदेखि नेउरा चियाबारी हुँदै पुगिन्छ लाल पुल अनि धूपझोड़ा बजारदेखि बड़ादिघी चियाबारी हुँदै लगभग 7 किलोमिटर टाढ़ो छोयाफेली वनबस्ती पुगिन्छ। केही वर्ष अघिसम्म यी दुई ठाउँबारे खासै कसैलाई जानकारी थिएन। यी स्थानहरू लोकप्रिय पर्यटन गन्तव्य बन्न सक्छन् भन्ने पर्यटन क्षेत्रका कसैले कल्पनासम्म गरेका थिएनन्। तर अहिले यी दुई ठाउँमा पुगेपछि मानिसहरूको भीड़ देख्न सकिन्छ। केही वर्षमै पूरै दृश्य परिवर्तन भएको छ। यस परिवर्तनको पछाड़ि स्थानीय टोटो चालकहरूको ठूलो भूमिका छ। यसबाट तिनीहरूको आम्दानीको बाटो सहज बनेको छ भने लाटागुड़ी घुम्न आएका पर्यटकहरू पनि केवल परिचित स्थानमै घुमेर फर्किरहेका छैनन्। कम्तीमा एकपल्ट भए पनि यी अफबिट स्थलहरू एक्सप्लोर गरेर पर्यटकहरू…
Read More
क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

दुर्गा पूजापछि डुवर्सका जङ्गल क्षेत्रमा खासै भीड़ देखिएको थिएन। त्यसपछि नोभेम्बरको आरम्भसितै एसआईआर प्रक्रिया आरम्भ भयो। घरमै बीएलओ आएर फर्किएपछि नाम मतदाता सूचीमा नपर्न सक्ने आशङ्काले धेरै मानिस घरबाट बाहिर निस्किएनन्। त्यससितै राज्यका विभिन्न विद्यालयहरूमा वार्षिक परीक्षा पनि आरम्भ भयो। यी सबै कारणले डुवर्सको पर्यटन व्यवसाय सुस्त अवस्थामा थियो। तर क्रमशः सबै समस्या समाधान हुँदै गए अनि एसआईआरको फारम बुझाउने चरण सम्पन्न भइसकेको छ। विद्यालयमा परीक्षा पनि अन्तिम चरणमा पुगेको छ। यी सबै कारणले गर्दा अब डुवर्सका जङ्गल क्षेत्रमा पर्यटकहरूको भीड़ बढ्न थालेको छ। लाटागुड़ी जङ्गल सफारी, गोरुमारा वाचटावरलगायत महत्त्वपूर्ण पर्यटन केन्द्रहरूमा भीड़ देखिन थालेको छ। होटल, रिसोर्ट र होम–स्टेहरूमा…
Read More
बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

पुलिसले चाहे के गर्न सक्दैन भन्ने कुराको फेरि एकपल्ट प्रमाण दिएको छ सिलगढ़ी मेट्रोपोलिटन पुलिसले। उजुरी दर्ता भएको केवल छ दिनभित्रै लगभग 6 लाख रुपियाँ बराबरको चोरी भएको सुन र चाँदीका गहना उद्धार गर्दै प्रधाननगर थानाअन्तर्गतको एण्टी क्राइम ब्राञ्चले ठूलो सफलता प्राप्त गरेको छ। यस घटनामा चोरसँगै चोरीका गहना किन्ने आरोपमा एक जना सुन व्यवसायीलाई पनि पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार गत 13 तारिख सिलगढ़ीको 46 नम्बर वार्डअन्तर्गत प्रफुल्लनगर क्षेत्रका वासिन्दा चन्दु कुमार मण्डलले प्रधाननगर थानामा लिखित उजुरी दर्ता गराएका थिए। उजुरीमा तिनले 28 तारिख राति आफ्नै घरबाट लगभग 6 लाख रुपियाँ बराबरको सुन र चाँदीका गहना चोरी भएको जानकारी…
Read More
डीडीसीकेएमयूले पैह्रो पीड़ितहरूलाई घर निर्माण गरिदिने

डीडीसीकेएमयूले पैह्रो पीड़ितहरूलाई घर निर्माण गरिदिने

माकपाको श्रमिक सङ्गठन दार्जीलिङ जिल्ला चियाकमान मजदुर युनियन (डीडीसीकेएमयू)ले थर्बु चियाबारीका चार पैह्रो पीड़ितहरूको घर निर्माणको जिम्मा लिएको छ। घर निर्माणका लागि टिनको छानो वितरण गर्ने कार्य थर्बु नन्दलाल गाउँ सार्वजनिक भवनमा गरिएको छ। मङ्गलवार इष्टर्न रेलवे मेन्स युनियनका अध्यक्ष चितरञ्जन सरकार, महासचिव अरूप गाङ्गुली, वित्तीय सचिव किष्टेण्डु मुखर्जी अनि जोनल युथ सचिव प्रलाद दत्त सामग्री लिएर आएका थिए। तिनीहरूले पीड़ितहरूलाई टिनको छानो साथै लुगाफाटाहरू वितरण गरे। यस अवसमा माकपा नेता सचिन खाती, डीडीसीकेएमयूका सदस्य किस्मत तामाङ, थर्बु युनिटका सदस्य सुवर्ण राई आदि उपस्थित थिए। यस अवसरमा बोल्दै माकपा नेता सचिन खातीले भने, गत 4 अक्टोबरमा गएको विनाशकारी पैह्रोले धेरै…
Read More
ग्लेनरिजको बार सिल

ग्लेनरिजको बार सिल

दार्जीलिङ शहर घुम्न जाँदा ग्लेनरिज नजाने भन्ने कुरा पर्यटकहरूका लागि असम्भव जस्तै हो। तर क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको ठीक अगाड़ि ग्लेनरिज रेष्टुरेण्टलाई ठूलो धक्का लागेको छ। मङ्गलवार आबकारी विभागले तीन महीनाको लागि ग्लेनरिजको सय वर्ष पुरानो बार बन्द गरिदिएको छ। यो खबर फैलिन साथ दार्जीलिङमा तीव्र विवाद उत्पन्न भएको छ। ग्लेनरिजका मालिक इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अध्यक्ष तथा जीटीए सभासद अजय एडवर्ड्स हुन्। यसका पछाड़ि राजनीतिक उद्देश्य रहेको आरोप अजय एडवर्ड्स र तिनका टोलीका नेताहरूले लगाएका छन्। मङ्गलवार रातिदेखि दार्जीलिङ जिल्ला आबकारी विभागले दार्जीलिङ शहरको ऐतिहासिक ग्लेनरिज बार बन्द गरिदिएको हो। सूत्रअनुसार बारविरुद्ध धेरै अनियमितताको आरोप छ। सरकारी स्वीकृति…
Read More
गोवा घटनामा बाघडुग्राका सुभाष छेत्रीको मृत्यु

गोवा घटनामा बाघडुग्राका सुभाष छेत्रीको मृत्यु

आइतवार राति गोवाको एउटा नाइट क्लबमा भएको आगलागी घटनामा बाघडुग्राका 24 वर्षीय युवा सुभाष छेत्रीको मृत्यु भएको छ। लगभग दुई वर्षअघि तिनी उक्त नाइट क्लबमा शेफ कार्यमा लागेका थिए। गत राति आगलागी घटना हुँदा सुभाष खाना पकाउने कार्यमै व्यस्त थिए। घरमा अहिले तिनकी आमा टङ्कमाया छेत्री मात्र रहन्छन्। घटना थाहा पाएपछि आमा विह्वल बनिन्।सुभाषकी दिदी उर्मिला छेत्रीले भनिन्, खबर हेरेपछि भाइ गम्भीर घाइते भएको थाहा पायौँ। तर पछि मृत्युसमेत भएको पुष्टि भयो। उक्त घटनाप्रति तिनले नाइट क्लब प्रशासनप्रति तीव्र आक्रोश पोखिन्। नाइट क्लबमा आगो नियन्त्रण तथा सुरक्षाको उचित व्यवस्था नभएको परिवारको आरोप छ। त्यसै लापरवाहीका कारण सुभाषको मृत्यु भएको हो।…
Read More
माना दुर्घटनामा तीनको मृत्यु

माना दुर्घटनामा तीनको मृत्यु

फेरि पहाड़मा दुःखद सड़क दुर्घटना भएको छ। यात्रीहरू बोकेको वाहन पहाड़बाट खस्दा तीनजनाको मृत्यु भएको छ। आइतवार राति घटनाको यो दुर्घटना खरसाङको माना भन्ने स्थानमा भएको हो। निर्जन पहाड़ी क्षेत्रमा यो दुर्घटना भएको कारण पहिले कसैलाई थाहा भएन। लामो समयपछि सोमवार बिहान दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको हो। त्यससितै तीनजनाको शव पनि फेला परेको छ। मृत व्यक्तिहरूमध्ये एकजना स्थानीय पञ्चायत सदस्य पनि रहेका छन्। स्थानीय सूत्रअनुसार खरसाङदेखि सिटोङ फर्कने क्रममा वाहन पहाड़बाट खसेको थियो। तीनजनाको मृत्यु भयो भने गाड़ी चालक दुर्घटनामा गम्भीर रूपले घाइते भएका छन्। तिनलाई सिलगढ़ीको एक नर्सिङ होममा भर्ना गरिएको छ। पुलिस सूत्रअनुसार तीन मृत व्यक्तिहरूको नाम क्रमशः…
Read More
सार्वजनिक भवन मरम्मती कार्यको शिलान्यास

सार्वजनिक भवन मरम्मती कार्यको शिलान्यास

मिरिक महकुमाअन्तर्गत सौरेनी समष्टिको टिङलिङ पिप्ली बोटे सार्वजनिक भवन मरम्मती अनि शौचालय निर्माण कार्यको शिलान्यास गरिएको छ। ग्राम पञ्चायत सदस्य सञ्जय प्रधान र पञ्चायत समीति सदस्य आशा छेत्रीको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको हो।स्थानीय मानिसहरूले लामो समयदेखि सार्वजनिक भवनको मरम्मती साथै शौचालय निर्माणको माग गर्दै आइरहेका थिए। उक्त मागलाई ध्यानमा राखेर समष्टिका कार्यकारी सभासद अरुण सिग्चीको पहलमा सार्वजनिक भवन मरम्मती अनि शौचालय निर्माण हुने भएको ग्राम पञ्चायत सदस्य सञ्जय ढकालले जानकारी गराएका छन्।यो कार्य समाप्त भएपछि गाँउवासीलाई सामाजिक कार्यहरू आयोजना गर्न सुविधा हुने तिनले बताए। यस कार्यका लागि पहल गरिदिएकोमा सम्बन्धित निकायप्रति तिनले आभार प्रकट गरेका छन्।
Read More