10
Jan
मालदाको सुकदेवपुरमा खुल्ला सिमानाको भारतीय भूभागमा काँड़े तारको बार लगाउने कार्य बिहीवार पनि रोकियो। सीमा सुरक्षा बल (बीएसएफ) सूत्रअनुसार काम आरम्भ गर्दा बोर्डर गार्ड बङ्गलादेशीको तर्फबाट कुनै बाधा नभए पनि विशेष कारणले खाँबो लगाउन खाल्डो खन्ने काम भने रोकिएको हो। बीएसएफको साउथ बङ्गाल फ्रण्टियरका एकजना अधिकारीले भने, हामी शान्तिपूर्ण तरिकाले काँड़े तारको बार लगाउन चाहन्छौँ। हामी आफैले खाल्डो खन्ने काम रोकेका छौँ। काम छिट्टै आरम्भ हुनेछ।यसैबीच बिहीवार बङ्गलादेशको बेनापोलमा बीएसएफ र बीजीबीका उच्च अधिकारीहरूको बैठक भयो। बीएसएफ सूत्रअनुसार, बैठकमा सीमा व्यवस्थापन र शान्ति कायमसितै सीमामा भइरहेको आपराधिक कार्यविरुद्ध संयुक्त प्रयास र सीमावर्ती क्षेत्रको विकास सम्बन्धी विषयहरूमाथि छलफल भयो। बीएसएफको तर्फबाट…