अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

बलिउड अभिनेत्री कंगना रनौतको पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको छ ।

यी अभिनेत्रीले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पुरस्कार खोस्न माग गरेको हो । अभिनेत्री कंगनाले भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी छन् । उनको त्यो भनाइ यतिबेला निकै विवादमा परेको छ ।

आम आद्मी पार्टीको राष्टिय कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले मुम्बईको अदालतमा अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दासमेत हालेकी छन् । सो पार्टीले कंगनाको अभिव्यक्तको विरोध गर्दै गर्दा प्रीतिले अदालतमै मुद्दा दायर गरेकी हुन् ।

कार्यकारिणी सदस्य मेननले कैयौं भारतीयहरूले आफ्नो ज्यान दिएर कैयौंले अंगभंग भएर गरेको लामो संघर्षपछि भारतले अंग्रेजबाट स्वतन्त्रता पाएको बताएकी छन् । ती शहीदहरूको अभिनेत्री कंगनाले अपमान गरेको र देशद्रोही काम गरेको पनि उनले दाबी गरेकी छन् । मेननले अभिनेत्री कंगनामाथि कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर मागसमेत गरेकी छन् । यो विषयमा अभिनेत्री कंगनाले कुनै पनि प्रतिक्रिया दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *