महिन्द्राद्वारा मालदामा नयाँ प्री-ओण्ड कार स्टोरको शुभारम्भ

महिन्द्रा फर्स्ट चोइस समर्थित अटो कण्टेण्ट अनि वाणिज्य पोर्टल कार एवं बाइकले हालैमा नारायणपुर, झंगरा, मालदामा अवस्थित द अटो मार्शलसँघ साझेदारीमा प्रयुक्त कार स्टोर कार एण्ड बाइक सेलेक्टको शुभारम्भ गरेको छ। यो स्टोरले ग्राहकहरूलाई छनौटको निम्ति प्रमाणित प्रयुक्त कारहरूको एक विस्तृत श्रृंखला प्रदान गर्नेछ।


कार अनि बाइक सेलेक्ट, मालदा ग्राहकहरूको डिजिटल साथै ब्रिक-एण्ड-मोर्टार प्रारूपहरूको सर्वश्रेष्ठ संयोजनको साथ एक सर्व-समावेशी उत्कृष्ट कार-किनमेन अनुभव प्रदान गर्नेछ। ह्युण्डाई, मारुति, होण्डा, टाटा, महिन्द्रा, टोयोटा अनि अन्य जस्ता सबै लोकप्रिय ओईएमको पुराना कारहरू स्टोरमा खुद्रा बिक्रीको निम्ति उपलब्ध हुनेछ। महिन्द्रा फर्स्ट चोइस ह्विल्स लिमिटेडका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी मोहम्मद तुर्राले भने, “यसले उपभोक्ताको आत्मविश्वासका साथ आफ्नो सपनाहरूको कार किन्नको निम्ति मार्गदर्शन गर्न सकियोस् भन्नेहेतु निजी वाहनहरूको बढ़्दो मागको साथमा हामी जस्ताको साझेदारको बढ़्दो आवश्यकता छ।”

By Business Bureau