वाम मोर्चा–कांग्रेस गठबन्धनका उम्मेदवार इमरान राम्ज भिक्टरको समर्थनमा दोमोहना बजारमा कार्यकर्ता भेला भएको छ । यस कार्यकर्ता बैठकमा इमरान भिक्टरले गौतम पालको नेतृत्वमाथि प्रश्नचिन्ह खडा गर्दै भनेका थिए कि गौतम पाल आफूलाई त्यसो हो भने उनी उत्तर दिनाजपुरबाट लोकसभाको उम्मेदवार किन भएनन् ? उम्मेदवार घोषणा भएदेखि नै इमरान राम्ज भिक्टर लगातार चुनावी प्रचारमा जुटेका छन् । उनले विभिन्न सभामा कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । बिहीबार करन्दीघीमा भएको श्रमिक भेलाबाट भिक्टरले वाम गठबन्धनका कार्यकर्तालाई पुँजीपतिविरुद्ध लड्ने मन्त्र दिएका हुन् ।