भारतकै सबैभन्दा ठूलो र विश्वसनीय स्वास्थ्य सेवा सञ्जाल मणिपाल हस्पिटल्स अन्तर्गतको मणिपाल हस्पिटल, रांगापानी ले एक अद्भुत सफलता कथा सार्वजनिक गरेको छ। मिरिक, दार्जिलिङकी ९० वर्षीया महिला (नाम परिवर्तन – श्रीमती लीना गुरुङ) ले सर्भिक्स क्यान्सर (स्टेज I B) सफलतापूर्वक जित्नुभएको छ। उहाँको उपचार डा. सौरोभ गुहा, कन्सल्टेन्ट – रेडियेशन अनकोलोजी, मणिपाल हस्पिटल रांगापानी को निगरानीमा सम्पन्न भएको हो। यो कथा बिरामीको साहस, समयमा पाइएको उपचार र विशेषज्ञ चिकित्साको प्रमाण हो। सन् २०२२ मा श्रीमती गुरुङलाई अचानक गर्भाशयबाट रगतस्राव हुन थाल्यो। जाँच गर्दा MRI रिपोर्टमा सर्भिक्स क्यान्सर पत्ता लाग्यो। उमेरलाई ध्यानमा राखी कीमोथेरापी दिइएन, तर उहाँले साहसपूर्वक २५ सत्र रेडिकल रेडियोथेरापी र २ सत्र इन्ट्राक्याभिटरी ब्रेकीथेरापी गर्नुभयो। सेप्टेम्बर २०२२ मा उपचार पूरा भएपछि MRI र CT स्क्यानमा क्यान्सरको कुनै लक्षण देखिएन।
त्यसयता उहाँ नियमित फलो-अपमा हुनुहुन्छ र तीन वर्षदेखि पूर्णतया क्यान्सरमुक्त हुनुहुन्छ। उहाँको यो उपलब्धिले उत्तरबंगाल, दार्जिलिङ, सिक्किम र नेपालका धेरै परिवारलाई नयाँ आशा दिएको छ। यस मामिलामा डा. सौरोभ गुहाले भन्नुभयो –“श्रीमती गुरुङको रिकभरीले प्रमाणित गर्छ कि क्यान्सर उपचारमा उमेर बाधा बन्नु हुँदैन। सही योजना, सटीक रेडियेशन थेरापी र निरन्तर निगरानीले वृद्ध बिरामीले पनि उत्कृष्ट नतिजा पाउन सक्छन्। मणिपाल हस्पिटल रांगापानीलाई गर्व छ कि हामी पश्चिम बंगाल मात्र नभई सिक्किम, दार्जिलिङ, उत्तर–पूर्व र नेपालका बिरामीलाई समेत आधुनिक क्यान्सर उपचार उपलब्ध गराउँदै आएका छौँ। उहाँको कथा साहस र आधुनिक क्यान्सर केयरको प्रतीक हो।”
कृतज्ञता व्यक्त गर्दै श्रीमती गुरुङका ज्वाइँले भन्नुभयो – “९० वर्षको उमेरमा मेरी सासलाई क्यान्सर भएको पत्ता लाग्दा हामी निकै डराएका थियौं। उहाँ उपचार सहन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने शंका थियो। तर मणिपाल हस्पिटलको विशेषज्ञ टोली र उनीहरूको हेरचाहका कारण आज उहाँ पूर्ण स्वस्थ हुनुहुन्छ र घरमै खुसीपूर्वक जीवन बिताइरहनुभएको छ। मैले आफैं उत्तरबंगाल, सिक्किम र नेपालबाट आएका धेरै बिरामीलाई यहाँ उपचार गराइरहेको देखेको छु र यहाँको सेवा स्तर साँच्चै उत्कृष्ट छ। हामी डा. गুহा र उहाँको टोलीप्रति अत्यन्त आभारी छौँ जसले मेरी सासलाई नयाँ जीवन दिनुभयो।” श्रीमती गुरुङको यो कथा एक महत्वपूर्ण सन्देश दिन्छ – क्यान्सर कुनै पनि उमेरमा हुन सक्छ, तर समयमा जाँच र सही उपचारले यसलाई पूर्णतया निको पार्न सकिन्छ। उहाँको सफलता समयमै स्क्रिनिङ, विशेषज्ञ चिकित्सा र परिवारको सहयोगको महत्त्वलाई उजागर गर्छ।
