भारतको दोस्रो सबैभन्दा पुरानो एसेट म्यानेजमेन्ट कम्पनी केनरा रोबेको एसेट म्यानेजमेन्ट कम्पनी लिमिटेड (“केनरा रोबेको एएमसी”)- (केनरा रोबेको म्युचुअल फन्डको निवेश प्रबन्धक) ले केनरा रोबेकोको निवेशक शिक्षालाई थप सशक्त बनाउने उद्देश्य लिएर १६ जुनदेखि पश्चिम बङ्गालमा म्युचुअल फन्डसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक बस यात्रा शुरु गर्नेछ। यो बसले आफ्नो यात्रा राज्यको राजधानी कोलकाताबाट शुरू गर्नेछ। यसले हावड़ा, दुर्गापुर र आसनसोल हुँदै यात्रा गर्दै १९ दिनपछि सिलगढीमा आफ्नो यात्रा समाप्त गर्नेछ।
“निवेशको दुनियाँमा ज्ञानजत्तिकै मूल्यवान् कुरा निकै कम हुन्छन्। जानकार निवेशकले केवल आफ्ना लागि राम्रो निर्णयहरू लिने मात्र होइन, समग्रमा एक सशक्त र जानकारीमूलक वित्तीय प्रणाली निर्माणमा पनि योगदान दिन्छन्।” “हाम्रो फन्ड हाउसमा, हामी विश्वास गर्छौं कि व्यक्तिहरूलाई म्युचुअल फन्ड निवेशका लाभ श र सम्भावनाबारे शिक्षित गर्दै उनीहरूलाई सशक्त बनाउनु हाम्रो जिम्मेवारी हो,” केनरा रोबेको एएमसीका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकारी राजनिश नरुलाले भने।
“हाम्रो निरन्तर प्रतिबद्धताको क्रममा, हामी हाम्रो ‘निवेश यात्रा’ लाई पश्चिम बङ्गावमा ल्याउँदैछौं र यो एउटा पहल हो जसले वित्तीय समझलाई गहिरो बनाउने र समुदायभरि दीर्घकालीन निवेश मानसिकता विकास गर्ने लक्ष्य राख्दछ।” यो बसले प्रत्येक शहरमा मुख्य स्थलहरू, बजार र चोकहरूमा यात्रा गर्नेछ। यसले डिजिटल अनुभव क्षेत्रको रूपमा काम गर्दै बसभित्र भिडियो र प्रत्यक्ष सत्रमार्फत आम जनतालाई म्युचुअल फन्डका बारेमा शिक्षित गर्नेछ।
“केनरा रोबेको एएमसी-मा, निवेशकलाई सही ज्ञानले सशक्त बनाउनु हाम्रो कार्यको केन्द्रबिन्दु हो। बस यात्रा एक जनतामुखी पहल हो जसले लगानीकर्ताहरूसँग उनीहरू जहाँ छन् त्यहाँ भेटघाट गरेरश हाम्रो सन्देशलाई सोझै समुदायसम्म पुर्याउने उद्देश्य राख्दछ ,” केनरा रोबेको एएमसीका बिक्री तथा मार्केटिङ प्रमुख गौरव गोयलले भने। “हाम्रो लक्ष्य भनेको म्युचुअल फन्ड निवेशलाइ सजिलो बनाउनु, व्यवहारिक मार्गदर्शन दिनु र यसका चारैतिर फैलिएका अनेक मिथकहरूबारे स्पष्ट सन्देश दिनु हो,” गोयलले थपे।
