अवैध निर्माण विरुद्ध सिलगढी नगर निगमको अभियान जारी छ

अवैध निर्माण विरुद्ध सिलगढी नगर निगमको अभियान जारी छ। निगमले आज वडा नम्बर ३६ शान्तिनगरमा बनेको अवैध निर्माण भत्काएको छ। अवैध निर्माणको गुनासो आएपछि आज भत्काइएको निगम स्रोतले जनाएको छ। गैरकानुनी रूपमा बनेको उक्त घरलाई कार्यक्रमका लागि पनि प्रयोग गरिएको थियो। घरधनीलाई निगमले पटकपटक सूचना दिएको थियो। कारबाही नभएको देखेर निगमले शुक्रबार प्रहरीको उपस्थितिमा अवैध निर्माण भत्काएको हो।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *