चीनमा तीन शिशु जन्माउनेलाई बम्पर उपहार

चीनको कम्युनिस्ट सरकारले आफ्नो बाल नीतिमा ठुलो परिवर्तन गरेको छ । चीनले अब तीन सन्तान नीति स्वीकृत गरेको छ । जस अनुसार अब चीनका जनताले तीन वटा शिशुहरूसम्म जन्माउन सक्छन् । सरकारले तीन बच्चा जन्माउनेहरूलाई विशेष आर्थिक प्रोत्साहन पनि दिने कुरो बताएको छ ।

चीनमा लामो समयदेखि बाल नीतिमा परिवर्तनको माग गरिँदै आएको थियो । चीनको एक सन्तान नीतिको कारण सारा विश्वमा आलोचना हुँदै आएको छ । यसै कारणले चीनले सन् २०१६ मा एक सन्तानको सट्टा दुई सन्तान नीति लागू गरेको थियो। अब यो फेरी परिवर्तन भएको छ। अगस्त २० मा चीन सरकारले तीन सन्तान नीति स्वीकृत गन्यो । अब चीनका जनताले तीन सन्तान जन्माउन सक्नेछन् । यस वर्षको मई महिनामा चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले दुई सन्तान नीतिमा शिथिलता ल्याएर सबै अभिभावकलाई तीन सन्तान जन्माउने अनुमति दिएको थियो । अगस्त २० मा राष्ट्रिय जन कँग्रेसको स्थायी समिति यो नीति पारित भएको हो । आमाबाबुले धेरै शिशुहरू जन्माएर पाल्न पोषण गर्न समस्या पर्छ भनेर सरकारले जनतालाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा पनि गरेको छ। यो नयाँ विधेयकमा सरकारले आमा, बुबा, शिशुहरू हुर्काउने आर्थिक बोझ बोक्न नपरोस् भनेर धेरै क्षेत्रहरूमा वित्त, कर, बीमा, शिक्षा, आवास र नोकरीहरूमा आमा बुबालाई मदत गर्नेछ। एक बाल नीतिको कार्यान्वयन पछि चीनमा ६० वर्ष भन्दा माथिका मानिसहरूको जनसंख्या २६ करोड भन्दा अधिक भएको छ । आगामी १० वर्षमा चीनको जनसंख्याको एक चौथाइ जनसंख्या ६५ वर्ष भन्दा माथि हुनेछ। देशमा वृद्धहरूको संख्या लगातार बढ्दै छ, जसको कारण चीन सँग काम गर्ने युवाहरूको कमी छ। यस संकटको सामना गर्न चीनले सेवा निवृत्तिको उमेर बढाउनु पर्छ ताकि काम गर्ने मानिसहरूको कुनै कमी नहोस् । त्यस्तै गरी चीनमा युवा काम गर्ने जनसंख्या लगातार घट्दै गएको छ ।

२०१० को अनुसार, चीन मा १५-५९ वर्षको उमेर समूहको हिस्सा कुल जनसंख्याको ७० प्रतिशत भन्दा अधिक थियो, जुन २०२० मा घटेर ६३.४ प्रतिशतमा आएको छ। विश्वको सबैभन्दा ठुलो देशहरूमध्ये चीनमा सबैभन्दा कम जन्म दर छ र यो संख्या लगातार घट्दै छ। सन् २०१६ मा चीनमा १ करोड ८० लाख शिशु जन्मिएका थिए । २०१९ मा यो आँकडा १ करोड ४० लाखमा पुग्यो । एकै साथ, २०२० मा यो आँकडा १ करोड २० लाखमा घट्यो, जुन १ १९६० पछि कै सबैभन्दा कम हो । सन् १९६० मा गम्भीर खडेरीको कारण चीनमा जन्म दर घटेको थियो । विश्व ब्यांकको विश्वास छ कि २०३०-४० सम्म चीनको जनसंख्या शिखरमा हुनेछ, तर त्यस पछि चीनको जनसंख्या घट्न थाल्नेछ। जे होस्, विशेषज्ञहरूका अनुसार चीनमा आउँदो दशकमा जनसंख्या घट्न थाल्छ । सन् २१०० सम्ममा चीनको जनसंख्या १ अरब हुनेछ, जुन अहिले १ अरब ४४ करोड रहेको छाजब चीनले कडा रूपमा एक शिशु नीति लागू गयो, मानिसहरू डराउन थाले कि उनीहरूका शिशुहरू मध्ये एक छोरी पनि हुन् सक्छ । यस कारण देशमा महिला भ्रूण हत्यामा ठुलो वृद्धि भएको थियो । मानिसहरू अवैध रूपमा गर्भपतन गराउन थाले ।

परिणामको रूपमा देशमा लिंग अनुपात बढ्न थाल्यो । चीनले १९७९ मा एक शिशु नीति ल्यायो । यो सन् १९८० बाट लागू भएको थियो। तब चीनको जनसंख्या ९८ करोड ६१ लाख थियो र लगातार बढ्दै थियो । बढ्दो जनसंख्याले देशको विकासमा बाधा पुयाउन सक्छ भन्ने चीनको डर थियो । यही कारणले यो नीति लागू भएको हो । यस क्रममा मानिसहरूलाई परिवार नियोजन को बारेमा पनि सचेत गराइयो र कडा गरियो । एक भन्दा धेरै शिशु जन्माएको कारण मानिसहरूलाई जरिमाना गरियो । महिलाहरूलाई गर्भपतन गराउन बाध्य गरियो र पुरुषहरूलाई जबरजस्ती बाँझो बनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *