बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत- बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत – बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन् । तिनले भने, हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास र रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ। यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, राष्ट्रपति रामनाथ कोविन्दले ढाकामा विजय दिवसको उत्सवमा सम्मानित अतिथिको रूपमा बंगलादेशको राजकीय भ्रमणमा हुनुहुन्छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको स्वतन्त्रता, कूटनीतिक सम्बन्धको ५० वर्ष र बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीको स्वर्ण जयन्ती समारोहमा सहभागीहुन मार्च महिनामा बंगलादेशको भ्रमण गरेका थिए ।

यस वर्ष दिसम्बर ६ तारिखमा भारत र बंगलादेशले संयुक्त रूपमाविश्वभरि मैत्रीदिवस (मित्रतादिवस) मनाएको थियो । यस दिन भारतले बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यतादिएको थियो । यस झरझरा सिमानाको अनुपम प्रकृतिलाई ध्यानमा राख्दै जहाँ मानिसहरू सीमानजिकै बस्छन् र जातीय र सांस्कृतिक सम्बन्ध साझा गर्छन्, प्रभावकारी सीमाव्यवस्थापन अपरिहार्य छ। बीएसएफले विगत पाँच दशकदेखि यो जटिल र बहुमुखीकार्य गरिरहेको छ भनी जयशंकरले बताएकाछन् । परराष्ट्र मन्त्रीले जानकारी दिएका छन्, सीमामा शान्ति सुनिश्चित गर्न बीएसएफको योगदान र बंगलादेशी सीमा रक्षक (बीजीबी) को सहकार्य आवश्यक छ । यसले हाम्रा जनताहरू बीचको मित्रता कायम राख्न मद्दत गरेको छ। बीजीबीसँग साझेदारीमा, बीएसएफले परिचालन समन्वय सुनिश्चित गर्न र सामाजिक सम्बन्ध सुदृढ गर्न धेरै उपायहरू थालेको छ ।

सन् १९७१ को युद्धमा बीएसएफले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले सन् १९६५ मा पाकिस्तानबाट भारतको सिमानाको रक्षा गर्न जन्मेको बीएसएफ त्यति बेला पनि आफ्नो बाल्यावस्थामा रहेको छ । धेरै तरिकामा १९७१ को अनुभव बीएसएफको लागि प्रेरणा भएको छ । यद्यपि बीएसएफ सेना द्वारा प्रदर्शित असाधारण बहादुरीका कारण पूर्वी र पश्चिमी सीमादुवैमा भारतको पक्षमा परिणाममा आएको छ । उनले भने, हामीमध्ये कसैले पनिमार्च १९७१ मा बंगलादेशका जनता विरुद्ध पाकिस्तानी सेनाले शुरु गरेको नरसंहार अभियानलाई कहिल्यै बिर्सन सक्दैनौं। सर्चलाइट अभियान साँच्चै हालको इतिहासमा सामूहिक अत्याचार र क्रुर हत्याको सबैभन्दा भयानक उदाहरण हो । जब बंगलादेशका जनता बंगबन्धु शेख मुजिबुर रहमानको वीर नेतृत्वमा यस क्रुरदमनको विरुद्ध उठे, भारतमा उनीहरूलाई सहज समर्थन प्राप्त भएको थियो ।

बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकारलाई कायम राख्ने संघर्षमा समर्थन गर्ने हाम्रो राजनीतिक, कूटनीतिक र सैन्य प्रयासहरूले अहिले राम्ररी मान्यता पाएका छन् । भारतको पूर्वी सिमानाको रक्षा गर्दै, बीएसएफले तत्कालयी घट्नाका परिणामहरूको साना गर्नुपर्यो । दशलाख शरणार्थी भारत आएकाथिए, सीमा क्षेत्रमा शिविरमा बसेका थिए । भारतका जनताले आफ्ना उत्पीडित दाजुभाइहरूलाई आफ्नो हृदयखोलेर समर्थन गरेका थिए । बीएसएफले अतुलनीय कुशलता र करुणाका साथ जमीनमा विकसित परिस्थितिलाई व्यवस्थित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *