अफगानिस्तानमा तालिबानले कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका दाबी गरेको छ। पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । मिडिया रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घरघर गएर तलासी लिइँदैछ।
यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन। रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् ।
अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ। करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जा गर्ने बताइएको छ ।